15 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

खाना पाकेपछि मात्र नुन हाल्न चिकित्सकको आग्रह

(0 votes)
काठमाडौँ-खाना पाकेपछि मात्र नुन हाल्न र दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्न चिकित्सकले आग्रह गरेका छन् । खाना पकाउँदा पकाउँदै नुन हाल्दा आयोडिनको मात्रा नष्ट हुने हुँदा खानापाकेपछि र खाना खानुअघि मात्र आवश्यक मात्राको नुन प्रयोग गर्न उनीहरुले सल्लाह दिएका छन् ।
nepali-patro-june


स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाद्वारा नुनको महत्वबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकारसम्मेलनमा ढिके तथा खुला नुनको प्रयोग नगर्न सबैसँग आग्रहसमेत गरिएको थियो । ढिके तथा खुला नुनमा आयोडिन केही मात्रामा हुने भए पनि खुला रुपमा राख्दा उडेर जाने हुँदा यस्तो प्रयोग गर्नु हुँदैन । दुई बालबालिका चिह्न भएको नुन मात्र प्रयोग गर्नेको सङ्ख्या ८० प्रतिशत रहेको छ । यस्तो चिह्न भएको नुनमा स्वास्थ्य मन्त्रालयको आग्रहमा साल्ट ट्रेडिङ कर्पाेरेसनले नुनको उत्पादन तहमै आयोडिन राख्दैआएको छ ।

सुदूर पश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चल तथा हिमाली क्षेत्रमा ढिके तथा खुला नुनको प्रयोग गर्ने प्रचलन रहिआएको छ । मानव शरीरलाई नभई नहुने सूक्ष्म पोषक तत्वका रुपमा आयोडिनलाई लिइन्छ ।

बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले मानसिक तथा शारीरिक विकासका लागि अयोडिनयुक्त नुन आवश्यक पर्ने बताए। उनले भने, "गर्भवती महिलाले दैनिक रुपमा अयोडिनको सही मात्राको प्रयोग गर्नाले गर्भ तुहिने, मरेको बच्चा जन्मने तथा अन्य समस्या आउँदैन।"

महाशाखाका पोषण विज्ञ गिरीराज सुवेदीका अनुसार नेपालको भौगालिक अवस्थाका कारण यहाँका माटो र पानीमा आयोडिनको अभाव भएकाले खानामा आयोडिन मिसाएको नुन प्रयोग गर्न आवश्यक छ ।

चिकित्सकले पशुपक्षी, मासु प्रयोग गर्नेलाई पनि यस्तो नुन खुवाउन सल्लाह दिएका छन् । दूध दिने गाई, भँैसीलाई आयोडिन नुन खुवाउँदा दूधको मात्रा बढ्ने कार्यक्रममा जानकारी दिइयो ।

यसैबीच, मन्त्रालयले फेब्रुअरी (माघ÷फागुन) महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । आयोडिनको कमीबाट आइपर्ने स्वास्थ्यसम्बन्धी समस्याका बारेमा जानकारी दिन र आयोडिन नुनको महत्वबारे सुसूचित गर्न आयोडिन महिना मनाउन लागिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले आयोडिन महत्वबारे समुदाय स्तरमा जनचेतना जगाउन आवश्यक भएको बताए। विश्व स्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय बालकोषको आग्रहमा मन्त्रालयले सन् २००० देखि फेब्रुअरी महिनालाई आयोडिन नुन महिनाका रुपमा मनाउँदै आएको छ । । महिनाभर विशेषगरी दुई बालबालिका चिह्न अङ्कित नुनको उपभोग गर्न समुदायलाई उत्प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ । रासस

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...