Thursday 23 Mangshir, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

शितलहरले जनजीवन कष्टकर

(0 votes)
चिसो छल्न लहानमा आगो ताप्दै सर्वसाधारण । चिसो छल्न लहानमा आगो ताप्दै सर्वसाधारण ।
लहान–'रिक्सा पेल्न राजमार्गमा ननिस्के चुलो नल्ने चिन्ता, निस्किए कठयाङग्रिदो चिसोले ज्यानै जाने डर,' लहानका रिक्साचालक पल्टा सदाले जाडोको कष्टपूर्ण दैनिकी सुनाए।
nepali-patro-june
मधेस बन्दका कारण दिउँसो सडकमा सवारी साधन गुड्दैन। मध्यरातबाट मात्र राजमार्गमा सवारी गुड्न सुरु हुन्छ । बस चढ्न यात्रुलाई बस रोकिने स्थानसम्म पुर्याउन र ल्याउन रिक्सा चालक रातको समयमा रिक्सा चलाउँछन्।

मध्यराताबाट दैनिकी सुरु गर्ने यी रिक्सा चालक कक्रक्क पार्ने चिसो र पश्चिमी हावासँगै चलेको शितलहरले कष्टकर जीवन भोग्न बाध्य छन्। 'मधेस बन्दका कारण सवारी साधन राति ओहोर दोहोर गर्छ, सवार यात्रुको चहलपहल पनि मध्यरातबाटै सुरु हुन्छ,' उनले भने, 'रोजिरोटीका लागि जीवन दाउमा लगाएर पनि रिक्सा जोत्नै पर्यो।' रिक्सा पेलेर पाँच जनाको परिवार पालिरहेका उनले भने, 'मध्यरातको ज्यानमारा चिसो बरदास्त गर्न बडो कष्ट हुँदोरहेछ।'

शितलहरका कारण बढेको चिसो बढ्ेपछि मारमा राति रिक्सा चलाउने रिक्सा चालक परेका छन्। दिउँसो सवारी साधन नचलेपछि सडकमा मानिसको चहलपहल पातलिएको छ । बाहिरका यात्रु नआएपछि रिक्सा चालकहरु दिउँसो यात्रु टोलाउनु बाहेकको बिकल्प छैन् । 'दिनको भरमा त चुलो पनि बल्दैन,' उनले भने,'राति चिसो असैह्य हुन्छ ।'

तीन दिनदेखि शीतलहरस"गै शितका थोपासमेत खस्नाले अत्यधिक जाडो वढेको छ। शितलहरवाट खासगरी बालबालिका, वृद्धवृद्धा बढी प्रभावित छन्। जाडोबाट दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र रिक्साचालकहरु वढी प्रभावित भएका छन्। जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रभाव बढी देखिएको छ। वृद्धवृद्धामा श्वासप्रश्वासको गति बढ्ने दमका रोगीको दम बढ्ने समस्या देखिएको चिकित्सकहरुको भनाइ छ।

अत्यधिक जाडोले न्यानो कपडाको बिक्री बढ्नुका साथै चिया पसलमा सर्वसाधारणको बढी बाक्लिन थालेको छ। चिसोबाट बच्न ठाउ"ठाउ"मा आगो बालेर तापेर चिसो छल्ने दृष्य गाउँ देखि सहरसम्म देखिन्छ। चिसोका कारण जिल्ला अस्पताल सिरहा, लहान अस्पताल गाउँका स्वास्थ्य संस्थाहरु र निजि क्लिनिकमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया, कोल्ड डाइरियाका बिरामीको ंसख्या बढ्दै गएको जिल्ला अस्पताल सिरहाका मेडिकल सुप्रिडेन्ट डाक्टर दयाशंकर लाल कर्णले बताए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...