Wednesday 12 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

खुलामञ्चमा बेसमेन्ट पार्किङ बनाइने, न्युरोड र बागबजार जान सुरङमार्ग

  • शुक्रबार १ माघ, २०७२
  • शर्मिला पाठक
  • Be the first to comment!
(0 votes)
काठमाडौं—काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा निर्माण गरिने बेसमेन्ट पार्किङको सम्भाव्यताको अध्ययन सुरु गरेको छ। सो पार्किङको लागि अध्ययनको जिम्मा नेस्ट प्राइभेट लिमिटेडले लिएको छ।
nepali-patro-june
निर्माणका लागि कतिखर्च र कति समय लाग्ने भन्ने अध्ययनले बताउने महानगरका सार्वजनिक–निजी साझेदारी कार्यक्रमका प्रमुख शिवराज अधिकारीले जानकारी दिए।

तीन दिनदेखि अध्ययनको काम सुरु भएको छ। पार्किङ बनाउन लाग्ने बजेट, राजस्व तथा पार्किङको डिजाइन निर्माणका लागि लाग्ने समयलगायत प्रारम्भिक अध्ययनको काम गरी दुई महिना १५ दिनपछि महानगरलाई अध्ययन प्रतिवेदन बुझाउनुपर्नेछ।

प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि टेण्डर आह्वान गरिनेछ।

प्रमुख अधिकारीकाअनुसार ४८ रोपनी जग्गामा निर्माण गर्न लागिएको सो पार्किङस्थल दुई तलाको हुनेछ । काठमाडौँ उपत्यकाको पार्किङको समस्यालाई मध्यनजर गर्दै त्यस समस्यालाई कम गर्नको लागि बेसमेन्ट पार्किङ बनाउन लागेको बताइएको छ । महानगरले खुलामञ्चमा सँगै सुरुङमार्ग पनि बनाउने भएको छ ।

अधिकारीका अनुसार सरकारले सहरी क्षेत्रमा पार्किङको व्यवस्थापन गर्ने नीति ल्याएसँगै बेसमेन्ट पार्किङ बनाउन लागिएको हो। खुलामञ्चमा पार्किङ बनेपछि बसपार्क, न्युरोड तथा जमलका सडकमा अव्यवस्थित सवारी पार्किङ गर्ने समस्या हट्ने विश्वास महानगरले लिएको छ।

न्युरोड र बागबजार जान सुरङमार्ग बनाइने

सो पार्किङ निर्माणपछि पैदलयात्रीले पनि सहजरुपमा हिँड्न पाउने छन्। बेसमेन्ट पार्किङसँगै जोडी खुल्लामञ्चदेखि न्यूरोड, बागबजार तथा पुरानो बसपार्क छुने सुरुङमार्गको समेत निर्माण हुने जनाइएको छ। जसले गर्दा त्यहाँ मोटर पार्किङ गरेर न्युरोड, बागबजार तथा बसपार्क जान मिल्नेछ।

पैदलयात्रीले पनि सुरुङमार्गको प्रयोग गरेर ओहोरदोहोर गर्नसक्ने छन्। सुरङमार्गको दायाँबायाँको भाग भने व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न दिइनेछ।

दायाँबायाँ कफी पसल पनि खोल्न दिइनेछ। बसपार्क तथा बागबजार उपत्यकाको केन्द्र तथा बढी भिडभाड हुने ठाउँ भएकाले पनि पार्किङका लागि खुल्लामञ्च छानिएको काठमाडौँ महानगरपालिकाले बताएको छ । रासस

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...