Sunday 16 Shrawn, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

वीरगन्ज सुक्खा बन्दरगाहको शुल्क मिनाहा

(0 votes)
वीरगन्ज सुक्खा बन्दरगाहको शुल्क मिनाहा
वीरगन्ज–रेलमार्ग भएर भारतको कोलकातास्थित समुद्र मार्गबाट जोडिएको देशको एकमात्र नाका वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आयातिक मालसामानको गोदाम र कण्टेनरको पार्किङ शुल्क मिनाहा भएको छ।
nepali-patro-june

मधेस आन्दोलनको असहज अवस्थाका कारण आयातकर्ताले समयमा ढुवानी गर्न नसकेको भन्दै बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सले आयातकर्तालाई बन्दका दौरानको ४० दिनको शुल्क मिनाहा गरेको हो। कम्पनीले गत असोज ३ गतेदेखि कात्तिक १२ गतेसम्मको गोदाम र कण्टेनरको पार्किङ शुल्क छुट दिइएको जानकारी दिएको छ । 'आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिका कारण ढुवानी हुन नसकेकाले त्यो अवधिको शुल्क मिनाहा गएिको हो,' हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले भने।

३ महिना लामो बन्द हड्तालबाट भारी नोक्सानी बेहोरिरहेका आयातकर्ता ब्यपारीहरुले टर्मिनलले शुल्क मिनाहाको सूचना पठाएपछि थोरै भए पनि राहत महसुस गरेको बताएका छन्। 'यो रकम करोडौंमा हुन्छ, यकिन तथ्यांक आउन बाकी छ,' आयातकर्तासमेत रहेका वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले भने, 'यसले थोरै भए पनि राहत दिएको छ।'

संघीयताको सीमांकनलगायतमा असन्टुष्टि जनाउँदै नयाँ संविधान घोषणाको विरोध गर्दै मधेशमा आन्दोलन चर्किदा वीरगन्ज क्षेत्र सबभन्दा बढी प्रभावित भएर कुल नाकासँगै बन्दरगाहबाट पनि ढुवानी सहज हुन सकेको छैन्। कात्तिक १९ गतेदेखि सुरक्षा प्रबन्ध मिलाएर ढुवानी हुँदा सुक्खा बन्दरगाहबाट निकासी सुरु भए पनि सुक्खा बन्दरगाहमा अझै १ लाख २० हजार टन माल सामान थन्किएकै छ। यो भनेको १० टन अटाउने ६ चक्के ट्रकमा १२ हजार ट्रक मालसमान बराबर हो। कातिक १९ यता करिब २ हजार ट्रक मालसामान भने सुक्खा बन्दरगाहबाट सूरक्षा घेरामा निकासी भएको छ।

टर्मिनलले बन्दरगाहको गोदाम, खुला स्थानमा राखिएको मालसामान र कण्टेनरको पार्किङमा बेग्लाबेग्लै दरमा शुल्क लाग्ने गरेको छ। गोदाममा सुरुको ४ देखि १० दिनसम्म प्रतिकिलो प्रतिदिन ७ पैसा लाग्छ । ११ देखि ३० दिनसम्म प्रतिकिलो ९ पैसा र त्योभन्दा बढी समय भए १४ पैसाका दरले शुल्क लिने गरेको छ । सुरुको ३ दिन शुल्क लाग्दैन।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...