Thursday 2 Kartik, 2074 |
Menu

खेल

istl

रक्साैल नाकामा नरम बन्दै भारतीय पक्ष, ढुवानी खुला

(0 votes)
रक्साैल नाकामा नरम बन्दै भारतीय पक्ष, ढुवानी खुला
रौतहट–वीरगंज–रक्साैल नाका भएर नेपालतर्फ व्यापारीले मालसमान भित्र्याए कुनै अवरोधन नगर्ने भारतीय अधिकारीले जनाएका छन्। पहिले हर प्रकारले अवरोध खडा गर्ने तिनै अधिकारीहरू हिजोअाज लचक देखिन्छन्। बीरगंज–रक्सौल नाकामा मधेसी मोर्चाले धर्ना जारी नै राखेका छन् तर भारतीय पक्ष सामान रोक्न पहिलेजस्तो कठोर छैन।

गत साउन ३० गतेदेखि सीमाङ्कन र संविधानप्रति असन्तुष्ट मधेसवादी दलले सुरु गरेको आन्दोलन मंगलबार एक सय ६५ दिन पुगेको छ।

महिनौदेखि मोर्चाका कार्यकर्ताले देशका प्रमुख नाका अवरुद्ध पारेर उठाएका माग सरकारले संविधान संशोधनमार्फत पूरा गरिसकेको र कतिपय मागहरु उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर पूरागर्ने सरकारको आश्वासनमा भारत सरकारले सकरात्मक प्रतिक्रिया जनाएको छ।

नेपाल भित्रने मालवाहक सवारी साधान नराेक्ने भारतीय रक्सौल कस्टमका अधिकारीहरुले प्रतिक्रिया दिए। रक्सौल कस्टमका सूचना अधिकारी अभिषेक कमलले सामान लोड गरेर नेपाल लैजान तयार भए अाफूहरूले कुनै अवरोध नगर्ने बताए। ‘महिनौंदेखि बन्द रहेको नाकामा हामीले कुनै अवरोध गर्दैनौं’, सूचना अधिकारी कमलले भने 'व्यपारीहरु ट्रक, कन्टेनर लगायतका जुनसुकै मालसमान नेपालमा लैजान तयार भए हाम्रो तर्फबाट अवरोध हुँदैन। सजिलै कस्टम जाँचपास गर्छौ।’ केही दिनमै नाकाको समस्या सुल्झिने भारतीय कस्टम अधिकारीहरुले संकेत गरे।

'संविधान संशोधन हुने बित्तिकै भारतीय विदेश मन्त्रालयले स्वागत गरिसकेको छ’, सूचना अधिकारी कमलले भने 'चाडै नाका अवरोध हटने संकेत आएको छ, त्यसकै प्रतिक्षामा छौं।’

मितेरी पुलमा मोर्चाले टेन्ट खडा गरेर धर्ना दिन थालेपछि निकासी पैठारी दुबै रोकिएको थियो। पछिल्लो दुइसाता यता मधेसी मोर्चाको आन्दोलन खुकुलो छ। व्यापारीहरुले टाँगा, रिक्सा, र ठेला तथा टायर गाडामा दैनिक रुपमा विभिन्न मालसमान भित्र्याएका छन्। मोर्चाले त्यसमा कुनै अवरोध गरेको छैन।

मोर्चाले नाका केन्द्रित आन्दोलन सुरुगर्ने वितिकै सुरक्षाको कारण देखाउँदै भारतीय सुरक्षाकर्मी तथा कस्टमले नेपाल भित्रिने सामानको जाँचपास रोकेको थियो।

पछिल्लो दुइसाता यता हार्डवेयर, जुत्ता चप्पल, कपडा, तयारी पोशाक, विद्युतीय लगायतका सामानहरु सहजै बीरगन्ज शहरमा भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ। व्यापारीले मालसमान भित्रयाउन थालेपछि बीरगंज भन्सारको राजश्व असुली पनि बढेको छ । आन्दोलनको कारण भन्सार राजस्व प्रभावित वनेको थियो। अहिले दैनिक रुपमा २५-३० लाख रुपैया भन्सार राजस्व असुल भैरहेको बीरगंज भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले जानकारी दिए। माघ १ देखि ९ गतेसम्म नौ दिनकै अवधिमा भन्सार कार्यालयले तीन करोड ३८ लाख ७० हजार नौ रुपैया राजश्वस संकलन भएको छ।

यता मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष प्रदीप यादवले मधेसीको माग पूरा नभएसम्म कुनै हालतमा आनदोलन नरोक्ने बताए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...