Wednesday 15 Bhadra, 2073 |
Menu

खेल

istl

सुशीलले फकाउँदैमा फकिन्नः पौडेल

(0 votes)
दाङ–नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापति बन्ने आफ्नो दौडलाई कुनै 'प्रलोभन' ले नरोक्ने बताएका छन्। पार्टी सभापतिको उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका उनले पार्टी सभापति सुशील कोइरालाकै प्रलोभनमासमेत नपर्ने दाबी गरे।
नेपाल प्रेस युनियन दाङले सोमबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, 'सुशीलजीले जतिसुकै फकाएपनि म फकिन्न, म सभापतिमा लड्छु।' कोइरालालाई आफूले हरेक अवसरमा साथ दिएको बताउँदै पौडेलले आसन्न महाधिवेशनमा कोइरालाको साथ आफूलाई रहने विश्वास व्यक्त गरे । तर आफूलाई रोक्नका लागि प्रलोभनको जाल फालिए त्यसलाई कदापी स्वीकार नगर्ने पौडेलको दाबी छ। 'उहाँ (कोइराला¬) लाई सभापति बनाउन मैले सहयोग गरेँ,प्रधानमन्त्री बन्नका लागि पनि मेरै सहयोग पाउनु भयो,'पौडेलले भने 'अब मलाई सभापति बन्नका लागि उहाँले सहयोग किन नगर्ने ?'

देशभरका काँग्रेसीहरुबाट सभापति बन्नका लागि आफूलाई सुझाव आएकाले पार्टीका कार्यकर्ताहरुलाई घात हुने गरी सभापतिको दौडबाट पछि नहट्ने बताए। 'काँग्रेसको परिवर्तनका लागि मेरो उम्मेदवारी हो,'उनले भने 'म देशभरका काँग्रेसीहरुको भावना विपरित सभापतिको दौडबाट पछि हट्नेवाला छैन ।'

काँग्रेस भित्र परिवर्तनको आवश्यक्ता रहेको भन्दै उनले अहिलेको काँग्रेसमा परिवर्तन ल्याउन जरुरी रहेको बताए। 'काँग्रेसभित्र विचार,संरचना,कार्यशैली लगाएतका तमाम विषयहरुमा सुधार गर्नु आवश्यक्ता छ,'उनले भने 'पार्टीभित्र यि कुराहरु सुध्रेनन् भने पार्टी माथि उठ्न सक्ने छैन ।' काँग्रेसको आसन्न महाधिवेशन मुलुकको निकासका निम्ति कोसेढुंगा सावित हुने बताउँदै उनले महाधिवेशनले मुलुकको नयाँ परिवर्तनलाई नेतृत्व गर्ने बताए ।

एक अर्कोप्रसंगमा उनले संविधानसभामा पेश भएको संशोधन प्रस्तावलाई टुंगोमा पुर्याउन मधेशी मोर्चासँग गहिरो संवाद भैरहेको र यसले केही दिनभित्र निकास पाउने बताए । यद्यपी मोर्चा सहमतीमा नआएपनि संशोसधन प्रस्तावहरुलाई आफ्नो तर्फबाट टुंग्याईने उनको भनाइ। 'हाम्रो प्रयास मोर्चाका साथीहरुको सहमतिमा संशोधन प्रस्ताव टुंग्याउने हो,'उनले भने 'यही उहाँहरु सहमतीमा आउनु भएन भनेपनि संशोधन प्रस्तावहरुलाई टुंग्याइने छ ।'

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...