Wednesday 8 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

कर्म, इच्छा र समाज

(0 votes)
शास्त्रीय मान्यताअनुसार समयको तीनवटा आयाम हुन्छन्। थियो, छ र हुनेछ। यी तीनवटै एउटै समयका विभिन्न रूप हुन्। तसर्थ यिनीहरुलाई अलग गरेर हेर्न हुन्न। दर्शनले माथिका तीन आयामको निरन्तरतालाई नै कर्म भन्छ। सञ्चित, कर्मकृत र प्रारब्ध गरी तीन भागमा बाँडिएको कर्मफल बुझेपछि भाग्य र पुरुषार्थ स्पष्ट हुन्छ। जब कर्मफल भाग्यका रूपमा देखापर्छ त्यसैलाई प्रारब्ध भनिन्छ।
राजु नेपाल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
धार्मिक शास्त्रलाई जस्ताको तस्तै मान्नुपर्छ भन्नेहरु भाग्यलाई कर्मफलका रूपमा परिभाषित गर्छन्। हिजोका दिनमा आफूले बिनास्वार्थ गरेका कर्मफल जब आजको समयमा पाइन्छ, त्यसलाई सञ्चित कर्मफल भनिन्छ भने आजका दिनमा आफूले गरेको कामबाट इच्छित वा अनिच्छित फल नै कर्मकृतफल हो। सनातन धर्ममा विश्वास राख्नेहरु अघिल्लो जन्मको कर्मफल वा प्रारब्धलाई भाग्य मान्छन् भने अरुहरु यसलाई सञ्चित कर्मफलको अर्को रूप मान्छन्।

मानिस हरेक समय आफूले गरेको कर्मको बदलामा केही न केही पाउन इच्छा गरिरहेको हुन्छ वा कर्मफलप्रतिको उसको आशक्तिमा कहिल्यै कमी आउँदैन। तर कुनै चाहना र इच्छाबीचको फरक छुट्ट्याउन नसक्दा ऊ रुमलिन्छ। कुनै चाहना इच्छामा परिणत हुन चार तत्व जरुरी हुन्छ। त्यो चाहना वर्तमानमा जागृत भएको हुनुपर्ने, वर्तमानमा त्यसको पूर्तिका साधन उपलब्ध हुनुपर्ने, त्यो चाहना पूरा नहुँदा जीवन खुसी नहुने र त्यो चाहना पूरा गर्दा अरुको हानि नोक्सानी हुन नहुने। यदि यी चार तत्व विद्यमान भएमात्र कुनै चाहना इच्छा हुन्छ, नत्र हुन्न। जब मानिस यी चार तत्वको उपस्थितिबिनाको चाहनालाई इच्छा मान्न थाल्छ, तब उसमा क्रोध उत्पन्न हुन्छ। क्रोधको अन्तिम रूप बुद्धि नास हो जसले उसलाई नीच कर्मतर्फ उद्यत गराउँछ।

जसरी चाहना इच्छामा परिवर्तन हुन चार तत्वको उपस्थिति अनिवार्य हुन्छ, त्यसैगरी कुनै कर्म सकाम कर्म हुन चार तत्व विद्यमान हुनु अत्यावश्यक छ। अन्यथा सो कर्म, विकर्म वा अकर्म हुन जान्छ। अझ गलत चाहनाबाट जागृत भएको इच्छा छ भने त त्यस्तो कर्म कुकर्ममा परिणत पनि हुन सक्छ। जहाँ सकाम कर्मको स्थान कुकर्म वा अकर्मले लिन्छ त्यहाँबाट मानिसको पतनको सुरुवात हुन्छ। किनकि अब यो स्थितिमा त्यो मानिस सही र गलत छुट्ट्याउन नसक्ने भइसकेको हुन्छ।

कुनै पनि कर्म सकाम कर्म हुनका लागि अत्यावश्यक तत्वहरु भनेको निस्वार्थता, जीवनउपयोगी, परिवार र आत्मीयहरुको समर्थन र समयसापेक्षता हो। यदि यी चारै तत्व कुनै कर्ममा विद्यमान छैनन् भने त्यो व्यति्कगत स्वार्थले प्रेरित कर्म हुन जान्छ। त्यसले क्षणिक सन्तुष्टि दिए पनि कालान्तरमा मानिसलाई अधोगतिको बाटोमा लैजान्छ। यदि यस्ता कर्म लामो समयसम्म विद्यमान रहेमा यसले परिवार टुक्राउने र समाजबाट आफूलाई टाढा धकेल्ने कार्यसमेत गर्छ। किनकि जति आफूले आफूलाई समाजबाट टाढा राखे पनि वा आफ्नो विगतका नराम्रा पक्षबाट भाग्न खोजे पनि समाजले मानिसको विगत कहिल्यै पछ्याउन छाड्दैन।

जब समाज, परिवार र आत्मीयताको कुरा आउँछ, त्यहाँ सबैभन्दा पहिले माया भन्ने शब्दले प्राथमिकता पाउँछ। आधुनिक समाजको एउटा प्रसिद्ध भनाइअनुसार माया युद्ध र राजनीतिमा सबै छुट छ। युद्ध र राजनीति जस्ता कर्म अरुलाई हराएर आफू स्थापित हुन गरिन्छ तसर्थ त्यहाँ झुट, जालसाझीलगायत सम्पूर्ण कर्म धेरै हदसम्म स्वीकार्य होलान् तर माया र सम्बन्धमा जीत–हार हुन्नन्। माया र सम्बन्धमा कि दुवैले जित्छन् कि दुवैले हार्छन्। संसारमा एकले हारेको र अर्कोले जितेको माया कहीँ कतै इतिहासमा पनि छैन र भविष्यमा पनि हुने छैन। तसर्थ यहाँ अरु सबै कुरा स्वीकार्य भए पनि झुट स्वीकार्य हुन्न। मानिसले कुनै कर्म गर्दा किन झुट बोल्छ? किनकि उसलाई थाहा छ ऊ गलत बाटोमा छ र त्यो बाटो ऊ छाड्न चाहँदैन तसर्थ ऊ झुट बोल्छ। अथवा आफूले गरेको कार्यप्रति आफूलाई माया गर्ने मानिसको समर्थन छैन भने पनि उसले झुट बोल्छ। जब माया र सम्बन्धमा झुटको सुरुवात हुन्छ त्यहाँ विश्वास शून्यमा झर्छ। शून्य विश्वासमा गरिएका सबै कर्म विकर्म वा निकृष्ट कर्ममा परिणत हुन्छन्, यसमा कुनै दुविधा हुन्न।

जब कर्मको आधार सत्य हुन्छ, त्यो मानिसले प्रत्येक स्थानमा सत्य बोल्छ तर जब कर्मको सहारा झुट हुन्छ त्यहाँ हरेक व्यक्ति, समाज र स्थ्ाानमा झुट बोल्न थालिन्छ। जबसम्म घर परिवार र आत्मीयको बारेमा बोलेका झुटले समाजको स्वार्थ पूरा हुन्छ तबसम्म समाजले त्यो झुट स्वीकार गरिदिन्छ। तर त्यो झुटले सिर्जना गरेको अविश्वासले यता उसले आफ्नो जीवनको मायाको रूपमा रहेको अमूल्य निधि गुमाइसकेको हुन्छ। जुन दिन समाजले उसका झुट पत्याउन छाड्छ ऊ कतैको हुन्न र कुकर्ममा फस्छ। यसरी झुटबाट सुरु भएको कर्म कुकर्ममा परिणत हुन पुग्छ र मानिसमा वितृष्णा बढ्न थाल्छ जुन एक्लोपनको पहिलो खुडि्कलो हो।

धर्मशास्त्रलाई पूर्णरूपमा मान्ने युगमा कर्म प्रधान हुन्थ्यो भने आज जहाँ तर्कशास्त्र र अर्थशास्त्रले धर्मशास्त्रलाई पर धकेलेको छ, कर्मभन्दा व्यक्ति प्रधान हुन थालेको छ। के कर्मभन्दा पनि कोसँग मिलेर कुन कर्म गरिँदैछ भन्ने कुराले अहिले धेरै अर्थ राख्छ। नराम्रासँग मिलेर गरेको राम्रो कामभन्दा राम्रासँग मिलेर गरिएको नराम्रो कामले राम्रो अर्थ राख्न थालेको छ समाजमा। समझदार मानिसले तसर्थ राम्रासँग मिलेर राम्रा काममात्र गर्नुपर्छ। नराम्रा मानिससँग मिलेर कर्म गर्दा कतिपय स्थ्ाानमा झुटले प्रश्रय पाउँछ भने राम्रा मानिससँग मिलेर कर्म गर्दा झुटको ढोका सधैँ बन्द हुन्छ।

एउटा भनाइ छ– भगवानभन्दा ठूलो सत्य हो। तसर्थ भगवानको अस्तित्व स्वीकार नगर्नेहरु सत्यलाई नै आफ्नो आस्था र निष्ठा मान्छन्। धर्मशास्त्रलाई जीवको आधार मान्ने परापूर्वकाल, नीतिशास्त्रलाई जीवनको आधार मान्ने त्योभन्दा पछिल्लो कालखण्ड अनि तर्कशास्त्रलाई जीवनको जीत सम्झने १०० वर्ष पुरानो सोचाइदेखि लिएर अर्थशास्त्र नै जीवनको आधार हो भन्ने नवयुगमा समेत सत्यलाई सर्वोपरि सिद्धान्त मानिएको छ। हिजो सत्यभन्दा बाहिरलाई पाप भनिन्थ्यो भने आज सत्यभन्दा बाहिरलाई हानि भनिन्छ।

मानिस जब बोल्छ, सुन्ने मान्छेको दिमागले आफ्नो संस्कारअनुसार उसले के कुरा स्वीकार गर्ने र के कुरा स्वीकार नगर्ने भन्नेबारे निर्णय गर्छ। तर बोल्ने मान्छे आफ्नै दिमागले आफूले बोलेको असत्य भने स्वीकार गर्दैन। यस्ता असत्यको असर उसको दिमाग, मन हुँदै शरीरमा प्रवेश गर्छ जुन रोगको कारण र घर दुवै हो। साथै झुट बोल्नेको शरीर अब गलत क्रियाकलापपटि्ट आकर्षित हुन थाल्छ किनकि उसको दिमागले सही र गलत छुट्टाउने शक्ति गुमाइसकेको हुन्छ। यो स्थितिमा मानिस सत्यबाट भाग्छ। सानातिना घटना र आफूभन्दा सारै साना मानिससँग रमाउन थाल्छ, परिवारसँग बिताउने समय कम हुन थाल्छ। घरभित्रको निर्णय प्रक्रियामा उसलाई खासै मतलव हुन्न र घरले पनि उसलाई खासै मतलब गदर्ैैन। यो दुःखी जीवनको सुरुवाती लक्षण हो। किनकि अब ऊसँग भन्न सक्ने र सुन्न सक्ने दुवै शक्ति क्षीण भइसकेको हुन्छ। ऊ समाजबाट भाग्छ र समाज ऊबाट। किनकि नकारात्मकता दिमागबाट सुरु हुन्छ र घर र आत्मीयहरुमा त्यसको सबैभन्दा ठूलो प्रतिकूल प्रभाव पर्छ। तर जब कुनै पनि कर्ममा सत्यले प्रधानता पाउँछ, त्यहाँ मानिस माथिका संकटबाट मुक्त हुन्छ र वर्तमानमा खुसी बाँच्छ, सुनौलो भविष्यको पर्खाइमा हुन्छ।

श्ास्त्रीय मान्यतामा दैनिक कर्मलाई पाँच भागमा बाँडिएको पाइन्छ। पहिलो नित्य कर्म, जहाँ मानिसले पूजा, पाठ र ध्यानको माध्यमबाट दैनिक ईश्वरसँग साक्षात्कार गर्छ। दोस्रो, काम्य कर्म जहाँ भनिष्यमा कुनै कुरा प्राप्तिीका लागि अहिले कुनै कर्म गरिन्छ। तेस्रो, प्रायश्चित्त कर्म जहाँ नजानेर गरेका कर्म वा जानेर गरेका तथा पछि गल्ती भएछ भनेर बुझेर गरिने कर्म पर्छन्। चौथो नैमिक्तिक कर्म जहाँ कुनै घटना भएपछि त्यसको बदलामा गर्ने गरिन्छ। माथिका सबै कर्म मानव जीवनका प्रमुख कर्म हुन् तैपनि सबैभन्दा मुख्य भनेको पाँचौं हो जसलाई कर्तव्य कर्मका रूपमा परिभाषित गरिएको छ। कर्तव्य कर्मले मानिसलाई चिनाउने काम गर्छ। यहाँ मानिसले जीवन निर्वाहका कार्यदेखि लिएर समाज उत्थानका कर्मसम्म गर्छ। सेवा र मानवीयता यसै कर्मका अंग हुन्। अक्सर मानिसले गल्ती गर्ने पनि यही भागमा हो। यो भागमा गरिएको गल्तीको प्रायश्चित्त गर्ने ठाउँ पनि छैन। यदि प्रायश्चित्त गर्ने स्थान भए नै पनि उसको प्रायश्चित्त पूर्वीय समाजमा स्वीकार्य हुन्न। किनकि यो हाम्रो विकसित जीवन पद्धति हो। भगवानका नाममा गरिएको गलत कर्मको प्रायश्चित्त गर्ने स्थान हुन्छ तर समाज, परिवार, आत्मीय व्यक्ति र सन्तानका नाममा गरिएको गल्तीको प्रायश्चित्त गर्ने स्थान हुन्न। तसर्थ कर्तव्य कर्म गर्दा धेरै चनाखो हुनु जरुरी छ।

कर्तव्य गर्न मानिसलाई चेतनाले धकेल्छ। अनि मान्छे चेतनाले बाँधिएको हुन्छ र चेतना आस्थाले। मानिस त्यही आस्थाको जगमा आत्मसन्तोष दिने जीवनको श्रेष्ठता खोज्दै हिँड्छ कर्मका रूपमा। चरम सुखको खोजीमा भौतारिंँदै ऊ आफूसँग भएको खुसीबाट कहिल्यै नफर्कने गरी पर गइसकेको हुन्छ किनकि ऊ तृष्णाबाट निर्देशित हुन्छ न कि इच्छाबाट। यस अर्थमा मानिस जहिल्यै भोको हुन्छ। अनि यही भोकले सुनियोजितरूपमा आफ्ना आस्था, संस्कार र दर्शन भत्काएर हिँड्छ। सुख भोगले अल्मल्याउँदा ऊ आफ्नो विगत र आफन्तसमेत बिर्सेर हिँड्छ।

कर्म जतिसुकै प्रधान भए पनि सकारात्मक सोचको विकासले कर्मको गति परिवर्तन भने गर्न सकिन्छ। सकारात्मक सोचका लागि घमण्डको त्याग र घमण्डको त्यागका लागि म भावको अन्त्य सबैभन्दा महत्वपूर्ण पक्ष हो। जहाँ गएर म भावको अन्त्य हुन्छ मानिसको जीवनमा सुखको सुरुवात हुन्छ।

कतिपय परिस्थितिमा मानिसले राम्रो उद्देश्यले कर्म गर्दागर्दै पनि म भावको उपस्थितिले उसले बाटो बिराउन जाँदा ऊ रुमलिन्छ र खराब लतमा फस्छ। उसले जति चाँडो यो कुरोे बुझ्छ त्यति चाँडो सही बाटो पहिल्याउन उसलाई मद्दत पुग्छ। तसर्थ परिवार, आत्मीयहरुको साथमा म भाव बिर्सेर कर्तव्य कर्म गर्नु नै परम् सुखतिर आकर्षित हुनु हो।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...