Tuesday 11 Shrawn, 2073 |
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

istl

फोटो राख्न एक टिबी स्पेस फ्रि

(0 votes)
फोटो राख्न एक टिबी स्पेस फ्रि
काठमाडौँ - एक टेराबाइट (टिबी) क्षमताको स्टोरेज फ्रिमा भनेपछि अचम्म लाग्नु स्वभाविकै हो। चानचुने हैन एक टिबी। एक टिबीमा साढे ६ मेगापिक्सेलका पाँच लाखभन्दा बढी फोटो फूल रेजोल्युसनमा हाल्न सकिन्छ। एकदमै स्पस्ट भिडियो देखिने ब्ल्यु रे डिस्कमा समेत मात्र ५० जीबी डाटा अट्छ । एक टिबीमा २० वटा ब्ल्यु रे डिस्क बराबरको क्षमता हुन्छ । १८० घण्टाको एचडी भिडियो अट्छ यसमा ।


nepali-patro-june
ब्लग प्लेटफर्म टम्बलर एक अर्ब १० करोडमा किनेको याहूले आफूले पहिले नै किनिसकेको फ्लिकरलाई नयाँ ढंगबाट अगाडि बढाउने घोषणा गर्दै यस्तो अफर सार्वजनिक गरेको हो। याहू अब बजारमा आक्रामक रुपमा अघि आएको यसले देखाएको छ। 

न्युयोर्कको टाइम्स स्क्वायर्समा आयोजित कार्यक्रममा याहूले नयाँ सुविधाको घोषणा गरेको हो।

याहूले फ्लिकरको वेबसाइट पनि सोमबारदेखि रिडिजाइन गर्दै सेता ठाउँहरुलाई हटाएर फोटामा बढी ध्यान दिने बनाएको छ। यसमा राखिने फोटोहरु अब ठूलो र फूल रेजोल्युसनमा सेयर हुनेछन्।

फ्लिकरले आफ्नो नयाँ एन्ड्रोइड एप्स पनि सार्वजनिक गरेको छ। आइओएसमा यसको एप्स पहिलेदेखि नै उपलब्ध छ।

प्रतिक्रिया