Friday 14 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

साउदीसँगको श्रम सम्झौता तयारी पूरा

(0 votes)
काठमाडौं- लामो समयदेखि प्रक्रियामा रहेको साउदी अरब र नेपालबीचको श्रम सम्झौताको तयारी बल्ल पूरा भएको छ। श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्य नेतृत्वको नेपाली टोलीले पुस २७ र २८ गते साउदी सरकारका अधिकारीसँग श्रम सम्झौताबारे छलफल गरेपछि अन्तिम मस्यौदा तयार भएको हो।

nepali-patro-june
उक्त मस्यौदाअनुसार अब घरेलु कामदार र साधारण कामदारको श्रम सम्झौता एकैचोटि हुने छ। दुवै देशले तयार गरेका श्रम सम्झौताको पहिलो मस्यौदाबारे छलफल टुंग्याएको प्राविधिक टोलीले स्वदेश फर्केलगत्तै श्रम तथा रोजगार मन्त्रीसँग सोही विषयमा कुराकानी गरेपछि सम्झौताको मिति तय गरिने सचिव आचार्यले बताए। 'साउदीमा भएको छलफलबारे मन्त्रीज्यूलाई ब्रिफ्रिङ गरेपछि सम्झौताको मिति तय गरिनेछ,' उनले भने, 'साउदी सरकारले भने सम्झौताको लागि निम्तो दिइसकेको छ।' श्रम सम्झौताका लागि साउदीले निम्तो दिइसकेकाले नेपालले पनि आन्तरिक तयारीलाई तीव्र पारेको बताइएको छ।

आचार्यले भने, 'मौखिक रूपमा सम्झौताको मिति तय गरिए पनि नेपालले केही आन्तरिक तयारी गर्न बाँकी रहेकाले मिति अहिले सार्वजनिक गरेका छैनौं।' स्रोतका अनुसार आगामी तीन महिनाभित्र साउदीसँग श्रम सम्झौता गरिसक्ने श्रम तथा रोजगार मन्त्रालयको योजना छ। मन्त्री दीपक बोहराले श्रम सम्झौतामा आफैं सहभागी हुने इच्छा व्यक्त गरेकाले मन्त्रीको कार्यव्यस्तता तथा नेपालको आन्तरिक गृहकार्य सकिएपछि सम्झौता मिति सार्वजनिक गरिनेछ।

श्रम सम्झौता नहुँदा कामदारले राम्रो पारिश्रमिक र काम नपाएको भन्दै निरन्तर दबाब खेपिरहेको नेपालले भन्दा यसपटक साउदीले श्रम सम्झौताका लागि बढी ताकेता गरिरहेको छ। विगतका वर्ष नेपालले श्रम सम्झौता गर्न खोजे पनि विभिन्न बहाना बनाउने गरेको साउदी सरकारले नै दिएको निम्तोको आधारमा गत पुस २७ र २८ गते प्राविधिक टोली त्यता गएको हो।

'अहिले पनि साउदीबाट सक्दो छिटो सम्झौताका लागि आउन भन्दै निम्तो प्राप्त भइसकेको छ,' आचार्यले भने, 'अब कति छिटो सम्झौता गर्ने भन्ने निर्णय गर्ने जिम्मा नेपाल सरकारको हो।' सरकारी अधिकारीका अनुसार यतिखेर साउदीले नेपालसँग श्रम सम्झौता गर्न ताकेता गरिरहनुको कारण साउदीमा घरेलु कामदारको माग उच्च हुनु हो । आर्थिक रूपले तीव्र विकास गरिरहेको साउदीले घरेलु कामदारको रूपमा खासगरी नेपाली महिला रोज्छ। नेपाल सरकारले घरेलु कामदारमा साउदी जान महिलालाई अनुमति दिँदैन। तर भारतीय बाटो हुँदै नेपाली महिला साउदी गइरहेका छन्। साउदी सरकारको निरन्तर माग र चोर बाटोबाट जाने क्रम नरोकिएपछि गत जेठमा सरकार घरेलु कामदारका रूपमा महिलालाई साउदी पठाउन राजी भएको थियो।

घरेलु कामदारमा महिला पठाउन नेपालले सहमति जनाएलगत्तै साउदी सरकारले छिटोभन्दा छिटो महिला पठाउन ताकेता गर्दै आएको छ। नेपालले यही मौकामा श्रम सम्झौता गर्नुपर्ने अडान राखेपछि ऊ सम्झौताका लागि तयारी भएको मन्त्रालयका एक अधिकारीले बताए। 'साउदीले सुरुमा घरेलु कामदारको लागि मात्रै श्रम सम्झौता गर्न सहमति जनाएको थियो,' ती अधिकारीले भने, 'नेपालले सबै कामदारका लागि सम्झौता गर्नुपर्ने अडान लिएपछि दुवै सम्झौताका लागि साउदी तयार भयो।' सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन साउदी पुगेको प्राविधिक टोलीका एक सदस्यका अनुसार अहिलेको साउदीको यथार्थ नेपालबाट हेरेजस्तो कठिन छैन। 'श्रमिकलाई न्यूनतम ज्याला, हक, अधिकार र मानअधिकारको संरक्षणमा साउदीले निकै राम्रो गरेको अवस्था रहेछ,' ती अधिकारीले भने, 'साउदीको उच्च नेतृत्वले पनि आफूहरू पनि मान्छे भएको उल्लेख गर्दै फरक दृष्टिकोणले नहेर्न पटकपटक सम्झायो।'

घरेलु कामदारका रूपमा कति महिला साउदी जान्छन् भन्ने अहिले नै यकिन नभए पनि दुई वर्षमा एक लाख हाराहारी घरेलु कामदार त्यहाँ जान सक्ने सम्भावना छ। ठूलो संख्यामा महिला कामदार जाँदा कुनै अप्रिय घटना भयो भने त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नेपालले आन्तरिक छलफल गर्न बाँकी रहेको श्रम तथा रोजगार मन्त्रालय स्रोतको भनाइ छ। वैदेशिक रोजगार विभागका अनुसार २०६३ सालदेखि हालसम्म श्रम स्वीकृति लिएर साउदीमा ६ लाख कामदार पुगेका छन्। चालु आर्थिक वर्षको ५ महिनामा ५३ हजार ७ सय ५९ कामदार साउदी गएका छन्। यस अवधिमा साउदी जाने कामदारको संख्या कतारपछिको हो। साउनदेखि मंसिरसम्म कतार जाने कामदारको संख्या ५४ हजार एक सय २७ छ।

अहिलेसम्म साउदीसँग श्रम सम्झौता नहुँदा नेपाली कामदारले त्यहाँ राम्रो पारिश्रमिक नपाउने र भने अनुसारको काम नपाउँदा पनि रोजगारदाताविरुद्ध कानुनी कारबाही गर्न सक्दैनन्। साउदीमा काम गर्दा गर्दै मृत्यु भएको खण्डमा त्यस्ता कामदारको शव ल्याउन तीन महिनाभन्दा बढी लाग्ने गर्छ। नेपालले विश्वका १ सय ९ देशमा कामदार पठाउने गरे पनि अहिलेसम्म कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, इजरायल, जापान र दक्षिण कोरियासँग मात्र श्रम सम्झौता गरेको छ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...