Monday 20 Mangshir, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

बार्सिलोना क्वाटरफाइनलमा

(0 votes)
बार्सिलोना- बार्सिलोनाले डर्बी प्रतिद्वन्द्वी स्पान्योलसँग तीन खेलसम्मको तनावपूर्ण खेलस्थितिमा सुधार्दै बुधबार २–० र समग्रमा ६–१ ले पराजित गरेर कोपा डेल रेको क्वार्टरफाइनल पक्क गरेको छ। भर्खरै मात्र कीर्तिमानी पाँचौं बालोन डी'ओरको उपाधि जितेका लियोनल मेसीले पुनः एकपटक बार्सिलोनाको जितमा महत्वपूर्ण भूमिका निभाए। उनले मुनिर इल हाड्दीको गोलमा अवसर सिर्जना गरिदिएका थिए।

nepali-patro-june
पछिल्लो १० दिनमा खेलेको दुई खेलमा भन्दा दुवै टोली कम आक्रामक रूपमा प्रस्तुत भएका थिए। यद्यपि बार्सिलोनाका रक्षक जेरार्ड पिकेकी पत्नी साकिरा र लुइस स्वारेजविरुद्ध ब्यानर प्रस्तुत गरेकाले स्पान्योललाई कारबाही हुन सक्नेछ।

एथलेटिको बिल्बाओ, सेल्टा भिगो र लास पाल्मसले पनि अन्तिम ८ मा स्थान बनाएको छ। यसअघि मंगलबार सेभिया र मिरान्डसले क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेका छन्। क्वार्टरफाइनलका लागि शुक्रबार ड्र निकालिने छ।

'नतिजाअनुसार आजको यो खेल खुट्किलो मात्र थियो,' बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, 'हुन त म विश्लेषक होइन तर, पहिलो रोजाइका अधिकांस खेलाडीलाई आराम दिनुका बाबजुद आज उनीहरूले हामीलाई दबाब दिन सकेनन्।'

पहिलो लेगमा स्पान्योलका खेलाडीलाई होच्याएको आरोपमा स्वारेज प्रतिबन्धमा परेका थिए। उक्त खेलमा स्पान्योलका दुई खेलाडीले रातो कार्ड सामना गरेका थिए।

इनरिकेले नेइमार, पिके, सर्जियो बुस्केेट र आन्दे्रज इनिइस्टालाई आराम दिएका थिए। तर, दुई दिनअघि मात्र विश्व वर्ष खेलाडी उपाधि जितेका मेसीले टोलीको कप्तानी गरेका थिए। मेसीले ११ औं मिनेटमा गरेको सशक्त प्रहार विपक्षी टोलीका गोलकिपर फ्रान्सेस्को बार्डीले उत्कृष्ट बचाउ गरेका थिए।

तर, मेसीको पासमा मुनिरको गोल प्रयासमा स्पान्योलका गोलकिपर बार्डी निरीह बने। मुनिरले बार्डीलाई छलाएर बल खालि पोस्टमा छिराउका थिए।

दोस्रो हाफमा दुवै टोलीले उल्लेख्य रूपमा आक्रमण गर्न नसके पनि खेल सकिन दुई मिनेट बाँकीमा एलेक्स भिडालको पासमा मुनिरले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरेका हुन्।

गत सिजन पनि फाइनल खेलेको बिल्बाओले भिल्लारियालविरुद्ध समग्रमा ४–२ को नतिजा निकाल्यो। बुधबार भिल्लारियालविरुद्ध १–० को नतिजा निकाल्दा इन्की विलियम्सले गोल गरेका थिए।

ला लिगातर्फ खराब लयमा गुजि्रएको सेल्टा भिगोले कार्डिजलाई २–० ले पराजित गर्योन। रियाल मड्रिडलाई नियमविपरीत प्रतिबन्धित खेलाडी खेलाएका कारण कारबाही गरेपछि कार्डिजले अन्तिम १६ मा स्थान बनाएको हो।

जोन गुइडेट्टी र डेजन ड्राजिकको गोलमा २–० को नतिजा निकालेको सेल्टा भिगोले समग्रमा ५–० को जित निकालेको हो। लस पाल्मसले इबारलाई ३–२ ले हराउँदा समग्रमा ६–४ को जित हात पारेको हो।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...