Friday 24 Mangshir, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

झलेन्द्रप्रसादको लीला

(0 votes)
झलेन्द्रप्रसादको लीला
'झलेन्द्र प्रसादको लिला' पुस्तकका रुपमा आउन लागेको र शिल्पीको गोठाले नाटकघरमा नियमित मन्चन भैरहेको नाटक हो। नायक प्रधान नाटक। झलेन्द्रप्रसाद अति बाठो पात्र हो। खलनायक भए पनि नाटकको प्रमुख पात्र।
nepali-patro-june
समाजले मानेका सबै प्रमुख ब्यक्ति असल हुँदैनन्। यथार्थ तितो छ। यसलाई आत्मसात गर्दा मात्र हामी सजग हुन सक्छौ। यति हुँदा मात्र सुरक्षित बाँच्न सक्षम हुन्छौ। आम मानिसको भाषामा भन्नुपर्दा यस नाटकको नायकपात्र झेलेन्द्र हो। झेल प्लस ईन्द्र वरावर झेलेन्द्र। ऊ जालझेल गर्न खप्पिस छ। चलाख छ। आफ्नो चलाखि इमान्दार मानिस सिद्धाउन प्रयोग गर्छ।

ऊ परजीवि हो। इमान्दार मानिसको मनमा चल्ने तरँगको नैया चढेर तिनकै धनसम्पति हडप्छ। उसको पतन होला भनेर कुर्दाकुदै ऊ डनजस्तो झनै शक्तिशालि र सफल हुँदै जान्छ। खलनायक पात्र कसरी सफल भइरहन सक्छ? यो सोचको झड्का लगाउन सफल छन्, नाटकका निर्देशक र कलाकार।

यो झड्काले नाट्य प्रस्तुतिबाट बाहिर आएर समाजतिर फर्कन बाध्य पार्छ। नाटकको अन्त्यमा झलेन्द्र प्रसादले ओर्गनको जायजेथा कब्जा गर्छ। ऊ सफलताको भर्यारङ चढ्दै जान्छ। अझै त्यस्तै योजना हात पार्ने दाऊमा हुन्छ। हामी ओर्गन र उसको परिवारप्रति दया देखाउन भन्दा झलेन्द्रलाई हेरेर डराउन थाल्छौँ। हाम्रै समाजतिर फर्कन्छौँ। नाट्य प्रस्तुतिको उदेश्य पनि यहि हो।

फ्रान्सेली नाटककार मोलेरले सन् १६६४ मा लेखेको यो नाटकको प्रमुख पात्र तार्तुफ युरोपेलीको जनजिब्रोमा लोकप्रिय छ। निश्चित ठग प्रवृति भएको अति चलाख ब्यक्तिको उपमा भयो तिनका लागि यो पात्र। तार्तुफ् अब नाम मात्र रहेन बिशेषण पनि भयो।

प्राध्यापक मेघराज अधिकारीले नेपालीमा अनुवाद गरेको यो नाटक गँगा तिवारीको निर्देशनमा गोठाले नाटकघरमा ०७२ मंसिर पहिलो र दोश्रो हप्ताभरि प्रस्तूत भयो। घिमिरे युवराजले यिनै बिश्वप्रसिद्ध पात्रको कुशल अभिनय गरेका थिए। प्रस्तुतिको आकर्षक पक्षमा झलेन्द्रको भुमिकामा घियु र ओर्गनको भुमिकामा जीवन बरालको अभिनय थियो।

बाहिरी आभुषणमा हेर्दा झलेन्द्र अति साधु देखिन्छ। ऊसको बचनमा धर्मशास्त्रका सबै बचन सरल ढँगमा मुखरित छन्। स्वरमा शास्त्रियपन छ। धर्मदर्शनले ओतपोत बिचार उसको बचनमा बडो प्राकृतिक स्वभावमा निस्कन्छ। तर ऊभित्र अर्को ब्यक्तित्व छ। ठग र यौन पिपाशु ब्यक्तित्व। यो पनि उक्तिकै बलियो ढँगमा आँउदा हामी झसँग हुन्छौँ। दुइटा बिपरित स्वभावको ब्यक्तित्व बोकेर हिँड्ने झलेन्द्रलाई घियु बोलि, आभुषण, हाउभाउबाट सुन्दर ढँगमा उतार्न सफल छन्।

झलेन्द्रको उचाई र गहिराई सोझा र एकल आयमिक ब्यक्तित्व भएका ओर्गनसँग तुलना गर्दा झनै खुल्न थाल्छ। सबै चिजले सम्पन्न परिवारलाई बिस्तारै झलेन्द्रजस्तो परजीविलाई लगरे बन्दक बनाउने सोझो इमान्दार र लाटो पात्र ओर्गनको भूमिकालाई जीवन बरालले निकै मजाकिलो र गम्भिर मिश्रित भावभँगिमाबाट मन्चमा उतारेका थिए। यिनै ओर्गनकी श्रीमती अम्बिकाको भुमिका पवित्रा खड्काले जीवन्त ढँगमा उतारिन्। खड्काको उत्कृष्ट अभिनयमा पर्छ, यो काम। झलेन्द्रको भित्रि मन बुझेर उसलाई नग्याउने शक्ति अम्बिकामा मात्र छ। अम्बिकाको जवानीमा झलेन्द्रको मन बसेको छ। खड्काले आफ्नो उन्मत्त हाउभाउ र बचनले अम्बिकाको यो पात्रलाई आकर्षक ढँगमा उतारेकी छिन्। अग्लो र सुडोल शरीर र कोमल बोलीको उनले भरपुर प्रयोग गरेकी थिइन, यस प्रस्तुतिमा।

मानिस समाजिक प्राणी हो भन्ने बाक्य सुन्दा जति सरल र सुन्दर लागे पनि यसले इगित गर्ने हाम्रो नियति निकै जटिल छ। हाम्रो मुक्ति, भ्रम, सुख र दुखका कथा हाम्रै समाजमा बस्ने केहि ब्यक्तिले चलाएको खेलका परिणाम हुन्। ब्यक्ति ब्यक्तिबीच बस्ने सम्बन्धले समाज चल्छ तर यसले कसलाई नाफा हुन्छ अनि कस्ताचाँहि घाटामा पर्छन्, यसै भन्न गाह्रो छ। समाज घनघोर जँगल भन्दा असुरक्षित छ। जनावरले चलाउने त्रास भन्दा भयँकर हुन्छन् मानिसले सिर्जना गर्ने त्रासका तरँग। मोलेरको यो नाटक, यस अर्थमा सर्वकालिक छ।

युरोपेलीले यो नाटक मन पराउनु पछि तिनले भोगेको समाजिक अनुभव छ। अनुवादक र निर्देशक अनि कलाकारले नाटकको यहि सर्वकालिक आधारमाथि पकड बनाएको देखियो। तार्तुफ्बाट झलेन्द्र प्रसाद भयो यो पात्र नेपाली दर्शकमाझ। नेपाली परिवेशमा आइपुग्दा पनि उसले हामीलाई झसँग बनायो। झलेन्द्रजस्ता मानिस वरिपरि छन्। लुसुक्क हाम्रो मन र मस्तिष्क भित्र छिरेर ऊ हामीमाथि राज गर्न शुरु गर्छ, हामीलाई निकै पछि मात्र थाहा हुन्छ। झलेन्द्र हामीले सधैँजसो बोकेर हिड्ने चेतनाको बादल हुँदै हाम्रो मनमा सहजै अवतरण गर्न सक्षम हुन्छ। त्यस अर्थमा ऊ भगवान जत्तिकै शक्तिशाली हुन्छ।

मोलेरको नाटकमा अन्त्यमा तार्तुफ्ले उदण्ड मच्चाउँछ। सोझो र इमान्दार एउटा परिवारको बिल्लिबाँठ पार्छ। तर एक्कासी राजाको दुत आउँछ। तार्तुफलाई राजाबाट जेलको सजाय भएको सुनाउँछ। इमान्दारलाई साथ दिन राजा छन्, त्यसैले आत्तिनु पर्दैन भन्ने निश्कर्षमा नाटक टुँगिन्छ। राजा पात्र मन्चमा देखिँदैनन् तर पनि नाटकको मुख्य नायक राजा मानिन्छ।

नेपाली समाज अनुसार रुपान्तरण गर्ने क्रममा निर्देशक तिवारीले नाटकको अन्तिम दृश्यमा हेरफेर गरेका छन््। 'झलेन्द्र प्रसादको लिला'को अन्तिम दृश्यमा झलेन्द्रनै सर्वेसर्वा हुन्छ। न्यायको दुत भएर कोहि आउँदैन। झलेन्द्रको राजकाज शुरु हुन्छ। उसलाई कुनै समय आश्रय दिने ओर्गनको जायजेथा आफ्नो बनाउँछ। उसको सम्राज्य चल्न थाल्छ। ऊ बिस्तारै शहर कब्जा गर्ने मुडमा देखिन्छ। 'झलेन्द्र प्रसादको लिला'ले लिएको यो बैठानले दर्शकलाई थप चिन्तनशिल बनाइदिन्छ। निर्देशक र दर्शक साझा धारणा बनाउन थाल्छन्। शायद नेपाली समाज यस्तै अवस्थाबाट गुजि्रइरहेको छ। आम नरनारी अन्याय र अन्यौलको स्थितिबाट जाँदैछन्, तर तिनको आँगनमा कोहि न्यायदुत आउँदैन। राजा नभएर यसो भएको होइन, यो देशमा बिस्तारै न्याय हराउँदै छ, भन्ने सन्देश छ नाटकको।

'झलेन्द्र प्रसादको लिला' हेरेर गोठाले नाटकघरबाट बाहिर निस्कँदा आफू बाँचेको समाज बुझेको अनुभव हुन्छ। लाग्छ, झलेन्द्र जस्ता मानिस सबै ठाउँमा छन्। राजनीति यिनैले चलाउँछन्। धर्म, ब्यापार, कर्मचारीतन्त्र, बित्तिय सँस्था, मिडिया देखि सबै प्रभावशाली क्षेत्र झलेन्द्रहरुको हातमा छ। लाग्छ, शुख शान्तिसँग बसेको परिवार ताकेर झलेन्द्र उभिएको छ। जसै उसकोे प्रभाव बढ्दै जान्छ, उक्त परिवारको सदस्यमा चलि रहेको माया र प्रेमको सम्बन्ध बिस्तारै ओझेलमा पर्न थाल्छ। झलेन्द्र परजीविजस्तो हाम्रो मनमा चल्ने शान्ती चुस्न थाल्छ। ऊ बलियो हुँदै जान्छ। मानिस मानिसबिच चल्ने सम्बन्ध निकै अर्थमा जुवा खेल जस्तै हो। झलेन्द्र धर्म र आस्थाको तुरुप हानेर ओर्गन परिवारको मन जित्छ। नाटकले जति हसाँउछ त्यत्तिनै गम्भिर बनाएर जान्छ।

यूरोपेली कला, साहित्य र समाजले पुनर्जागरण कालमा आएर आम ब्यक्तिले भोग्ने नियतिलाई दैविक शक्तिसँग भन्दा पनि ऊ जस्तै अर्को ब्यक्तिले चलाउने शक्तिको तरँगसँग गाँसेर हेर्योक। यो दृष्टिले मानिसलाई ब्यवहारिक र बिचारशिल बनाउन थाल्यो। बिश्व प्रसिद्ध बिचारक हाना आरेन्ले 'हूमन कन्डिसन' शिर्षकमा लामो ब्याख्या गरेकी छिन्। उनि भन्छिन्ः 'मानिस समुहमा बस्छ, यहि परिवेशले उसका सबै कृयाकलापहरु निर्धारण हुन्छ। उसले गर्ने क्रियाकलापलाई समाजभन्दा बाहिर लगेर हेर्न र बुझ्न सकिन्न'।

पश्चिमी जगतमा आधुनिक समाज, ब्यक्ति र कलाको धारणा यस्तै बौद्धिक मान्यतामा शुरु भए। मोलेरको यो नाटकले पनि यस्तै बौद्धिक मान्यता अघि सार्छ। मानिस धर्ममा बिश्वास राख्न सक्छन्। मुक्ति पाइन्छ भन्ने बिषयमा पनि आस्था राख्न सक्छन्। तर खासमा मानिसको दुख र सुखको कारण ऊ जस्तै अरु मानिस हुन्। हामीले मान्ने भगवान भन्दा शक्तिशालि हुन्छन् झलेन्द्र प्रसादजस्ता मानिस।

चेतनशिल भएर पनि मानव जाति मुक्त छैन। एक जना मानिसले आफ्नो बुद्धि र बिवेक अरुको हितका लागि मात्रै प्रयोग गर्छ भन्ने धारणामा बिश्वास गर्न सकिन्न। आम मानिस झलेन्द्र प्रसादजस्ता ब्यक्तिहरुले चलाएको चेतना बृतभित्र रुमल्लिई रहन बाध्य हुन्छन्। कोहि मुक्त हुन सक्छन्। कोहि सक्दैनन्। यो समाजमा मानिसले पाउने सुख र दुख मानिसले चलाएका खेती हुन्। त्यसैले भगवानको भजन र पुजा भन्दा पनि दुष्टमानिसको जालझेलबाट बच्न सक्ने चेतनशिलता हुनु सबभन्दा आवश्यक तत्व हो।

पश्चिमी नाट्य समालोचक र सिद्धान्तकार यूरोपको पुनर्जागरण कालको रंगमन्चमा आएको यो चेतनालाई युरोपले लिएको सबभन्दा बलियो बैचारिक फड्को भनि मान्छन्। 'अन्तर ब्यक्तिगत सम्बन्ध' भन्ने बिषयमा नाट्य समालोचक पिटर जोन्दि आफ्नो पुस्तक 'ए थ्योरि अफ् मोडर्न ड्रामा'मा लेख्छन्। पुनर्जागरणकालमा लेखिएका नाटकमा मानिसमाथि हेर्ने दृष्टिकोणमा उथल पुथल भएर आयो : 'मानिस नाटकमा अर्को मानिसको हिस्सा भएर प्रस्तुत हुन थाल्यो। ऊ जस्तै अन्य मानिससँग जानी नजानी बन्न जाने 'सम्बन्ध'नै उसको नियतीको अभिन्न पाटो हो भनि मानिन थालियो। यहि 'सम्बन्ध'का आधारमा उसको स्वतन्त्रता हेरियो, उसले लिने निर्णयलाई पनि यहि आधारमा हेरिन थालियो। एक आपसमा चल्ने 'सम्बन्ध'लाई उसको जीवनको प्रमुख पाटो भनि लिन थालियोे'।

समकालीन नेपाली कला साहित्यमा राजनीतिक चेतना बलियो भएर आएको छ। समाज बुझ्न राजनीति बुझ्नु पर्छ भन्ने चेतना बलियो छ। तर राजनीति केहि बिशेष दल, चुनाव र सरकार गठनसँग सम्बन्धित बिषयमात्र होइन। यो प्रजातन्त्र वा अन्य बादसँग मात्र सिमित छैन। हामी बाँच्ने समाज र हाम्रो नियती गाँसिएर आँउछ। यो बुझ्न हामी कस्ता मानिसबीच बाँचिरहेका छौँ त्यो थाहा पाउन सक्नु पर्छ। मानिस कतिसम्म धुर्त हुन सक्छन्। एकजना मानिसले अरु मानिसको जीवन सहजै अप्ठ्यारोमा पार्न सक्छ। ब्यवहारिक ज्ञानले मात्र हामीलाई बचाउन सक्छ।

राजनीति महत्वपूर्ण बिषय हो तर कस्ता मानिसले राजनीति गर्छन्। धर्म राम्रो बिषय हो तर कस्तो मानिसले धर्म चलाउँछन्, थाहा पाउन सक्नु पर्छ। झलेन्द्र प्रसाद नभएको बस्ति सँसारमा बिरलै होला। त्यसैले आफु सुरक्षित हुन खुँखार मानिसको चँगुलबाट बच्न सक्नु पर्छ। युरोपले आफ्नो पुनर्जागरण कालमा उघारेको सोचको ढकनी हाम्रा लागि पनि सहयोगि सिद्ध हुन्छ।

यो नाटकले आम दर्शकहरुलाई आधुनिक सोचले जीवन बाँच्नु सबभन्दा उत्तम तरिका हो भन्ने सन्देश दिन्छ।

Leave a comment

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...