Sunday 4 Bhadra, 2074 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

बेकह्यामले भक्तपुरमा फुटबल खेले (फोटो/भिडियो)

(0 votes)
विमानस्थलमा बेकह्याम। तस्विर: दिनेश गाेले विमानस्थलमा बेकह्याम। तस्विर: दिनेश गाेले

काठमाडौं— विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न शुक्रबार नेपाल आएका छन्। बीबीसी डकुमेन्ट्री निर्माणको टोलीसँगै उनी केही बेरअघि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

nepali-patro-june

दुई वर्षअघि व्यवसायिक फुटबलबाट सन्यासका उनी सात दिनमा सात महादेश घुमेर सात खेल खेल्ने क्रममा नेपाल आउन लागेका हुन्। युनिसेफ युकेका सद्‌भावना दूत रहेका उनी युनिसेफलाई सघाउने उद्देश्यले ७ दिनमा ७ महाद्विपमा फुटबल खेल्ने क्रममा नेपाल आइपुगेका हुन्।

विमानस्थलबाट निस्केर होटल द्वारिकाजमा केही समय आराम गरेपछि उनी भक्तपुर सल्लाघारीबाट टेम्पो चढेर पद्य उच्च मावि पुग्ने र बालबालिकासँग साक्षात्कार गर्ने कार्यक्रम रहेको बताइएको छ। टमौदी पुगेर उनी बालबालिकासँग फुटबल खेल्नेछन्।

backham airport

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अभिवादन फर्काउँदै बेकह्याम। तस्विर: दिनेश गोले

पपुवा न्यूगिनीमा स्थानीय बालबालिकासँग फुटबल खेलेर नेपाल आएका हुन् । उनी नेपालबाट अर्जेन्टिना जाने कार्यक्रम छ ।

बेकह्यामले थप अन्टार्कटिका, जिबुटी, मायामी, ब्युनस आयर्समा फुटबल खेल्नेछन्। सात महादेशको भ्रमणबाट वेलायत फर्किएर बेकह्यामले अन्तिम खेल म्याचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोडमा खेल्नेछन। सो क्लबबाट उनले ११ वर्ष व्यवसायिक फुटबल खेलेका थिए।

बीबीसी वान र बीबीसी विश्व सेवाको टोलीले निर्माण गर्ने डकुमेन्ट्री ९० मिनेटको हुनेछ। सन् २००५ देखि युनिसेफ युकेको सद्भावना दूत रहेका उनी मलेरिया नो मोर नाम संस्थाका समेत सद्भावना दूत हुन्।

मैले फुटबलले मान्छेको जीवन रुपान्तरण गर्ने प्रभाव पारेको देखेको छु। यो यात्राले मलाई खेलको सकारात्मक पक्ष प्रदर्शन गर्ने अवसर दिनेछु, बेह्यामले भनेका छन्।

David Beckham -10

भक्तपुरमा बालबालिकासँग फुटवल खेल्दै बेकह्याम

David Beckham -11

2

3

4

22

टेवलटेनिस खेल्दै बेकह्याम ।

 भिडियोः

 

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...