×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 12 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

पूर्वसभामुख नेम्वाङको नेतृत्वमा ११ सांसद चीन जाँदै

(0 votes)
काठमाडौं- भारतीय नाकाबन्दीपछि चीन भ्रमण गर्ने नेपाली नेताको संख्या बढेको बढ्यै छ। वनमन्त्री तथा एमाओवादी नेता अग्नि सापकोटा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको सन्देश लिएर बेइजिङ उडेको केही दिनपछि व्यवस्थापिका संसदमा विभिन्न दलबाट प्रतिनिधित्व गर्ने ११ सांसद चीन भ्रमणमा जाने भएका छन्।
nepali-patro-june
माघ ३ देखि ९ सम्म ११ सदस्यीय सांसदको टोली चाइनिज फ्रेन्डसिप एसोसियसनको निमन्त्रणमा चीन जान लागेका हुन्। चीन भ्रमणमा जाने सांसदको सूची संसद सचियालयले तयार पारेको छ।

पूर्वसभामुख सुवास नेम्वाङ नेतृत्वमा सर्वदलीय टोली चीन जान लागेको हो। टोलीमा नेपाली कांग्रेसका सांसद भरतकुमार साह, रामहरि खतिवडा, किरण यादव, कांग्रेस कोटामा मनोनीत उमेश श्रेष्ठ सहभागी हुनेछन्। यसैगरी, एमालेबाट सुवास नेम्वाङ, रविन्द्र अधिकारी, इच्छाराज तामाङ सहभागी हुनेछन्।

एमाओवादीबाट आशा कोइराला, राप्रपा नेपालबाट कमलादेवी शर्मा, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सांसद अतहर कलाम मुसलमान सहभागी हुने संसद सचिवालयले जनाएको छ।

पूर्व सभामुख नेम्वाङले आफू सभामुख हुँदै चीन भ्रमणको निम्ता आएको तर आफूले संविधान जारी भएपछि मात्र आउने सन्देश पठाएको भन्दै संविधान जारी भइसकेको अवस्थामा चीन भ्रमण भएको जनाए। 'म सभामुख हुँदै चीन, भारत, जापान लगायत मुलुकले भ्रमणको निम्तो दिएका थिए,' नेम्वाङले नागरिकसँग भने, 'मैले संविधान जारी भएपछि भ्रमण गर्छु भनेको थिएँ। अहिले संविधान जारी भइसकेपछि सो भ्रमण हुन लागेको हो।'

उनले चाइनिज फ्रेन्डसिप एसोसियसनको निमन्त्रणामा भ्रमण हुन लागेको भन्दै भ्रमणको सबै खर्च चीन सरकारले बेहोर्ने बताए।

भ्रमण तालिका आफ्नो हातमा नपरेको भन्दै यो भ्रमण सरकारी नै भएको बताए। नेम्वाङले भ्रमणमा सर्वदलीय टोली सहभागी हुने बताए पनि भ्रमण टोलीमा कांग्रेसका ४, एमालेका ३, एमाओवादीका १, राप्रपा नेपालका १, अखण्ड नेपाल पार्टीका १ र स्वतन्त्र १ सांसद सहभागी छन्। व्यवस्थापिका संसदमा स्वतन्त्रसहित ३३ दलको सहभागिता छ।

नेम्वाङले भ्रमण मैत्रीपूर्ण हुने जानकारी आफूले पाए पनि भ्रमणको कार्यतालिका आफ्नो हातमा नपरेको जनाए। टोलीले चीनमा राजनीतिक भेटघाटसमेत गर्ने बताइएको छ। 'तर को–कोसँग भेट हुन्छ भन्ने कुरा बिहीबारमात्र थाहा हुन्छ,' नेम्वाङले भने। बिहीबार भ्रमण तालिका आफूलाई प्राप्त हुने उनले जनाए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...