Tuesday 14 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

हलेसी गुठीको जग्गा फिर्ता गर्न मन्त्रीको निर्देशन

(0 votes)
nepali-patro-june
खोटाङ– भूमीसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीको अतिक्रमित जग्गा गुठीको नाममा दर्ता गर्न मालपोत कार्यालयलाई निर्देशन दिएका छन्। मालपोत र नापी कार्यालय अनुगमनका क्रममा मंगलबार आएका मन्त्री सुब्बाले स्थानीयद्धारा अतिक्रमणमा परेका हलेसीको जग्गा गुठीको नाममा फिर्ता गरेर दर्ता गर्न निर्देशन दिएका हुन्। मालपोत र नापी कार्यालयका प्रमुखलाई बुधबार दिक्तेलमा भेला गरेर मन्त्री सुब्बाले 'गुठीको जग्गा कसैले पनि अतिक्रमण गरेर आफ्नो बनाउन नपाउने' भन्दै गुठीको नाममा दर्ता गर्न निर्देशन दिएका हुन्। हलेसी महादेव गुठीको जग्गा अतिक्रमण भएको पाइएपछि मन्त्री सुब्बाको यस्तो निर्देशन आएको हो ।

गुरु योजना लागू हुँदा प्रशस्त मुआब्जा पाउने आशामा पछिल्लो समय हलेसी महादेवस्थानको जग्गा अतिक्रमण गर्दै घर बनाउने क्रम बढेको छ । अहिले जग्गामा दावी गर्दै मन्दीरकै छेउछाउमा समेत घर बनाउनेक्रमले तीव्रता पाइरहेको छ । 'गुठीको जग्गा कसैले पनि आफ्नो बनाउन पाउँदैन,' मन्त्री सुब्बाले भने, 'त्यस्तो रहेछ भने मुआब्जा दिएर भएपनि गुठीको जग्गा गुठीकै नाममा फिर्ता गर्न पहल गर्नुस् ।' मन्त्री सुब्बाले खोटाङको क्षेत्र नम्बर–१ को ऐसेलुखर्क र क्षेत्र नम्बर–२ को खोटाङबजारमा मालपोतको शाखा कार्यालय खोल्ने बताएका छन् ।

गुठीको जग्गा पास गर्नेको नाममा म्याद तामेली

जग्गा अतिक्रमण हुनेक्रम बढेको उजुरी परेपछि हलेसीमहादेव गुठीको नाममा रहेको ३० कित्ता जग्गा रोक्का गरेको मालपोत कार्यालयले गुठीको जग्गा आफ्नो नाममा पास गर्ने २९ जनाको नाममा म्याद तामेली गराइसकेको छ । गुठी संस्थानले म्याद तामेली गर्न पठाएको पत्रअनुसार हलेसीमहादेवस्थान–४ का कुष्णकुमारी गिरी, भवानीशङ्कर गिरी, गुन्जना गिरी, अर्जुन गिरी, मन्दीप गिरी, लक्ष्मीमाया" गिरी, सपना गिरी, सप्तबहादुर राई, भरिता राई, हरि गिरी, बजेन्द्रकुमार गिरी, सुदीप गिरी, ऐराख राई, हेमन्त गिरी, रुपेन्द्र राई, हर्कराज राई, बमप्रसाद गिरी, तारालक्षी राई, कुमारी राई, ज्यानकाजी राई, अर्जुन गिरी, सम्शेर गिरी, प्रकाशकुमार राई, प्रमोदकुमार गिरी, रत्नकुमार गिरी, नविन राई, राजन राई लगायतलाई तामेली गरिएको मालपोतले जनाएको छ । कित्ता काट गर्दै ठुगीको जग्गा किनबेच भएको उजुरीपछि गुठी संस्थानले जग्गाको बिषयमा छानबिनको प्रक्रिया अघि बढाएको हो ।

श्रोतका अनुशार उदयपुर त्रिवेणी गाविसकी भानुकुमारी गिरी, उदयपुर कटारीकी लक्ष्मी विश्वकर्मा, सुनसरी धरानकी सुनिल विश्वकर्मा, ओखलढुङ्गाका ध्रुवकुमार गिरी र देवकुमारी सन्यासी, धितुङ–९ की अस्मिता राई, बुइपा–५ का शिवकुमारी श्रेष्ठ र उषा श्रेष्ठ, सल्ले–९ का सन्दर राई, दुर्छिम–७ का मिलनकुमारी राई र दुर्छिम–२ का नैनकुमार राईलाई समेत गाविस सचिवमार्फत म्याद तामेली गराउने प्रक्रिया अगाडि बढाइएको मालपोतको भनाई छ ।

मालपोतले यसअघि हलेसीमहादेवस्थान–४ मा रहेको कित्ता नं ५०, ५२, ७०, ३५१, ३७९, ८८, ८९, ९०, १७३, ३७१, २६८, ३७८, ३८३, ७९८, ८०१, १०५७, १०५८, २८३, ३८२, ९८४, ९९५, ३२, १८८, २२५, २९७, १०४६, ८०० र ३६८ को जग्गा रोक्का गरिसकेको छ ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...