Friday 24 Mangshir, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

'नोभेम्बर रेन'लाई आठ अवार्ड

(0 votes)
'नोभेम्बर रेन'लाई आठ अवार्ड
काठमाडौं– काठमाडौंमा मंगलबार सम्पन्न डि–सिने अवार्डको सातौं संस्करणमा फिल्म 'नोभेम्बर रेन'ले सर्वाधिक विधामा अवार्ड हात पारेको छ । अवार्ड समारोहमा 'नोभेम्बर रेन'ले २८ मध्ये ८ विधामा अवार्ड जित्यो । छायाँछवि क्रिएसनद्वारा आयोजित कार्यक्रममा 'नोभेम्बर रेन' सर्वोत्कृष्ट फिल्म घोषित भयो ।


nepali-patro-june
फिल्मका निर्देशक दिनेश रावत, अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, सहअभिनेत्री छुल्ठिम डोल्मा गुरुङ, छायाँकार राजेश श्रेष्ठ, संवाद लेखक सामीप्यराज तिमल्सेना र गायक युवराज चौलागाईंले आ–आफ्ना विधामा अवार्ड थापे ।

महत्वपूर्ण विधा मानिने उत्कृष्ट पटकथाको अवार्ड फिल्म 'कबड्डी'बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पाए । क्रिटिक्स अवार्डतर्फ 'कबड्डी'का अभिनेता दयाहाङ राई अब्बल रहे भने यही फिल्मले निर्देशक गुरुङलाई निर्देशनमा जुरी अवार्ड दिलायो । फिल्मका लागि उत्तम न्यौपानले ध्वनि मिश्रण विधामा अवार्ड जिते ।

क्रिटिक्स अवार्डतर्पm 'सुन्तली'की प्रियंका कार्की उत्कृष्ट अभिनेत्री भइन् । २०७१ भित्र रिलिज फिल्ममध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको हो । रेड कार्पेटसहित आयोजना गरिएको अवार्डमा 'वल्र्डकप इन नेपाल'को कथालाई उत्कृष्ट घोषित गरी कथाकार रामशरण पाठकलाई अवार्ड दिइयो भने सम्पादनतर्पm सोही फिल्मका राजु भण्डारी विजयी भए ।

गीतसंगीत र नृत्यले मनोरञ्जक बनेको समारोहमा गजित विष्टको परिवारका अधिकांशले अवार्ड पाए । गजितले फिल्म 'पुनर्जन्म'बाट सहअभिनेता, गजितका भाइ गम्भीर विष्टले 'लभ यु बाबा'बाट नृत्यनिर्देशन र सोही फिल्मबाट बालकलाकारमा गजितकी छोरी संगमले अवार्ड पाए । गजितका छोरा तथा 'लभ यु बाबा'का ८ वर्षे निर्देशक सौगात विष्टलाई गिनिज बुकमा नाम लेखाएबापत आयोजकले विशेष सम्मान प्रदान गरे ।

करिब तीन घन्टा लामो अवार्डमा चरित्र अभिनेतातर्पm 'सुनपानी'का सविन बास्तोला, चरित्र अभिनेत्रीतर्पm 'सुन्तली'की सूर्यमाला खनाल उत्कृष्ट ठहरिए । त्यस्तै 'हँसिया'का अनुपविक्रम शाहीले खलअभिनेता, 'नाइँ नभन्नू ल ३'का मुस्कान ढकालले नवनिर्देशक, 'अभैm पनि'का सुदर्शन थापाले नवअभिनेता र 'लज्जा'की शिल्पा पोखरेलले नवअभिनेत्रीको अवार्ड पोल्टामा पारे । 'मैले हरेस खान थालेकी थिएँ । तर यो अवार्डले मलाइ बचायो,' शिल्पाले आँसु खसाल्दै भनिन् ।

अर्जुन पोखरेलले फिल्म 'स्टुपिड मन'का लागि, सहिमा श्रेष्ठले 'हवल्दार सुन्तली' र कृष्णहरि बरालले 'कोहिनूर'बाट क्रमशः उत्कृष्ट संगीत, गीत तथा गायिकाको अवार्ड प्राप्त गरे ।

'हवल्दार सुन्तली'का द्वन्द्व निर्देशक चन्द्र पन्त उत्कृष्ट भए । त्यस्तै 'भीमदत्त' फिल्मका अच्युत गजुरेललाई एनिमेसन ग्राफिक्समा अवार्ड प्रदान गरियो । शृंगारको अवार्ड फिल्म 'टलकजंग भर्सेस टुल्के'बाट अमृत मरहठ्ठाले जिते । पाश्र्व संगीतको अवार्ड 'सेतो बाघ'का एलिस कार्कीले पाए ।

समारोहमा 'भीमदत्त'लाई क्रिटिक्स उत्कृष्ट फिल्म, 'कोहिनूर'लाई दर्शक छनोट अवार्ड, 'सुनपानी'लाई विशेष फिल्म अवार्ड र 'हवल्दार सुन्तली'का अभिनेता सविन श्रेष्ठलाई प्रोत्साहन अवार्ड प्रदान गरियो ।

पहिले नै घोषित छायाँछवि फिल्मकर्मी रजत सम्मान फिल्म निर्माता तथा वितरक गोपाल कायस्थ र अभिनेत्री गौरी मल्ललाई तथा फिल्म पत्रकारिता पुरस्कार डब्बु क्षेत्रीलाई हस्तान्तरण गरियो । कार्यक्रममा माला लिम्बु, प्रमिला खनाल, आशिष्मा नकर्मी, गजित विष्ट, संगम विष्ट, दीपाश्री निरौला र रिश्ता बस्नेतले नृत्य, दीपकराज गिरी र जितु नेपालले हास्यव्यंग्य, चेतन सापकोटा र राजसागरले गीत प्रस्तुत गरे ।

मोहन निरौला, विजयरत्न तुलाधर, शबनम मुखिया र सन्तोष मुखिया निर्णायक रहेको अवार्ड सकेसम्म निष्पक्ष बनाइएको आयोजक अध्यक्ष शान्तिप्रियले बताए ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...