×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 24 Mangshir, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

खाद्यान्न र किराना पसल रित्तिँदै

  • बुधबार २ मंसिर, २०७२
  • टेकेन्द्र बस्याल
  • Be the first to comment!
(0 votes)
कोहलपुर-नाकाबन्दीले बजारमा दैनिक उपभोग्य सामग्री सकिन थालेका छन् । इन्धन अभाव र उत्पादित वस्तुको कच्चा पदार्थ लामो समयदेखि भारतीय नाकामा रोकिँदा दैनिक पसलमा उपभोग्य सामग्री पाइन छाडेको हो ।
nepali-patro-june
तेल, चामल, दाल, चिनी, पिठो, मैदादेखि चाउचाउ, दालमोट, बिस्कुट, चक्लेट, साबुन, सोडा, नुनसमेत सकिन थालेको व्यापारी बताउँछन् । कच्चा पदार्थ अभावमा कम्पनीले खाद्य तथा किराना सामग्री उत्पादन बन्द गरेका छन् । डिलरमा सामान नभएपछि किराना तथा फुटकर व्यापारीले मागेअनुसार पाउन सकेका छैनन् ।

उद्योगमा स्टक रहेको सामान पनि इन्धन अभावले ढुवानी हुन सकेको छैन । बागेश्वरी किराना पसल, कोहलपुरका चेतप्रसाद पाण्डेले लामो नाकाबन्दीले पसल रित्तिने अवस्था निम्तिएको बताए । 'दैनिक खाद्यान्न र उपभोग्य सामग्री तिहारदेखि बजारमा आउन छोडेको छ,' उनले भने, 'अझै हप्ता दिन नाकाबन्दी लम्बिए पसल बन्द गनुपर्छ ।'

दैनिक उपभोग्य सामग्रीको मूल्य बढे पनि किराना तथा खाद्य व्यापारीले उपभोक्ताको मागअनुसार उपलब्ध गराउन सकेका छैनन् । खाने तेल, चामल, दाल, नुन, चिनीको अभाव धेरै देखिएको छ । त्यसबाहेक दैनिक प्रयोग हुने साबुन, सोडा, मसलादेखि चाउचाउ, दालमोेट, बिस्कुट, चक्लेट, मदिरा, चुरोटसम्म अभाव देखिएको छ । नेपालगन्ज, राँझास्थित सानु किराना पसलका सञ्चालक सानु बर्माले अधिकांश सामान सकिएको बताउँदै चार दिनसम्म समस्या यस्तै रहे पसल बन्द गर्नुपर्ने बताए । 'चार जना स्टाफ छन्, तलब, सुविधा उपलब्ध गराउन सकिएको छैन,' उनले भने, 'बैंक किस्ता जम्मा गर्न सकेका छैनौं, उपभोक्तालाई मागेको सामान दिन सकेका छैनौं ।' डिलरबाटै सामान नभएको भन्दै पसलमा तिहारदेखि उपलब्ध नगराएको उनले बताए ।

'किराना तथा खाद्यान्न व्यापारी सटर बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्, मागेजति सामान डिलरले दिएको छैन्, भएको सामान सकियो,' नेपालगन्ज सेतु बिक चौकस्थित साना किराना पसलका फिरोज अन्सारीले भने । किराना पसलमा पाउनेजति नेपालमै उत्पादन भएका खाद्य तथा किराना सामान सकिँदै गएको उनले बताए । दैनिक उपभोग्य सामान लिने आउने उपभोक्तालाई खाली हात फर्काउनुपरेको उनको गुनासो छ । दैनिक सामान अभावले अधिकांश पसलको व्यापार घटेको छ । धेरैको गुनासो छ– कर्मचारी र बैंक किस्ता तिर्न सकिएन ।

नेपालगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वीरगन्ज, भैरहवा, विराटनगर, काठमाडांैबाट बजारमा आउने उत्पादित खाद्य तथा किराना सामान ढुवानी हुन नसकेको बताए । 'यी नाकाबाट आउने कच्चा पदार्थ कलकत्ता बन्दरगाहा र भारतीय नाकामा रोकिएका छन्, उद्योगले कसरी सामग्री उत्पादन गर्न सक्छन्,' उनले भने । देशै संकटमा परेका बेला दैनिक उपभोग्य सामग्री रित्तिँदै गएको बताउँदै अध्यक्ष श्रेष्ठले सरकारले समयमा विकल्प सोच्नुपर्ने बताए ।

नेपालगन्ज किराना व्यवसायी संघ अध्यक्ष अब्दुलवाहित मन्सुरीले सरकारले बजार अनुगमन नगर्ने, उपभोक्ताले धेरै दैनिक सामग्री स्टक गर्ने तर डिलरबाट बजारमा ढुवानी नगर्ने हो भने संकट आइपर्ने बताए । उनले सरकारले तराईमा जारी बन्द र लामो नाकाबन्दीले बजारमा देखिएको दैनिक उपभोग्य वस्तुको अभाव र संकट रोक्न पहल गर्नुपर्ने माग गरे । बजारमा किराना र खाद्य सामग्री रित्तिँदै जाँदा बजारमा मनपरी मूल्य बढाएर कालोबजारी सुरु भएको छ । दसैँपछि र तिहार अगाडिदेखि बजारमा किराना तथा खाद्यान्न पसलेबाट अप्रत्याशित खाद्यान्न सामग्रीको मूल्य बढेको छ ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...