×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

2 Mangshir, 2074 |
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

istl

विन्डोज ८ ले भिस्टालाई उछिन्यो

(0 votes)
विन्डोज ८ ले भिस्टालाई उछिन्यो

वासिङ्टन डिसी — भर्खरै गरिएको एउटा अनुसन्धानले माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोगकर्तामध्ये विन्डोज सेभेनका प्रयोगकर्ता विश्वमै बढी रहेको देखाएको छ। त्यसैगरी विन्डोज ८ प्रयोगकर्ता भिस्टाका भन्दा बढी पुगेको बताइएको छ। विन्डोज सेभेन चलाउनेहरु ४४.३७ रहेको अध्ययनले औंल्याएको छ। विन्डोज एक्स्पी चलाउनेहरु ३७.१७ प्रतिशत देखाएको छ भने भिस्टा चलाउनेहरु ४.६२ प्रतिशत रहेको जनाएको छ।

nepali-patro-june
माइक्रोसफ्टको पछिल्लो अपरेडिङ सिस्टम विन्डोज ८ ले अहिलेसम्म ५.१ प्रतिशत मात्र बजार पाएको छ। बजार हिस्सा थोरै पाए पनि विन्डोज ८ लाई उपभोक्ताले रुचाएको दाबी अध्ययनको छ। विन्डोज ८ को नयाँ प्रविधिबाट प्रयोगकर्ताहरु अन्यौलमा रहँदा धेरैले यसलाई विन्डोज भिस्टासँग तुलना गर्ने गरेका छन्।

कूल कम्प्युटर अपरेटिङ सिस्टमको बजारमा माइक्रोसफ्टको वर्चश्य भने कायमै देखिएको छ। ९१.८९ प्रतिशत कम्प्युटर प्रयोगकर्ता अझै पनि माइक्रोसफ्टको विन्डोज चलाउँछन्। म्याक ओएसको हिस्सा भने ६.९४ प्रतिशत देखिएको छ। बाँकी १.१७ प्रतिशतले लिनक्स प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ।

प्रतिक्रिया