10 Ashad, 2074 |
Menu

विश्व

istl

धुर्मुस–सुन्तलीले ७५ माझी परिवारलाई न्यानो बाँडे

(0 votes)
दोलखा– सरसफाइ अभियानमा जुटेका नेपाल सरकारका सरफाइ सद्भावना दूत तथा हास्यकलाकार सीताराम कट्टेल 'धर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली'ले दोलखाको भीरकोट गाविसस्थित माझी गाउँमा सिरक बाँडेका छन्।
dhurumus4.jpg

सरसफाइ अभियानका साथ दोलखा पुगेका उनीहरुले हालै गएको भूकम्पबाट पीडित भएका सो बस्तीका ७५ घर परिवारलाई सिरक बाँडेका हुन्। पहिलेदेखि आर्थिक अवस्था कमजोर रहेको र त्यसमाथि भूकम्पबाट क्षति व्यहोरेका उनीहरुलाई चीसोबाट जोगाउन प्रति घरपरिवार एक–एक थान सिरक बाँडेका छन्।
dhurumus-3.gif
धर्मुस–सुन्तली फाउन्डेशनमार्फत डेढ लाख रुपैयाँ बराबरको सिरक बाँडेको कलाकार कट्टेलले बताएका छन्। धनले नभइ मनले सामाजिक कार्य गरेको उनकाे प्रतिक्रिया छ। सरकारले दिने भनेको १० हजार रूपैयाँसमेत नपाएका माझीबस्तीका स्थानीयको अवस्था निकै दयनीय रहेको उनकाे भनार्इ छ।