8 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

ढाकामा 'तान्द्रो' को अन्तर्राष्ट्रिय प्रिमियर

(0 votes)
ढाकामा 'तान्द्रो' को अन्तर्राष्ट्रिय प्रिमियर
ढाका— निर्देशक साम्तेन भुटियाको फिल्म 'तान्द्रो' बंलगादेशमा आयोजना भइरहेको ढाका अन्तराष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर भएको छ । सोमबार शाहबागस्थित पब्लिक लाइब्रेरीको सभागृहमा माओवादी जनयुद्धको सेरोफेरोमा आधारित फिल्म 'तान्द्रो'को प्रिमियर गरिएको हो।
nepali-patro-june
विभिन्न देशका फिल्मकर्मी, फिल्म पारखी, बुद्धिजीवी, पत्रकार र कलाकारहरूले माओवादी गंगाबहादुर लामा कोशिशको पुस्तक 'स्मृतिका डोबहरु' माथि आधारित 'तान्द्रो' फिल्मको प्रिमियरमा सहभाी थिए। यो फिल्मले ढाका अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत अष्ट्रेल्सिया प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। नेपाल, बंगलादेश, भारत, इराक, जापान र थाईल्यान्ड सहित २० वटा फिल्म यस विधामा सहभागी छन्।

'महोत्सवमा नेपाली फिल्मको प्रिमियर गर्न पाउनु हाम्रो लागि खुसीको कुरा हो। संसारभरका फिल्महरूलाई फिल्महरूलाई समेट्न लागि परेका छौं', महोत्सव निर्देशक अहमद मुस्तबा जमालले भने,'मानिसहरूलाइ नेपालमा राम्रा फिल्महरू निर्माण हुन्छन् भन्ने कुराबारे जानकारी गराउन हामीले महोत्सवमा नेपाली फिल्महरूलाई प्राथमिकता दिइरहेका छौं।'

गत चैतमा सुटिङ सिध्याएको यो फिल्ममा जीवन र मृत्युबीचका अवस्थाको चित्रण छ। माओवादी जनयुद्धको घटनामा आधारित 'तान्द्रो' को स्क्रिप्ट उपेन्द्र सुब्बाले लेखेका हुन्। जनयुद्धमा होमिएका छापामार कमरेड कोशिशको चार दिनको कथालाई फिल्ममा केन्द्रित गरिएको छ ।

जनयुद्धमा २२ जना सदस्यको सांस्कृतिक टोलीको नेतृत्व गर्दै हिँडेको कमरेड कोशिशको भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन्। टोलीको नेतृत्व गरेर हिँडेका अभिनेता दयाहाङले फिल्ममा राजनीतिक आस्था र कलालाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेका छन्। सेनाको गोली लागेर घाइते भएका कमरेड कोशिशले, घेरामा पर्दा दुई साथीहरुको मृत्यु भएको परिस्थिति फिल्ममा छ । क्रान्तिको भूत चढे पनि चिसोमा ५६ घण्टा बिनापानी र ९४ घण्टापछि बल्ल खाना पाएको अवस्था र मृत्युको अगाडि गोली लागेको पीडा फिल्ममा प्रस्तुत गरिएको छ ।

'महोत्सवमा सहभागी हुनु मेरो लागि नयाँ खुड्किलो उक्लिनु हो, यस फिल्मले अझ राम्रा प्रतिक्रिया पाउने छ र लगानी सुरक्षित गर्नेछ,'निर्देशक साम्तेन आशावादी देखिए।

ढाकामा वल्र्ड प्रिमियर भएको फिल्मलाई अन्य फिल्म फेस्टिभलमा लैजाने उनले सुनाए।

२५ दिने फिल्मको सुटिङ लमजुङमा सिध्याइएको थियो । फिल्म दयाहाङ राई, रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, बुद्धि तामाङ, अरुणा कार्की, कमलमणि नेपाल, मणिराम पोखरेल, सृजना अधिकारी, जुनु बिष्ट, बाल्मिकी पोखरेल, शारदा अधिकारी, आर्जेश रेग्मी, शान्ति लामा, सुरज यादव, सपना खत्री, सुदाम सिके, सम्रान्त थापा, सुरेश कार्की र प्रनिशा खड्का लगायतले अभिनय गरेका छन् । फिल्ममा आधा सुरले संगीत दिएको छ।

यो महोत्सवको चौथौं संस्करण हो । फिल्महरूले एसिया र अष्ट्रेलियन सेक्सन अन्तर्गत रिट्रोस्पेक्टिक, सिनेमा अफ वल्र्ड, नोर्डिक फिल्म सेसन, चिल्डेन्स् फिल्म, सर्ट एन्ड इन्डिपेन्डेन्ट फिल्म सेसन, वमन फिल्म मेकर र आध्यात्मिक फिल्म्स् सेक्सन विधामा फिल्महरुले प्रतिस्पर्धा गर्दैछन् ।

कमारो प्रर्दशन

महोत्सव अन्तर्गत सर्ट एन्ड इन्डिपेन्डेन्ट फिल्म सेसनमा सहभागी निर्देशक अरूण जोशीको फिल्म 'कमारो' सोमबार प्रदर्शन भएको थियो। अवधीभर ६० देशको एक सय ७० वटा फिल्महरू प्रर्दशन हुनेछन्।

महोत्सवमा नेपालको प्रतिनिधि गरिरहेको फिल्म 'तान्द्रो' को प्रिमियर सहित 'सुनाकली', 'कमारो' र 'टकिङ टु द ऐयर' र सहभागी भएका छन्।

महोत्सवमा सिनेकर्मी, फिल्म पारखी, बुद्धिजीवी, पत्रकार र कलाकारहरू सहभागि भएका छन्। 'राम्रो फिल्म, राम्रो दर्शक र राम्रो समाज' भन्ने नारासहित गत बिहीबारबाट सुरू भएको महोत्सव आगामी माघ ८ सम्म चल्नेछ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...