Friday 14 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

निजामती सेवाको सपना

(0 votes)
नेपाल अति कम विकसित मुलुक हो। दुई शक्तिशाली राष्ट्रको चेपुवामा हुर्किएको हाम्रो मुलुकले दुुई ढुंगाबीचको तरुलको जस्तै महत्व बोकेको छ । लक्ष्मीप्रसाद देवकोटाले भनेझै यो सानो छ तर आँखाको मोतिजस्तै महत्व बोकेको छ।
nepali-patro-june
पृथ्वीनारायण शाहले भनेझै चार जात छत्तीस वर्णको साझा फूलबारी जस्तै फूलेको छ । यसलाई थप फुलाउन मलजल गर्न राजनीतिभन्दा पृथक वातावरणमा रहेर निजामती प्रशासन क्रियाशील रहनुपर्छ । नेपालको राष्ट्रिय गानमा भनिएझैं सयौं थुङ्गा फूलको एउटै माला गाँस्ने महान् राष्ट्रिय अभियानमा पनि सेवा प्रवाहमार्फत निजामती सेवा नागरिकसामु अग्रसर रहन आवश्यक छ ।

निजामती सेवामा कर्मचारी छनोटको आधार थप फराकिलो पार्नु आजको आवश्यकता हो । समस्याले विकृत रूप लिँदा निजामती सेवा ढुलमुले अवस्थामा अगाडि बढिरहेको छ । निजामती सेवा जस्तो बृहत् संगठन व्यवस्थापनका लागि प्रशस्त ऐन/नियम हुँदाहुँदै पनि त्यसको सही कार्यान्वयन हुन नसक्दा यस सेवाभित्र चुनौतीका खाडल गहिरिँदै गएको कुरा जो कोहीले पनि अनुमान लगाउन सक्छ । त्यसैले कानुन कार्यान्वयन गर्नका लागि थप कडा कानुन ल्याउनुपर्ने देखिन्छ । कर्मचारीको कामप्रति प्रेरणा जगाउन एवं कामप्रति प्रतिबद्ध एवं जनताप्रति इमानदार र वफादार तवरले काम गरुन् भनी व्यवस्था गरिएकोे पुरस्कारमा राजनीतिक प्रभावले जरा गाड्ने संकेत देखिन थालेको छ । जसअनुसार सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने उमेदवार यस वर्ष पनि फेला पार्न नसकिनु आफँैमा दुःखदायी छ । कर्मचारीले आफूलाई जनताको मालिक नसम्झी एक सच्चा राष्ट्र सेवकका रूपमा व्यवहार गर्नुपर्छ । त्यसैले आजभोलि सेवा लिन आउने जनतालाई सेवाग्राही र कर्मचारीलाई सेवाप्रदायक भनिन्छ ।

मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती सेवा जनमुखी प्रशासनको आधारस्तम्भ हो जहाँ योग्यताको आधारमा छनोट भएका विशेषज्ञ कर्मचारीको समूह छ । सोहीअनुरूप आमजनतामा सेवा प्रवाहमार्फत आफ्नो उपस्थिति बोध गराएको छ । सरकारको सफलता यसै सेवाको क्रियाशीलतामा भर पर्ने भएकाले निजामती सेवालाई राजनीतिक र सरकारी तवरबाट अतिक्रमित, संक्रमित र दिग्भ्रमित गरिनुहँुदैन । योग्यता प्रणलीमा आधारित, विशेषज्ञता र लामो अनुभव÷स्थायित्व यसको अब्बल पक्ष मानिन्छ ।

यस्तो निजामती सेवामा दक्ष जनशक्ति आपूर्ति गर्न २००८ असार १ गते लोक सेवा आयोग स्थापना भएपछि निष्पक्षरूपमा कर्मचारी छनोट गर्ने आधार खडा भयो । यसले निजामती सेवालाई जनमुखी, प्रभावकारी प्रतिस्पर्धी बनाउन मद्दत गरेको छ । नेपालमा निजामती सेवाको आधुनिक अवधारणा वि.सं.२०१३ सालमा आएको हो । आमजनतामा जनचेतनाको स्तर वृद्धिसँगै निजामती सेवामा परिवर्तित अवधारणा विकास भयो । पछिल्ला दिनहरुमा लोकतन्त्रको बहालीपश्चात निजामती सेवा प्रवेशमा विभिन्न समुदायले आफूहरुको पनि सम्मानजनक सहभागिता माग गरे । सोहीअनुरूप परिस्थितिप्रति गम्भीर हुँदै निजामती सेवामा समेत महिला, आदिबासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति, एवं पिछडिएको वर्गलाई समेत नछुट्ने गरी क्रमशः ३३,२७,२२,९,५,४ प्रतिशत छनोट गर्ने निर्णयअनुरूप खुला प्रतियोगितातर्फ कुल आवश्यक पद संख्याको ४५ प्रतिशत आरक्षण कोटा छुट्टाउने व्यवस्था भयो ।

सोहीअनुरूप कर्मचारी छनोटको कार्य भैरहेको अवस्था छ । विभिन्न क्षेत्रबाट थोरै समर्थन र थुप्रै विरोधका स्वर आए पनि कुनै परिवर्तित अवस्था देखिएको भने छैन । किनकि आरक्षणलाई आरक्षणको मान्यताअनुसार सञ्चालन गरिएको छैन । आर्थिक तथा सामाजिकरूपले पछाडि परेका महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति एवं पिछडिएको वर्गलाई मात्र आरक्षणको व्यवस्था गरिए तापनि यहाँ सबै महिला, आदिबासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका वयक्ति एवं पिछडिएको वर्गले आरक्षणको नाजायज फाइदा लिइरहेका छन् ।

छिमेकी मुलुक भारतमा समावेशी आरक्षण अवधारणा ल्याइए तापनि पछिल्ला दिनहरुमा यो व्यवस्था असफल भएको छ । त्यस्तो अवस्था भोलिका दिनमा नेपालमा पनि नहोला भन्न सकिन्न । निजामती सेवामा सबै वर्गको प्रतिनिधित्व अपरिहार्य भए तापनि सकारात्मक विभेदको नीतिअनुरूप अगाडि बढ्नुपर्ने तर्क आमबुद्धिजीवीबाट नआएको होइन । साथै आरक्षण एउटा व्यक्तिलाई एक सेवा अवधिमा एकपटक मात्र दिनुपर्छ भन्ने विषयमा पनि प्रशस्त बहस पैरवी हुन थालेको छ । वास्तवमा यो धेरै जायज छ जसले आरक्षणलाई अझ फराकिलो बनाउन मद्दत गर्छ । यसतर्फको आगामी यात्रा जरुरी छ ।

प्रशासकीय अधिकृत, नेपाल विद्युत् प्राधिकरण

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...