Monday 10 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

सीमा एकीकरणवादी पृथ्वीनारायण

(0 votes)
दुई सय पचास वर्षअघि अंग्रेजले हिमालयको काखमा रहेका एकापसमा समन्वय नभएका भुरे टाकुरे राजा रजौटामध्ये केहीलाई लोभलालसामा फसाइ त्यसैका भरमा अर्का राज्य हडप्ने र पछि तिनै लोभी रजौटालाई पनि सिध्याएर आफ्नो छत्रछायाँ फैलाउने जाल बुन्दै गरेका थिए।
नागरिक

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
यी राज्यप्रति अंग्रेजको कुदृष्टि पर्न सुरु गरेकाले पृथ्वीनारायण शाह संवेदनशील भएका थिए । फिरंगीले नेपाललाई छिचोल्दै तिब्बतसम्म पुग्ने चाहना गर्दैछ भन्ने उनले विश्लेषण गरेका थिए । त्यसैले अंग्रेजले कुनै पनि हिमाली राज्यमा पाइला हाल्नै नपाओस् भनी यी राज्यलाई एक सूत्रमा बाँध्नुपर्छ र एउटा सवल, सुदृढ, मजबुत र सिंगो राष्ट्र निर्माण गर्नुपर्छ भन्ने मनसायले पृथ्वीनारायणले सीमा एकीकरण अभियान सुरु गरेका थिए भन्ने इतिहास अध्ययन गर्दा जान्न सकिन्छ ।

सीमा एकीकरण अभियान सञ्चालन गर्ने क्रममा पृथ्वीनारायणले विभिन्न रणनीति अख्तियार गरेका थिए । एकीकृत नेपालको सिमाना सुरक्षा गर्न र खासगरी नेपालको राजधानी रहेको काठमाडौं खाल्डोलाई सुरक्षित राख्न यसको चारैतिर दुर्ग (किल्ला) बनाउनुपर्छ र यसभित्र कुनै फिरंगीलाई पस्न दिनुहुँदैन भन्ने पृथ्वीनारायण शाहको अवधारणा थियो । यसैका सिलसिलामा उनले भनेका थिए– 'काठमाडौं खाल्डो वरिपरिको शिवपुरी, फूलचोकी, चन्द्रागिरी, महादेवपोखरी, दाप्चा, पालुङ र काहुलेजस्ता सात ठाउँमा पक्की किल्ला बनाउनुपर्छ । यस्ता किल्लैपिच्छे लमछट् गरी (लमतन्न पारी) तोपहरु राख्नुपर्छ । यस्ता प्रत्येक किल्लाको ढोकामा पाच–पाँच जना सिपाही पनि तैनाथ गर्नुपर्छ । यसो गरेमा चेवा–चर्चा गर्ने, भाग्ने, हराउने, ढुकुवा बस्ने, दङ्गा–फसादी गर्ने तथा खुन गर्नेहरुको पनि केही चल्ने छैन । यस्तो प्रबन्ध गर्न सके संसारका चारै बादशाहले नेपालको सिमानामा एकै पटक चढाईँ गर्दै आए भने पनि उनीहरुको केही लाग्ने छैन ।' यस भनाइलाई हिजोआज पनि मनन गर्र्दै उपत्यकाको चार भञ्ज्याङमा सुरक्षा सुदृढ तुल्याइए अपराधी र विध्वंसकारी राजधानीमा चलखेल गर्न पाउने थिएनन् ।

पृथ्वीनारायण भन्ने गर्थे– अंग्रेजले मौका छोपेर कुनै न कुनै समय यता आउने चेष्टा गर्नेछ । त्यसैले आफ्नो सीमा जोगाइराख्न सुरक्षित किल्लाको खोजी गरी सन्धिसर्पन हेरी गढी तथा गौंडाहरुलाई तम्तयार तुल्याइराख्नुपर्छ । उनको कथन थियो– उत्तरतर्फका वादशाहसित सधैँ मित्रता राख्नुपर्छ । दक्षिणतर्फको समुद्रका वादशाहसित घा (मित्रता) राख्नु तर त्यो अत्यन्त चतुरो छ ।' यसै कारणले मकवानपुर गढी, सिन्धुली गढी, चिसापानी गढी, सिम्रौनगढजस्ता प्रवेश गर्ने मुख्य–मुख्य नाकामा गढी वा किल्ला बनाइ सीमा निगरानी गर्नुपर्छ । यो रणनीति अवलम्बन गर्न नसकेर होला हाम्रो दक्षिणतर्फको सीमारेखाको ७१ स्थानमा सीमा विवाद, तेरोमेरो, दावा–विरोध, अतिक्रमण परिरहेको पाइन्छ ।

सामरिक रणनीतिका सम्बन्धमा पृथ्वीनारायणको भनाइ थियो– केही गरी दक्षिणी वादशाहको सेना उत्तर बढ्दै आयो भने समथर मैदानी भागमा लडाइँ गर्नुहुँदैन, पहाडी प्रदेशमा ल्याएरमात्र लडाइँ गर्नुपर्छ । चुरे पहाडको घाँटीमा बैरीहरु आइपुगेपछि उनीहरुलाई सखाप पारी काटिदिन सजिलो हुन्छ । यस्तो गर्न सकेमा हामीलाई पाँच–सात पुस्तासम्मलाई पुग्ने खर–खजाना पनि मिल्नेछ र श्रीगङ्गा नदीसम्म हाम्रो देश (नेपाल) को साँध–सिमाना लाग्नेछ । यसै भनाइलाई अंगिकार गरेर नै होला नेपालले दक्षिणी सीमामा पाँच हजारभन्दा बढी सशस्त्र प्रहरी बल तैनाथ गरेको छ ।

'चतुरो बैरी लडाइँमा लड्न सकेन भने लोलोपोतो तथा अनेकौं छलकपट गरेर भए पनि हाम्रो देश नेपालको सिमानाभित्र आउने प्रयास गर्नेछ' भन्ने उनको कूटनीतिक दर्शन थियो । नेपालको भौगोलिक अवस्थितिका सम्बन्धमा उनको सोचाइ थियो– 'यो नेपालको तखत भनेको एउटा प्राकृतिक किल्ला हो । यस किल्लालाई दक्षिणी बादशाहले पायो भने संसारका चारैवटा बादशाहलाई ओरालो लगाइदिनेछ । यथार्थमा यो राज्य ईश्वर (प्रकृति) आफैँले रचना गरेको किल्ला हो । आफ्नो किल्लालाई मजबुत राख्न विदेशका महाजनहरुलाई पर्सा–गढीबाट उत्तरतर्फ आउन बन्देज गर्नुपर्छ ।'

यसैले होला नेपाललाई आप्mनो काबुभित्र राखिराख्न भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले २०७१ साउन १८ गते नेपाल भ्रभण गरेको बेला भनेका थिए– 'हिन्दुस्तानले त्यस्तो कुनै लडाइँ जितेको छैन जसमा नेपालीको रगत नबगेको होस्, कुनै नेपालीले सहादत प्राप्त नगरेको होस् । हाम्रा लागि सीमा अवरोध बोर्डर ब्यारिएर हुन सक्दैन । सीमा पुल बन्नु आवश्यक छ । भारत र नेपालको सीमा यस किसिमको गतिशील होस् कि लेनदेन कायम भइरहोस् ताकि तपाईँको पनि विकास होस्, भारतको पनि । अहिले हामी नेपालको अँध्यारो हटाउने छौं, दशकपछि भारतको अँध्यारो नेपालले हटाउनेछ, यो हाम्रो सम्बन्ध हो ।' पृथ्वीनारायणको उक्तिअनुसार मोदीको भनाइ विश्लेषण गर्दै नेपालले भावी रणनीति तय गर्नु समसामयिक हुनसक्छ ।

पृथ्वीनारायणले भारदार र सैनिकलाई धन कमाउन नदिनू, धनसम्पत्तिमा सिपाही भाइभारदारको मन गयो भने उनीहरु विलासी हुन्छन् भन्ने सन्देश प्रसारण गरेका थिए । यस्तै, सैनिकलाई कसैको मुलहिजापछि लाग्न नदिनु र नूनको सोझो गर्न लगाउनू, सीमा रक्षाका लागि सिपाहीहरुलाई सधैँ तिखारिराख्नुपर्छ, तिखारिएका सिपाहीहरु कसैको स्वार्थमा लाग्दैनन् र आफ्नो देशको रक्षा गर्ने काम पनि फत्ते हुन्छ भनेका थिए । देशको सुरक्षा अंगबारे यो भनाइ जहिल्यै पनि लागू हुनसक्छ तर यस भनाइ अवलम्बन नगरिएको हुनाले अहिले सशस्त्र प्रहरीका बहालवाला आइजिपी नै भ्रष्टाचारयुक्त ठहरिएका छन् ।

नेपालको कूटनीतिअन्तर्गत छिमेकी देशहरुलाई समदूरीमा राख्न सक्नुपर्छ । एउटा देशलाई नेपालको सीमातर्फ लहसिन दिनुहुँदैन, दक्षिणी बढे भने हाम्रो देशको हित हुँदैन, उनीहरुलाई उत्तरतर्फ बढ्न नदिन ठाउँ–ठाउँमा भाँजो तगारो हाल्नुपर्छ भन्ने उनको मार्गदर्शन थियो । यस्तै, आफ्नो देशको सीमावर्ती भूमि जोगाउने सिलसिलामा 'जाइ कटक् नगर्नु, झिकी कटक् गर्नु' अर्थात् शत्रुमाथि जाइ नलाग्नु तर जाइलागेमा शत्रुलाई हान्न नचुक्नू भन्ने रणनीति अख्तियार गरेको बुझिन्छ । यसको मतलब तराईतिर ओर्लिएर लडाइँ नगर्नु तर पहाडतिर डोहो¥याएर गढी–गौडामा पारेर शत्रुलाई सखाप पार्नुपर्छ भन्ने उनको सिद्धान्त थियो ।

दक्षिणी छिमेकीप्रति पृथ्वीनारायणको कूटनीति हाल अवलम्बन गर्न नसकेकाले नेपालले असोज ७ गतेदेखि भारतद्वारा लगाइएको नाकाबन्दी खेप्नु परिरहेको छ । नाकाबन्दीद्वारा भारतले नेपाललाई मुसो खेलाएजस्तै गरिरहेको छ । भारत भन्छ– 'हामीले नाकाबन्दी लगाएका छैनौं । नेपालकै मधेसी असन्तुष्ट पक्षले सीमामा अवरोध पु¥याइरहेका छन् । त्यो अवरोध खोल्नोस्, सीमा–नाका खुला हुन्छ ।' तर नेपाली मधेसवादी नेताहरुलाई दम दिइरहेकै हुन्छ । वीरगन्ज–रक्सौल नाकाबाहेक अन्य नाका विराटनगर, भैरहवा, नेपालगन्ज, काकडभिट्टा नाकाबाट मालबाहक सवारी साधन खटाइ–खटाइ बिस्तारै छाड्ने गर्न लागेको छ । केहीअघिसम्म बिरालोले मुसोलाई खेलाएजस्तै विराटनगर रोक्ने अनि भैरहवा नाका अलि सजिलो पार्ने, काकडभिट्टाबाट छाड्ने अनि नेपालगन्ज नाकामा ब्रेक लगाउने गरेको थियो । अहिले आएर वीरगन्जबाहेक अन्य नाका अलि सुगम बनाउँदै आएको छ ।

पृथ्वीनारायणको कालखण्डदेखि हालसम्म नेपालमा धेरै उथलपुथल भए । उदाहरणार्थ, ऐतिहासिक कालमा थापा तथा पाँडेको रजाइँ थियो भने १ सय ४ वर्षसम्म राणाको चकचकी चलेको थियो । समयचक्रमा संवत् २००७ देखि २०१७ सम्म प्रजातान्त्रिक अवधि र त्यसपछि ३० वर्षे पञ्चायती काल गुज्रियो । समयको बहावसँगै पुनःप्रजातन्त्र प्राप्ति हुनुका साथै लोकतन्त्रको प्रादुर्भाव भयो । यसपश्चात् शाहवंशको अन्त्य भएर नेपालमा गणतन्त्रात्मक व्यवस्था आयो । यतिका समयकाल व्यतीत भइसक्दा पनि पृथ्वीनारायणको उक्ति भनौं वा विचार, सन्देश भनौं वा उपदेश अझै पनि समसामयिक छ । यसबाट उनको धारणा र विचारमा दूरदृष्टि रहेछ भन्ने सावित हुन्छ । उनका यस्ता उक्ति र विचार आजको घडीमा संघीय प्रदेशको सीमांकनका सम्बन्धमा पनि त्यत्तिकै सान्दर्भिक पाइन्छ ।

यी कुराका सन्दर्भमा पृथ्वीनारायणको उक्तिबारे समग्ररूपमा भन्नुपर्दा नेपाल राष्ट्र, नेपालको राष्ट्रियता, सार्वभौमिकता बचाउन, राष्ट्रिय सीमा संरक्षण गर्न र नेपालीलाई नेपाली भएर बाँच्न उनको सन्देशले योगदान पु¥याएको छ । नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा सदा खडा गराई उत्तर र दक्षिण दुवैको दबाबबाट बचाइराख्नुपर्छ भन्ने मनसाय पृथ्वी विचारको कूटनीतिक सार हो भन्नु अत्युक्ति नहोला ।

पृथ्वीनारायणप्रति वर्तमान अध्येताहरुले नकारात्मक अथवा सकारात्मक जे÷जस्ता धारणा, भावना र विचार राखे तापनि उनले स–साना हिमाली राज्यको सीमा एकीकरण गरेको कुरा कठोर सत्य हो, जुन देशमा हामी नेपाली भएर बाँचिरहेका छौं । उनले भुरे–टाकुरे राज्यहरुलाई एउटै सूत्रमा नगाँसेको भए आज हामीमध्ये कोही बंगाली बाबु भइरहेका हुन्थ्यौं भने कोही बिहारी दादा बनिरहेका हुने थियौं । यसैगरी कोहीचाहिँ उत्तर प्रदेशी पठान त कोही उत्तराञ्चलबासी गढवाली र बाँकी सिक्किमी लेप्चामा गाभिन पुगेका हुने थियौं ।

यसै कारणले गर्दा होला, वर्तमान राजनीतिक नेताहरु पनि पृथ्वीनारायण शाहको विचार उल्लेख गर्न विस्तारै सुरु गर्दैछन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुई वर्षअघि पृथ्वीनारायणलाई नेपालको नायक र आफूलाई दोस्रो नायक भनेका थिए । त्यसको केहीअघि प्रचण्डले पृथ्वीनारायणको बारम्बार गुणगान गर्दै उनको स्तुति शंकराचार्यले गरेको शिवको स्तुतिभन्दा पनि भक्तिभावपूर्ण हुनुपर्छ भनेका थिए । यसैगरी बाबुराम भट्टराईले प्रचण्डको प्रशंसा गर्ने क्रममा देशले 'नयाँ नेता' खोजिरहेको उल्लेख गर्दै अहिलेसम्म बुद्ध, पृथ्वीनारायण शाह र केही हदसम्म बिपीमा नेतृत्व क्षमता देखिएको २०६९ माघ २४ मा बताएका थिए ।

एमाले अध्यक्ष केपी ओली (हाल प्रधान मन्त्री) ले २०७१ पुस ९ गते पृथ्वीनारायण शाहलाई महान् राष्ट्र निर्माता र आफूलाई राष्ट्र सम्मान, अखण्डता र एकताको 'सिपाही' बताउँदै सिपाहीका नाताले म राष्ट्र विखण्डन हुन दिन्न भनेका थिए । एमाले उपाध्यक्ष एवं तत्कालीन उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमले सोही वर्ष पुस १२ गते 'पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरणमा पु¥याएको योगदान बिर्सेर इतिहास पूरा नहुने तर्क दिँदै पृथ्वीनारायण शाहको योगदान कसैले बिर्सनुहुँदैन भन्ने अभिव्यक्ति दिएका थिए ।

यिनै अभिव्यक्तिले होला, जनआन्दोलनताका जानी÷नजानी तोडफोड गरिएका पृथ्वीनारायण शाहका सालिकमध्ये गोरखा दरबार क्षेत्रमा सरकारले नै पुनःनिर्माण गरी २०७० माघ २५ गते संस्कृति मन्त्री रामकुमार श्रेष्ठले अनावरण गरेका थिए । यसअघि नुवाकोटको देवघाटमा संस्कृति मन्त्री मिनेन्द्र रिजालले २०६७ पुस २७ मा गरेका थिए ।

यी सबै कुराको परिप्रेक्ष्यमा पृथ्वीनारायण शाहको विचार, उक्ति, उपदेश भनौं अथवा भनाइ, धारणा र दृष्टिकोण नेपाली राष्ट्रवादको जग हो र नेपाल राष्ट्रको आत्मा हो भन्न सकिन्छ । अहिले पनि हामीलाई राष्ट्र र राष्ट्रियतासम्बन्धी केही समस्या आइपरेका समय अथवा अहिले भारतद्वारा लगाइएको अघोषित नाकाबन्दीको प्रसंगमा पनि उनको त्यसबेलाको वैचारिक दृष्टिकोण अवलम्बन बेलैमा गरेको भए समस्या समाधान गर्ने मार्गदर्शन प्राप्त हुनसक्ने थियो होला । यिनै परिप्रेक्षमा पृथ्वीनारायणले भुरे–टाकुरे राज्यहरुको सीमा एकीकरण गरेजस्तै वर्तमान राजनीतिक नेताहरुको छरिएर रहेको विचार एकीकरण भएको भए नेपाली जनताले नाकाबन्दी खेप्नुपर्ने थिएन ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...