×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 21 Mangshir, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

माल्दिभ्सलाई जित्नैपर्ने

(0 votes)
माल्दिभ्सलाई जित्नैपर्ने
काठमाडौ - श्रीलंकासँग शनिबार पराजित भएपछि नेपाललाई प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपको फाइनल पुग्न माल्दिभ्सविरुद्ध जित आवश्यक बनेको छ।
nepali-patro-june

अफगानिस्तानलाई हराएर सुखद सुरुआत गरेको नेपाल शनिबार श्रीलंकासँग सोझो सेटमै पराजित भयो। नेपाल र माल्दिभ्सलाई हराएको श्रीलंका फाइनल पुगेको छ। माल्दिभ्सले अफगानिस्तानलाई २५–१२, २६–२४, २२–२५, २५–१९ ले हराएर फाइनल पुग्ने आशा कायम राखेको छ।


दक्षिण एसियामा भारत र पाकिस्तानजस्तै बलियो टोली प्रस्तुत श्रीलंकालाई घरेलु कोर्टमा नेपालले २५–१७, २५–१६, २५–१६ ले खेल सुम्पियो। नेपालले श्रीलंकासँग शनिबार ९ वर्षपछि खेलेको हो। सन् २००४ मा पाकिस्तानमा खेलेयता श्रीलंकासँग खेलेको छैन। श्रीलंकाली टोलीसँग आयोजक सबै खेलाडीका लागि पहिलो अनुभव थियो।


अनुभवको कमीका कारण नेपालले पहिलो सेट सहजै गुमायो। दोस्रो सेटमा भने टोलीले घरेलु समर्थकलाई केहीबेर उत्साही बनाउने प्रयास गर्‍यो। सुरुआतमा ५ अंकको अग्रताले राखेप कभर्ड हलमा खुसी छायो। त्यति बेला नेपाल १०–५ ले अगाडि थियो। क्विक स्पाइकर सञ्जय अर्याल र कुलबहादुर थापाले लगातार १–१ अंक लिएपछि नेपालले १२–६ ले अग्रता लियो। ६ अंकको अग्रता  बनाउन नेपालले खेलमा फर्कने संकेत दिएको थियो। त्यो सुखद सुरुआत क्षणभरमै निराशामा परिणत भयो। नेपालले लगातार अंक गुमायो। कुलबहादुर, सेटर इम रानामगर, साइड स्पाइकर सुनील श्रेष्ठ र सन्जयले अंक लिन नसक्दा श्रीलंकाली हाबी हुन पुग्यो। नेपाली खेलाडीलाई विपक्षाी कप्तान ससिर दासानायकेको सर्भिस रिसिभ गर्नसमेत अप्ठेरो भइरहेको थियो।


नेपाली टोलीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले श्रीलंकासँग प्रतिस्पर्धा नेपाली खेलाडीलाई अनुभव बटुल्ने अवसर भएको बताए। उनले भने, ‘अनुभव, जम्प र फिटनेसमा हामी श्रीलंकाभन्दा पछाडि छौं। श्रींलकाविरुद्ध हामीले क्षमताअनुसार खेलेका छौं। यसमा निराश छैनौं। समग्र प्रदर्शनबाट सन्तुष्ट छौं।’


प्रशिक्षक श्रेष्ठले थपे, 'श्रीलंकासँग हाम्रा सबै खेलाडीले पहिलोचोटि खेलेका हुन्, त्यसले गर्दा पनि एकैनासको प्रदर्शन भएन।' कप्तान कैलाशदत्त भट्टले पनि अनुभवको कमीले हार्नुपरेको बताए।
उनले श्रीलंकासँगको कमजोरीलाई माल्दिभ्सविरुद्ध सुधार्दै फाइनल खेल्ने विश्वास दिलाए। स्पाइक पनि बिग्रिँदै गएपछि प्रशिक्षक श्रेष्ठले कप्तान कैलाशको स्थानमा मिलन मल्ललाई कोर्टमा पठाए। ओपन स्पाइकर मिलनको डेब्यु थियो। तेस्रो सेटमा कप्तान कैलाश बेन्चमा रहे।


श्रीलंकाली प्रशिक्षक एमएसके विन्डाकोनले विगत तुलनामा नेपाली टोली राम्रो भएको बताए। ‘हामीले दक्षिण एसियाका भारत र पाकिस्तानलाई जित्ने प्रयास गरिरहेका छौं। नेपाल र माल्दिभ्सले हामीलाई जित्ने प्रयास गरिरहेको अवस्था छ। यो सुखद पक्ष हो।’ नेपाली सेटर इम रानाको प्रशंसासमेत गर्दै उनले भने, ‘सर्भिस रिसिभमा अप्ठेरो पार्ने र ब्लकिङ रहेको कमजोरीको फाइदा हामीले लियौं।’


प्रशिक्षक विन्डाकोनले दक्षिण एसियाली राष्ट्रका लागि यो प्रतियोगिता एकदमै आवश्यक रहेको बताए। उनले नेपालले सुरुआत गरेको धन्यवाद दिँदै दोस्रो संस्करण श्रीलंकामा गर्न प्रयास गरिरहेको बताए। उनले नेपालले खेल्ने शैलीलाई मनपराए। 'नेपालको खेल्ने शैली मंगोलियनजस्तै छ। छिटो खेल्ने गर्छ, उचाइ नभए पनि नेपाली खेलाडी फूर्तिला छन्, यसले उनीहरूको खेल सुन्दर देखिन्छ। तर अनुभवको कमी छ।’

आइतबारका खेल
श्रींलकाविरुद्ध अफगानिस्तान :  ३ बजे
नेपालविरुद्ध माल्दिभ्स :  ५ बजे

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...