×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 26 Mangshir, 2074 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

राष्ट्रिय स्वाधिनताप्रति नयाँ पुस्ता अझ बढी सचेत छ: प्रधानमन्त्री

(0 votes)
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र स्वाभिमानका लागि नेपालका सबै पुस्ताका मानिसहरुमा समान धारणा रहेको बताएका छन्।
nepali-patro-june
नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमाबर आयोजित बाल राष्ट्रिय गीत सम्मेलनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै उमेर समुहका नागरिकले पनि राष्ट्रिय स्वाधिनतालाई शिरोधार्य गर्ने गरेको बताए। 'संसारका धेरै शक्तिशाली देशहरु उपनिवेसको चपेटामा पर्दा पनि नेपाल जोगाइयो,' प्रधानमन्त्री ओलीले भने, 'यसले के पुष्टि गर्छ भने इतिहासदेखि नै हाम्रा पुर्खाहरु राष्ट्रि«««य स्वाधिनता रक्षाका लागि कोहीसँग झुकेनन् यसको अर्थ यो देश अनन्तसम्म स्वाधिन नै हुनेछ।'

देशको भूगोल सानोठूलो भए पनि स्वाभिमान सानो ठूलो नुहने प्रधानमन्त्री ओलीको भनाइ छ। 'कसैको भूगोल ठुलो कसैको सानो होला तर स्वाधिनता सानो ठुलो हुँदैन,' प्रधानमन्त्री ओलीले भने, 'राष्ट्रिय स्वाधिनताप्रति नयाँ पुस्ता अझ बढी सचेत छ।' नेपालीको एकता र सद्ध्भाव भड्काउन कसैले दुषित बिचार फैलाएका भए पनि नेपालीहरुले त्यसलाई छानेर मात्र ग्रहण गर्ने प्रधानमन्त्री ओलीले बताए। 'हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्ध्भाव भड्काउन कसै कसैले दुषित बिचार प्रवाह गरिदिएका छन्,' प्रधानमन्त्री ओलीले भने, 'तर नेपालीहरुमा त्यस्ता दुषित बिचार ग्रहण नगर्ने महानता छ।'

आफ्नो जिम्मेवारी देश र बालबालिकाप्रति रहेको सम्झँदै प्रधानमन्त्री ओलीले बालबालिकाका लागि खाने, बस्ने, पढ्ने, उपचार पाउने सुबिधाका लागि आफू सधैं प्रयत्नशिल रहने बताए। 'स्कूल कलेज बन्द गरेर बालबालिकाको भबिष्य अन्धकार पार्ने दिन गए अब,' प्रधानमन्त्रीले भने, 'अब बालबालिकाले पढ्न पाउछन्, समयमा पुस्तक पाउँछन् र आफ्नो भबिष्य उज्यालो बनाएर देशकै भबिष्य उज्यालो बनाउने छन्।'

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...