15 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

कक्षा ११ को परीक्षाफल प्रकाशित

(1 Vote)
काठमाडौं–उच्चमाध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा बिहीबार प्रकाशित गरेको छ। गत असार मसान्तसम्म संचालित परीक्षामा विज्ञान,ब्यवस्थापन,मानविकी र शिक्षा संकायका गरी नियमित तर्फ कुल २ लाख ४३ हजार ७ सय ३१ ले परीक्षा दिएकोमा यस वर्ष १ लाख १९ हजार ९ सय १६ परीक्षार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जनाए। नियमति तर्फ यस वर्ष ४९.२०प्रतिशत विद्यार्थी पास भएका हुन्। गत वर्ष कक्षा ११ मा ४७.२६ प्रतिशत मात्र पास भएका थिए । यस वर्ष १.९४ प्रतिशत नतिजा बृद्धि भएको छ।
nepali-patro-june
बैशाख १२ गतेको विनाशकारी भूकम्पका बावजुद नतिजा बढ्नुलाई नियन्त्रक अर्यालले सकरात्मक रुपमा लिएका छन् । 'भूकम्पका कारण परिषद्ले यस वर्ष असार १ र असार २४ गते गरी दुई चरणमा परीक्षा संचालन गरेको थियो,'नियन्त्रक अर्यालले नागरिकन्युजसँग भने, 'ठूलो मानसिक तनावका बाबजुद विद्यार्थीको नतिजा यस वर्ष करिब २ प्रतिशतले बृद्धि भएको छ। यो सकरात्मक पक्ष हो।' उनले थपे, 'अझै पनि करिब ५१ प्रतिशत विद्यार्थी फेल छन् । यस विषयमा परिषदले विश्लेषण गरी सुधारतर्फ लाग्ने छ।'

परीक्षा नियन्त्रक अर्यालका अनुसार आंसिक तर्फ १ लाख २६ हजार ९ सय ३०ले परीक्षा दिएकोमा ४३ हजार ९ सय ८३ पास भएका छन् । यो ३४.६५ प्रतिशत हो । नियमित तर्फ ४ र आंसिक तर्फ ५ गरी कुल ९ परीक्षार्थीको परीक्षाको नतिजा स्थगित गरिएको छ भने ९६ परीक्षार्थी अनीयमित कार्य गरेकोले परीक्षा रद्द गरिएको उनले जनाए । एक विषयमा अनुत्तिर्ण परीक्षार्थीहरुले माघ २९ गते मौका परीक्षा दिन पाउने ब्यवस्था परीषदले तय गरेको उनले जनाए ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...