Monday 10 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

एमालेमा शीर्ष नेताबाटै नेतृत्वको आलोचना

(0 votes)
काठमाडौं-सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर एमालेभित्र असन्तुष्टि बढेको छ। सरकारको नेतृत्व गरेको एमालेका शीर्ष र प्रभावशाली नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार सञ्चालनमा एकलौटी गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरेका हुन्।


nepali-patro-june
मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार आयोजना गरेको 'संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण' राष्ट्रिय विमर्शमा ती नेताहरूले पार्टीभित्र सामूहिक नेतृत्व हराउँदै गएकाले र सरकार सञ्चालन गर्दा पनि प्रधानमन्त्रीले हचुवाको भरमा बोल्दा र काम गर्दा समस्या परेको बताए ।

उनीहरूले महाधिवेशन भएको लामो समयसम्म पनि पार्टीको नीतिअनुसार संगठन संरचनामा परिवर्तन हुन नसकेको र भएका संरचनाले पनि पूर्णता प्राप्त गर्न नसक्दा धेरै कार्यकर्ता कामबिहीन बनेको बताए ।

पार्टीको नवौं महाधिवेशनले देशको राजनीतिमा दूरगामी प्रभाव राख्ने निर्णय गरे पनि त्यसको कार्यान्वयनमा नेतृत्वले चासो नदिएको भन्दै असन्तुष्टि पोखे ।

यसरी नेतृत्वको आलोचना गर्ने नेताहरूमा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उप महासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य लालबाबु पण्डित, केन्द्रीय सदस्य रामकुमार झाँक्री थिए ।

वरिष्ठ नेता खनालले सामूहिक नेतृत्वमा नचल्ने हो भने पार्टीले गति लिन नसक्ने बताए । 'सामूहक नेतृत्वको सिद्धान्तलाई छाड्ने हो भने पार्टी अघि बढ्न सक्दैन । जतिसुकै मूर्धन्य व्यक्ति भए पनि सामूहिक नेतृत्वमा चल्नु पर्छ', खनालले भने, 'नेतृत्वले गरेका कामले व्यंग गर्ने अवस्था सिर्जना भएको छ ।' खनालले अहिले पार्टी जसरी सञ्चालन भएको छ त्यसले एमाले गुटैगुटको अखडा हुनसक्नेतर्फ पनि सचेत रहन नेतृत्वको ध्यानाकर्षण गराए ।

अर्का बरिष्ठ नेता नेपालले पर्याप्त आधारबिना र अध्ययनै नगरी प्रधानमन्त्री ओलीले बोल्दा हल्का भएको टिप्पणी गरे । 'हावाबाट बिजुली निकाल्न नसकिने होइन, निकाल्न सकिन्छ । नर्वे, स्वीडेनतिर निकालेका पनि छन् तर यहाँ पर्याप्त अध्ययन गरिएको छैन' नेपालले भने, 'अध्ययन नगरिएको विषयमा बोल्नु हुँदैन ।'

एमाले उपमहासचिव भुसालले नीतिले नेता र नेताले नीति नचिन्ने अवस्था पार्टीमा सिर्जना भएको बताए । 'नेताले नीति चिन्दैन र नीतिले नेता चिन्दैन,' भुसालले भने, 'अनि प्रहसनका विषयहरु आउँंछ ।'

केन्द्रका अध्यक्ष समेत रहेको एमाले सचिव भट्टराईले पछिल्लो समयमा पार्टी बहुपदीय सामूहिक नेतृत्वको नभइ अध्यक्षात्मक हो भने तरिकाले व्याख्या गर्न थालिएको भन्दै यस विषयलाई देशव्यापी रुपमा छलफल चलाउनुपर्ने बताए ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...