Tuesday 14 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मरेलाई क्यानरुनको शुभकामना फाप्ला?

(0 votes)
लन्डन रोयटर्स – बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले आफूमाथि लागेको 'कर्स अफ क्यामरुन' को बेवास्था गर्दै विम्बल्डन क्वार्टरफाइनलका लागि एन्डी मरेलाई शुभकामना दिएका छन्। बेलायती खेलस्टारलाई क्यामरुनको शुभकामना वा उपस्थिति नफाप्ने आरोप छ। गत वर्ष विम्बल्डनको फाइनलमा क्यामरुनले सक्रिय समर्थन जनाएका बेला मरेले पराजय भोगेका थिए।
nepali-patro-june
यसैगरी लन्डन ओलम्पिकमा देशले पदक आशा गरेका खेल आयोजना स्थलमा उनी पुग्दा अधिकांश नतिजा बेलायती खेलाडीको विपक्षमा आएका थिए, जसलाई जोड्दै क्यामरुन बेलायती खेलकुदका लागि अफाप भएको आरोप लगाइएको थियो। 
बेलायतकी शीर्ष महिला खेलाडी १९ वर्षे लाउरा रोब्सन सोमबार विम्बल्डनको चौथो चरणबाट बाहिरिन्। त्यसअघि क्यामरुनले काजकस्तानबाट रोब्सनलाई शुभकामना दिँदै टि्वट गरेका थिए, 'विम्बल्डनको चौथो चरणमा पुगेकी लाउरा रोब्सनलाई शुभकामना।' 
क्यामरुनको शुभकामना पाएपछि असफलता हात पार्नेमा इङल्यान्डको रग्बी टोली पनि हो। टोलीले दक्षिण अफ्रिकासँग २००७ को विश्वकप फाइनलमा १५–६ को हार बेहोरेको थियो। यसैगरी लेविस ह्यामिल्टनले पनि फर्मुला वान ड्राइभरहरूको च्याम्पियनसिप एक अंकका कारण गुमाउनुपरेको थियो। 
कर्स अफ क्यामरुनको चर्चाले बेलायत ताते पनि प्रधानमन्त्री बुधबार फेरि खेलाडीलाई शुभकामना दिन टि्वटरमा फर्केका छन्। प्रधानमन्त्रीले बेलायती नम्बर एक खेलाडी मरेलाई स्पेनका फर्नान्डो भर्डास्कोविरुद्धको खेलका लागि शुभकामना दिए। 'आकाश अहिले केही खैरो छ। आशा गरांै, एन्डी मरेको जित लागि त्यो खुल्नेछ। एन्डीलाई विम्बल्डन जित्न शुभकामना छ,' क्यामरुनले लेखेका छन्। 
क्यामरुनका एक प्रवक्ताले बेलायती खेलाडीलाई समर्थन गर्ने अभियान रोक्ने प्रधानमन्त्रीको कुनै योजना नरहेको प्रस्ट पारेका छन्। 'पछिल्लो केही वर्षको तथ्यांक हेर्ने हो भने प्रधानमन्त्रीले शुभकामना दिएकाको नतिजामा हारभन्दा जित बढी छ,' ती प्रवक्ताले भने।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...