Thursday 13 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

पुनर्निर्माण 'महाभियान' कार्ययोजना पारित

(0 votes)
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना पास भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको राष्ट्रिय पुनर्निर्माण परामर्श परिषदको पहिलो बैठकले तीन महिनाभित्र चार चरणमा पूरा गर्ने कार्ययोजना पास गरेको हो।

nepali-patro-june
तीनमहिने कार्ययोजनाका कार्यक्रम माघ २ देखि वैशाख १२ सम्म सञ्चालन हुनेछन्। परिषदमा सबै राजनीतिक दल र सरकारका उच्च कार्यालयका अधिकारी गरी ९७ सदस्य छन्। परिषदले पहिलो चरणको कार्यक्रममा माघ २ बाट राष्ट्रिय पुनर्निर्माण महाअभियान सुरु गर्नेछ। अन्तिम चरणको कार्यक्रममा प्रत्येक जिल्लाका कम्तीमा पाँच गाविस वा नगरपालिकामा व्यक्तिगत आवास निर्माण सुरु गरिने योजना छ।

प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीका अनुसार पहिलो चरणअन्तर्गत प्राधिकरणको संगठन संरचना तयार गरी आवश्यक न्यूनतम जनशक्ति परिचालन गर्ने, कार्यालय व्यवस्थापन तथा बजेट व्यवस्था र जिल्ला समन्वय समितिको गठन तथा सचिवालय स्थापना हुनेछन्।

फागुन १२ सम्मको दोस्रो चरणको कार्यक्रममा पुनर्निर्माणसम्बन्धी नीति, नियमावली तथा कार्यविधि कार्यान्वयन, पुनर्निर्माण कार्यान्वयन अवधारणा सार्वजनिकीकरण, प्राधिकरणका सात उपक्षेत्रीय कार्यालय स्थापना र जिल्लामा सम्बद्ध सरकारी कार्यालयद्वारा पुनर्निर्माण कार्यालय तथा इकाइ स्थापना हुनेछन्।

पारित योजनाअनुसार तेस्रो चरणको काम चैत १२ भित्र सकिनेछ। यस अवधिमा कम्तीमा ५ जिल्लामा नमुना अवास भवन निर्माण सुरु गर्ने र जिल्लामा भवन तथा जनसांख्यिक सर्वेक्षण सुरु हुनेछ।

अभियानको अन्तिम चरण वैशाख १२ सम्मको हुनेछ। यस चरणमा प्रत्येक जिल्लाको कम्तीमा पाँच गाविस वा नगरपालिकामा व्यक्तिगत आवास निर्माण प्रारम्भ गर्ने, प्रत्येक गाविसमा एक जना इन्जिनियर, एक जना सामाजिक परिचालक र एक जना तालिमप्राप्त निर्माणकर्मीको व्यवस्था गरिसक्ने, समग्र पुनर्निर्माण पाँचवर्षीय कार्ययोजना तयार पारी कार्यान्वयनमा ल्याउने, जिल्लामा विस्तृत भवन तथा जनसांख्यिक सर्वेक्षण सम्पन्न गरिसक्ने र जिल्लामा कम्तीमा दुई वटा स्रोतकेन्द्र सञ्चालनमा ल्याउने काम हुने कामु सचिव अधिकारीले जानकारी दिए।

बैठकले दुई दिनअघि प्रधानमन्त्रीको अध्यक्षतामा बसेको निर्देशक समितिको निर्णयसमेत पास गरेको छ। बैठकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित अन्य राजनीतिक दलका प्रतिनिधि उपस्थिति थियो। ९७ सदस्यीय परिषद सदस्यमा प्रधानमन्त्रीले तोकेका मन्त्री, पूर्वप्रधानमन्त्री, व्यवस्थापिका संसदमा रहेका दलका प्रमुख, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सरकारका मुख्य सचिवलगायत रहने प्रावधान छ।

सोमबार बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको प्रशासनिक खर्चका लागि २९ करोड ६७ लाख ८८ हजार रुपैयाँ बजेट भने स्वीकृत गरेको थियो। चालु आर्थिक वर्षका लागि स्वीकृत गरिएको उक्त बजेट प्राधिकरणको संगठन विस्तार, कार्यालय स्थापना तथा कर्मचारीका लागि चढ्ने गाडी खरिदमा खर्च हुनेछ।

बैठकले प्राधिकरणको सांगठनिक संरचनाका विषयमा पनि निर्णय गरेको छ। जसअन्तर्गत केन्द्रीय कार्यालयसहित प्राधिकरणका आठवटा कार्यालय रहनेछन्। बैठकले भूकम्पबाट अतिप्रभावित १४ जिल्लालाई हेर्ने ६ वटा र अन्य प्रभावित १७ जिल्लालाई हेर्ने एक उपक्षेत्रीय कार्यालय रहने संरचनाका विषयमा निर्णय गरेको हो।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...