15 Shrawn, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

'माननीय ज्यू ! यस्तो घरमा दिन रात काट्ने कल्पना गर्नुहुुन्छ?'

(0 votes)
ताप्लेजुङ– 'माननीय ज्यू ! के तपार्इं यस्तो घरमा दिन रात काट्ने कल्पना गर्नुुहुुन्छ?' प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापासहित दर्जन बढी सरकारी कार्यालयका प्रमुुखसँग पहिरो प्रभावित क्षेत्र लिवाङ गाविस पुुगेका ताप्लेजुुङ क्षेत्र नं २ का सांसद डम्बरध्वोज तुम्बाहाम्फेलाई पीडित दिनेश कार्कीले प्रतिप्रश्न गरे।
nepali-patro-june

उनको प्रश्न नसकिँदै नजिकै बसेका ५६ वर्षीय डिल्ली लिम्बूले थपे, 'घर मात्र बगाएन, अरुसबै लग्यो, त्यहाँ बस्न सकिन्न, अव त्यसलाई के भन्ने?' गएको जेठ २७ गतेको पहिरोबाट प्रभावित समुदायसँग अन्तरक्रिया गर्न सांसद तुम्बाहाम्फे नेतृत्वको टोलीसँग लिवाङका पहिरो पीडितहरुले यस्ता दर्जनौं प्रश्न उठाए । पीडित समुदायसँग छलफल गर्न पुुगेको टोलीलाई पीडितले एक पछि अर्को प्रश्न उठाँई रहदा सुनुवाई गर्ने निकायका प्रतिनिधि एकआपसमा छलफल गरिरहेका देखिन्थे।

'घर बगाएका वा आफन्त गुमाएका परिवारलाई मात्र राज्यले राहात दिन सक्ने प्रावधान छ,' प्रजिअ थापाले सालिन भाषामा जवाफ दिए। पीडितले उनको भनाइ के मान्थे,फेरि प्रश्नको ओइरियोे। अन्तिममा बोल्न पाएका सांसद तुम्बाहाम्फेले अवस्था माथिल्लो निकायमा जानकारी गराएर समस्या समाधानका बिकल्प खोज्न तल्लिन रहने प्रतिक्रिया दिएर टोली त्यहाँबाट सदरमुकाम फुुङलिङ फिर्ता भयो।

पूरै घर बगाउने वा घरका सदस्यको मृत्यु भएको खण्डमा राहात दिने सरकारी प्रावधानका कारण पश्चिमी ताप्लेजुुङका एकसय ५३ घर परिवारका सदस्यलाई राहात नपाएको पीडाले सताएको छ। लिवाङ–१ की अम्बिका रसाइलीको घरको दाँयाँबाँया दुवै भागमा पहिरो छ। घरको बाँया भागमा रहेको उनको आरान(फलाम कुुटेर सामाग्री बनाइने ठाँउ) पहिरोले बगायो । पहिरो निरीक्षण गर्नेले उनको घर सध्ये रहेको प्रतिबेदन दिए । पहिरोले घरको नजिकै रहेको आरान बगाएर लगेको मसिना ढुुङगा घरमा छिरेको पीडा भोग्दै पहिरो आएको दिन घर छाडेकी उनी अहिले पनि त्यहाँ बस्दिनन् ।'त्यहाँ बस्न सकिदैन,जग्गा जमिन सबै बगायो, गरिखाने आरान पनि बाँकी छैन,' उनले दुखेसो पोखिन्, 'तर सरकारी प्रावधानले हामी पीडित हुन सकेनौं।'

उनले जग्गा जमिन सबै बगाएको र पहिरोकोबीचमा रहेको घरमा बस्न नसकेर भागेकालाई पनि राहातको व्यवस्था गरिदिन माग गरिन्। यस्तो माग गर्ने अम्बिका एक्ली सदस्य होइनन् । पहिरो पीडित संघर्ष समितिका सचिव मुकुुन्द भट्टराईका अनुसार जेठ २७ गते आएको पहिरोबाट प्रभावित पश्चिमी क्षेत्रका ६ गाविसका एकसय ५३ परिवार यस्तो राहात पाउन बाट बञ्चित भएका छन् ।'घरमा बस्न सकिदैन, भएर भरको सम्पति बगायो, यस्ता परिवारले राहात नपाए झन् ठूलो पीडा थपिने छ,' भट्टराईले भने । उनले पहिरोको बीचमा घर भएका र बस्न नसकेर बिस्थापति भएका परिवारलाई पनि घर बगाएका सरह राहातको व्यवस्था नगर्ने हो भने पीडितहरु अझ बढी पीडामा पर्ने तर्फ सचेत रहन आग्रह गरेका छन्।

पहिरो पीडित संघर्ष समितिका सह–सचिव पहलमान पुरीका अनुसार यसअघि पटक पटक पहिरो पीडित समुदायले यसको सुनुुवाइका लागि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयको ध्यानाकृष्ट गराएका थिए। तर यसको सुनुुवाई नभए पछि पीडित समुुदायले पीडितहरुको सञ्जाल नै गठन गरी आफ्ना समस्या संवन्धित निकायमा पुर्याउन संगठन नै बनाएका छन्। 'हाम्रा मागको सुनुवाइका लागि पीडितहरु एकबद्ध भएर अघि बढ्ने अठोटका साथ समिति बनाएका हौं,' संघर्ष समितिका संयोजक शंकर लिम्बूले भने।

उनले पीडितलाई हेर्ने दृष्टिकोणमा दशकौं अघि राज्यले बनाएको प्रावधान परिमार्जन गरी पीडितलाई राहातमुुखी कार्यक्रम दिने व्यवस्थाका लागि सदन समेत गुहारेको बताए। उनका अनुसार पहिरो पीडित परिवारको उचित राहात र दीर्घकालीन पूर्नवासका लागि सांसद तुम्बाहाम्फे मार्फत व्यवस्थापिका संसद, अर्थ मन्त्रालय र गृह मन्त्रालयमा तथा प्रमुख जिल्ला अधिकारी थापा मार्फत केन्द्र र जिल्ला बिपद् व्यवस्थापन समितिमा माग पत्र पेश गरिएको छ।

माग पत्रमा बैज्ञानिक ढंगले पहिरो प्रभावित क्षेत्रको पूर्ननिरिक्षण गर्न, जग्गा जमिन बगाएका र पहिरोको बीचमा घर भएका परिवारलाई घर बगाएका सरह राहात दिन, दीर्घकालीन राहातका कार्यक्रम ल्याउन र प्रभावित समुुदायका सदस्यलाई परिचयत्र पत्रको व्यवस्था गरी हरेक निकायले दिने सुबिधामा सकारात्मक बिभेदको व्यवस्था गर्न माग गरिएको छ। यो पहिरोमा परी ५९ जनाको मृत्यु भएको थियो । ७३ घर बगाएको र बाँकी उच्च जोखिममा रहेको भन्दै राहात पाउनेको सुचिमा ७३ घर परिवार मात्र समेटिएपछि बाँकी १ सय ५३ घर परिवारले आफुहरु पनि राहात पाउने सुचिमै रहनुुपर्ने माग गर्दै आएका छन् । यी घर परिवारका अधिकतर सदस्यले घर छाडेर अन्यत्र बिस्थापित जीवन बिताइ रहेका छन् ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...