Friday 10 Bhadra, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

पेट्रो पोलिटिकल डिस्कोर्स

  • मङ्गलबार २९ मंसिर, २०७२
  • विष्णुकुमार खड्का
  • Be the first to comment!
(0 votes)
नेपालको राजनीतिक इतिहास र कूटनीतिक रणनीति सदियौंदेखि दक्षिण र उत्तरका दुई ठूला मुलुक भारत र चीनसँगको सहसम्बन्ध र सहअस्तित्वमा अगाडि बढिरहेको छ। यो सम्बन्ध आधुनिक नेपालको सीमांकन हुनुपूर्वदेखिको नै हो।
nepali-patro-june
अहिलेको नेपालको मधेश केन्› जनकपुरका राजा जनककी छोरी सीताको विवाह हालको भारतको अयोध्याका राजा दशरथका छोरा रामसँग भएकाले नेपालको भारतसँगको राजनीतिक कूटनीतिक एवम् पारिवारिक सहसम्बन्ध देखिन्छ। त्यसैगरी लिच्छवीकालीन राजकुमारी भृकुटीको विवाह चिनियाँ राजकुमार स्रङचङ गम्पोसँग भएकाले चीनसँगको सहसम्बन्ध पनि पारिवारिक आत्मीयताको तहसम्म विकास भएको ऐतिहासिक प्रमाणहरु छन्। नेपाल एकीरकरणको समयमा पनि विशाल नेपालको अभियान दक्षिण भारत र उत्तर चीनका भूभागसम्म पुगेको थियो। एकीकरणपूर्वको खण्डित नेपालको अस्तित्व रक्षामा आधारित राष्ट्रवाद थियो भने एकीकरणताकाको समयमा स्वाभिमानी र आत्मगौरव गर्ने आत्मनिर्भर राष्ट्रवाद उदय भएको थियो।

भारतको तुलनामा नेपालको राजनीतिकलगायत समग्र जनजीवन र सहसम्बन्ध चीनसँग अलि कम निकट नै छ। चाहे त्यो राजनीतिक स्तरमा होस् या चाहे त्यो सांस्कृतिक, भाषिक, व्यापारिक र व्यावहारिक जीवनशैली नै किन नहोस् नेपाली जनजीवन चीनभन्दा भारतमैत्री नै देखिन्छ र हो। नेपाल र भारतको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, र पर्यावरणीय पारस्परिक निर्भरता एकअर्काका लागि अवश्य परिपुरक छन्। प्राविधिकरूपमा सानो या ठूलो हुनु, धनी या गरिब हुनु, बलियो या कमजोर हुनु जो जसका निम्ति पनि धरातलीय यथार्थ हो जो रातारात परिवर्तनीय प्रायः हँुदैन। यद्यपि बलियोले निर्बलियोलाई हेप्नु बलियोका निम्ति शान र कमजोरका निम्ति आत्मग्लानिको अनुभूति हुनु स्वाभाविक हुन्छ तर न्यायसंगत भने अवश्य हुँदैन। छिमेकी हुनुको नाताले अर्को छिमेकीको हित र कल्याणका लागि उचित रायसल्लाह दिनु नीतिसंगत नै हुन्छ तर आफ्नो राय र सल्लाहबमोजिम नै हिँड्न बाध्यकारी बनाउनु असल नियतसंगत भने नहुन सक्छ।

नेपालको भूगोलभित्र कति संघ कुन केमेस्ट्रीका आधारमा कसरी बनाउने भन्ने सवाल केवल नेपालको भूगोलभित्रका जनताका जनप्रतिनिधिहरुको अधिकार र दायित्वको सवाल हो। नेपालको संविधान प्रगतिशील र समावेशी भयो या भएन त्यो नेपाली समुदाय र नेपालका राजनीतिक दलहरुको चासो र चिन्ताको सवाल हो। यसमा भारतीय राजदूत र नेपालका भारतीय भूमिमा बुद्धत्व प्राप्त गरेका केही पठित विद्वान्हरूको अधिक चासो र स्पष्टोक्ति झन् रहस्यमय छ। र, नेपाली स्वाभिमान र राष्ट्रियतामाथिको गम्भीर चलखेलका रूपमा प्रष्टिन थालेको छ। मुलुक संविधान निर्माणको प्रसव पीडामा छटपटिइरहेका बेला आएको महाभूकम्पको चपेटामा परेको बेला राज्यको पुनर्संरचनासँगै पुनर्निर्माणसमेत गर्नुपर्ने परिवेशमा असल छिमेकीको नाताले घाउमा मलमपट्टी लगाउनुको सट्टा अघोषितरूपमा नाकाबन्दी लगाउनुले पीडा थपिएको छ।

नेपालको समथर भूमि तराई मधेशमा बसोबास गर्ने नेपालीलाई अधिकार सम्पन्न गर्ने सवाल सर्वाधिक महत्वको विषय अवश्य हो तर अखण्ड नेपालको भूगोलभित्र संघ बनाउँदा हिमाल, पहाड र तराईको संयोजन बनाउनु नै सबैभन्दा वैज्ञानिक र आन्तरिक राष्ट्रियताको कसीमा बलियो पनि हुन्छ। तराई मधेशको तुलनामा खाद्यान्न सङ्कट र रोगव्याधिले आक्रान्त कर्णाली, विकासका पूर्वाधारका रूपमा रहेका सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य सेवा, सञ्चार आदि जस्ता न्यूनतम पूर्वाधारको पहुँच हुन नसकेका हिमाल र पहाडका भूगोलमा बसोबास गर्ने नेपालीभन्दा तराई मधेशमा बसोबास गर्ने नेपालीको जनजीवन अवश्य सुखद् छ। उत्पीडन र अन्यायको राग ओकलेर पहाड र हिमालसंग नेपालको तराई मधेशलाई अलग संघमा पुनर्संरचना गर्नु आत्मघाती कदम हो। राज्यको पुनर्संरचानामा रहेको छैटौँ प्रदेशमा तराई मधेशको भूभाग समेटिनुपर्छ भने पहाड हिमालका मात्र या तराई तराईका मात्र प्रदेश निर्माण गर्नु सामर्थ्य र सामरिक हिसावले अवैज्ञानिक र असमावेशी हुन्छ। तराई मधेशकेन्द्रीत दलहरूले पनि केवल मधेसी मात्र नभएर सम्पूर्ण आमनेपाली भएर नेता स्थापित हुन आवश्यक छ।

पेट्रोलियम पदार्थमा रहेको भारतीय एकाधिकारका कारण आज नेपाली चुलो र सडक ठप्प छ। भारतको पेट्रो पोलिटिकल अस्त्रको वैकल्पिक उपाय खोजी गर्दै आफ्नो भूमिको आन्दोलनलाई मधेशको मुद्दामा बुद्धिमतापूर्वक समाधान खोज्न अनिवार्य छ। भारतको नाकाबन्दीको नकाव विश्व समुदायबीच नांगिदैछ तर नेपालले आत्मनिर्भर हुन सक्ने क्षेत्रमा समयमै सोच्न पनि जरुरी छ। विनाकारण भारतले गरेको नाकाबन्दीको नकावभित्रको सक्कली अभीष्टको लालच उसकै निम्ति प्रत्युत्पादक हुने देखिन्छ। चीनसँगको मित्रता भारतको विकल्पभन्दा पनि दुवैतिरको सम्बन्धलाई सन्तुलितरूपमा अगाडि बढाउनु नै अहिलेको परिवेशमा बुद्धिमत्तापूर्ण हुन्छ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...