Sunday 15 Falgun, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

माइभ्यालीको पराजय

(0 votes)
माइभ्यालीको पराजय
इलाम- सदरमुकाममा सुरु टुबोर्ग आमन्त्रण माइभ्याली फुटबल गोल्डकप प्रतियोगिताको बिहीबार उद्घाटन खेलमा दुर्गापुर स्टिल फुटबल क्लब कोलकाताले विजयी सुरुआत गरेको छ। दुर्गापुरले आयोजक माइभ्याली क्लबविरुद्ध घानाका खेलाडी एरिक एटोर्लीको दुई गोलको मद्धतमा २–० को विजय पाएको हो।
nepali-patro-june
एरिकले पहिलो र दोस्रो हाफमा १–१ गोल गरे।

घरेलु मैदानमा माइभ्यालीले उत्कृष्ट प्रयास गरे पनि स्कोर गर्न सकेन। जिल्लाकै खेलाडीमात्र मैदान उतारेको माइभ्यालीविरुद्ध दुर्गापुरले आफ्नो टोलीमा तीन अफ्रिकन खेलाडी खेलाएको थियो।

म्यान अफ दी म्याच दुर्गापुरका ल्यासी एडेयमी भए। उनले ५ हजार रुपैयाँ पुरस्कार पाए।

पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कारको प्रतियोगिताको उद्घाटन जिल्लाका पुराना खेलाडी हरिहर काफ्लेले गरे।

माइभ्याली र जिल्ला फुटबल संघ इलामको आयोजनामा भएको दोस्रो संस्करण माघ २३ सम्म हुनेछ। मनाङ मर्स्याङ्दी, सहारा क्लब, त्रिभुवन आर्मी, एपिएफ क्लब, रुपन्देही–११, झापा–११, काठमाडौंको सरस्वती क्लब र भारत आसमको ग्लोबल फुटबल क्लब छन्।

शुक्रबार भारत आसमको ग्लोबल एकेडेमी र काठमाडौंको सरस्वती क्लबबीच खेल हुनेछ। विजेताले साढे ३ लाख र उपविजेताले १ लाख ७५ हजार रुपैयाँ जित्ने छन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...