Thursday 13 Ashwin, 2073 |
Menu

republica-headerdiscount-subscribe1

होसियार ! फेसबुक पासवर्ड चोरको बिगबिगी (भिडियो रिपोर्ट)

  • बुधबार १३ श्रावण, २०७२
  • Read: 4892 times
काठमाडाैं— 'पुजा अर्जेन्ट छ एकपटक मलाई तेरो फेसबुक पासवर्ड दे न,' मिल्ने साथी सुष्माले फेसबुक च्याटमा हतारिँदै पासवर्ड मागिन्। 'अर्जेन्ट भनेपछि मैले पासवर्ड दिएँ,' नागरिकन्युजलाई पुजाले सुनाइन् 'म बर्बाद भएँ, साथी बनेर ह्याकरले पासवर्ड मागेको रहेछ।'

फ्रि टिकट र फ्रि भिसाले कसलाई पोस्यो, कसलाई मास्यो? राज्यमन्त्री गुरुङ र व्यवसायी ढकालसँग तातोबहस

  • शुक्रबार १ श्रावण, २०७२
  • Read: 3406 times
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ पछिल्लो समय सात मुलुकमा लागू गरेको निःशुल्क टिकट र भिसाका कारण विवादित छन्। उनले यो निर्णय गरिब जनता र देशको हितमा गरेको बताइरहेका छन्। तर सम्बन्धित देशहरुसँग श्रम सम्झौता नगरी मन्त्रीस्तरीय रुपमा गरिएको यो निर्णयलाई म्यानपावर व्यवसायीहरुले चर्को विरोध गर्दै अाएका छन्। यही सेरोफेरोमा राज्यमन्त्री गुरुङ र नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष बिमल ढकालसँग कुराकानी गरेर यो पटकको नागरिक सो तयार पारिएको छ।

अदालत र संसदबीच इगोको लडाइँ : संविधानविद् आचार्य

  • बुधबार २३ असार, २०७२
  • Read: 2639 times
काठमाडौं– संविधानविद् अधिवक्ता भीमार्जुन आचार्यले चार दलबीच भएको १६ बुँदे सहमतिविरूद्ध सर्वाेच्च अदालतले गरेको अादेश कार्यान्वयन सम्भव नभएको बताएका छन्। नागरिक शोमा कुराकानी गर्दै उनले भने, 'त्यसको कार्यान्वयन सम्भव छैन। आदेश करेक्सनको पाटोमा जानुपर्छ।' उनले न्यायपालिका र संसदबीच इगोको लडाइँ देखिएको अाैंल्याए।

NagarikShow : यसरी आउँदैछ संविधान : नेम्वाङ

  • शुक्रबार ११ असार, २०७२
  • Read: 3044 times
संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङले छिटै संविधान जारी हुने बताएका छन्। १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिए पनि संविधान निर्माण प्रक्रिया अब पछाडि नफर्किने उनले खुलस्त पारे।

NagarikShow : यसरी आउँदैछ संविधान : नेम्वाङ

  • शुक्रबार ११ असार, २०७२
  • Read: 7264 times
संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङले छिटै संविधान जारी हुने बताएका छन्। १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिए पनि संविधान निर्माण प्रक्रिया अब पछाडि नफर्किने उनले खुलस्त पारे।

यसरी सम्भव भयो १६ बुँदे सहमति

  • मङ्गलबार १ असार, २०७२
  • Read: 7533 times
वनमन्त्री एवं कांग्रेस नेता महेश आचार्य १६ बुँदे सहमति गराउन खट्ने एकजना मुख्य नेता हुन्। त्यसका लागि उनले घन्टौंसम्म प्रधानमन्त्री सुशील कोइरालासँगै काम गरे। विभिन्न दलका नेतासँग वार्तामा बसे। र १६ बुँदे साकार पारे। 'यो राष्ट्रको जित हो', उनले टिप्पणी गरे।

#NagarikShow : ८२ घन्टासम्म पुरिएका खनाल भन्छन्- आफ्नै पिसाब पिएर बाचेँ

  • शुक्रबार २२ जेष्ठ, २०७२
  • Read: 23465 times

वैशाख १२ को भूकम्पमा रोजगारीका लागि दुबइ जान काठमाडौं आएका ऋषि खनाल गोंगबु स्थित गेस्टहाउसमा थिए। पहिलो धक्कामै घर गर्ल्यामगुर्लुम ढल्यो। कंङक्रिडको भित्ताबाट धुलो उड्यो। उनी त्यहीँ च्यापिए। सँगैका दुई जना साथीको मृत्यु भयो। भाग्यबस ऋषि जीवित रहे। 'आफ‍्नै पिसाब पिएर ज्यान जोगाएँ', उनले भने।

पालमुनिबाट देश हाँक्दै

  • शुक्रबार ८ जेष्ठ, २०७२
  • Read: 7683 times
प्रधानमन्त्री कार्यालय तथा सर्वोच्च अदालत कार्यालयलाई भूकम्पले नराम्रो क्षति पुगेको छ।  सिंहदरबारभित्रका मन्त्रालयहरु समेत पालमुनिबाट चलिरहेका छन्। भूकम्पको धक्काले पालमुनि पुगेका यी शक्तिशाली निकायहरु कसरी चलिरहेका छन् ? हेर्नोस् नागरिक शो

EXCLUSIVE VIDEO : चट्टानको चेपुवामा तातोपानी

  • आइतबार २७ बैशाख, २०७२
  • Read: 18770 times
पहाड खस्ने सम्भावनाका कारण यतिबेला नेपाल-चीन सीमा क्षेत्रको लिपिङ बजार सुनसान छ। सीमाको मितेरी पुलमा सुरक्षाकर्मी बस्न सकेका छैनन्। वैशाख १२ को भूकम्पछि सुरु भएको पहाडबाट चट्टान खस्नेक्रम अझै रोकिएको छैन। सुरक्षाकर्मी भन्छन्, 'कसको शव कहाँ छ भन्न सक्ने अवस्था छैन।' सीमा नाकाभन्दा झन्डै डेढ सयमिटर वर भेटिएका प्रहरीको आग्रह थियो, 'कुनै पनि बेला ढुंगा खस्न सक्छ तपाइँहरु धेरैबेर यहाँ नबस्नोस्।'

EXCLUSIVE VIDEO : खाना छैन, पानी छैन, घरभित्र आफन्तका लाश छन्

  • शुक्रबार १८ बैशाख, २०७२
  • Read: 8143 times
शासनको केन्द्र काठमाडौंसँग कुम जोडेर बसेका सिन्धुपाल्चोकबासी भूकम्प गएसँगै काठमाडौंसँग टाढिएको अनुभव गर्दैछन्। शनिबार गएको भूकम्पछि यहाँ बत्ती छैन, खानेपानी छैन, खाना छैन र घरभित्र आफन्तका लाश छन्। उनीहरुको प्रश्न छ- कहाँ छ सरकार?

EXCLUSIVE VIDEO : सिन्धुपाल्चोक आँसुमा डुब्यो

  • बुधबार १६ बैशाख, २०७२
  • Read: 18608 times
सिन्धुपाल्चोक-  यहाँका अधिकांश घर भग्नावशेषमा परिणत भएका छन् । सग्लो रहेका घर पनि चर्किएर बस्न नसकिने अवस्थामा छन्।

'नागरिक शो' - स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी

  • बुधबार १६ बैशाख, २०७२
  • Read: 2716 times
जाजरकोटको महामारी केन्द्रित रहेर स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीसँग गरिएको कुराकानी।

जाजरकोटमा कैयौं मान्छेलाई बचायौं : स्वास्थ्यमन्त्री

  • मङ्गलबार ८ बैशाख, २०७२
  • Read: 5524 times

काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले जाजरकोटलगायतका जिल्लामा फैलिएको सिजनल फ्लु तथा स्वाइन फ्लुबाट बिरामीको मृत्यु रोकिएको बताएका छन्। 'महामारी प्रभावित क्षेत्रमा डाक्टरको सम्पर्कमा आएका बिरामीको मृत्यु रोकिएको छ', नागरिकन्युजको नागरिक शोका लागि अन्तरवार्ता दिँदै मन्त्री अधिकारीले भने।

Subscribe to this RSS feed