Sunday 19 Mangshir, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

कहाँ सकिन्छ रेमिटेन्स?

(0 votes)
काठमाडौं-खंलगा–९, रुकुमका हरिबहादुर सुनार वैदेशिक रोजगारीबाट ६ लाख रुपैयाँ कमाएपछि गाउँमै बस्ने सोचेका थिए । मलेसियामा तीन वर्ष बिताएर फर्केका सुनारले गाउँमै कृषि पेसामा जम्ने योजना बनाएका थिए ।
nepali-patro-june
'तीन वर्षमा ६ लाख रुपैयाँ पठाएकाले घरमा केही रकम बचेको होला भन्ने लागेको थियो,' ३१ वर्षीय सुनारले भने, 'फर्केर हिसाबकिताब गर्दा त पठाएको सबै रकम घर खर्चमा सकिएको पत्नीले जानकारी दिइन् ।' गाउँमै केही काम गर्ने योजना बनाएका सुनार फर्केको ६ महिनामै बेखर्ची भएपछि पुनः विदेश जाने तयारीमा छन् ।

सप्तरी, लालपटका मेराज अहमदले पछिल्लो ७ वर्षमा वैदेशिक रोजगारीबाटै करिब २५ लाख रुपैयाँ कमाए । तैपनि यतिखेर उनीसँग गाउँमा उद्यम गर्न पुग्ने पैसा छैन । '७ वर्षअघि विदेश जाने बेला जुन आर्थिक संकट थियो, अहिले पनि उस्तै छ,' मेराजले भने, 'विदेश बसेर जति कमाए पनि सबै लाउन, खानमै सकियो ।'

विदेशमा बस्ने नेपालीले पठाउने रेमिटेन्सको आकार बढिरहे पनि त्यो रकम उत्पादनमूलक कामको साटो दैनिक गुजारामै सकिने गरेको पाइएको छ । विदेश बस्नेले जतिसुकै हाड, छाला घोटे पनि कमाएको रकम बिलासी सामानमा सकिने गरेकाले वैदशिक रोजगारी 'हात्ती आयो, हात्ती आयो, फुस्सा' हुन सक्ने भन्दै चिन्ता गर्नेहरू बढेका छन् ।

पहिलोपटक विदेश जानेबेला सप्तरीका मेराजको योजना बढीमा तीन वर्ष विदेश बस्ने थियो । 'तर, सात वर्ष बितिसकेछ । अझै स्वदेश बस्ने अवस्था सिर्जना भएन,' उनले भने, 'नकमाएको भन्न हुँदैन तर सदुपयोग गर्न सकिएन ।' पाँच महिनाअघि घर फर्केका मेराजले गाउँमा बस्न पुनः आर्थिक समस्या परेपछि अब चाँडै साउदी जाने तयारी गरेको जानकारी दिए ।

तीन वर्ष मलेसियामा काम गरेर ७ महिनाअघि घर फर्केका प्युठान भिंग्रीका रामबहादुर नेपाली पनि पुनः विदेश जाने तयारीमा छन् । तीन वर्ष मलेसियामा काम गर्दा करिब ९ लाख रुपैयाँ घरमा पठाएको बताउने रामबहादुरले घर फर्कंदा त्यो रकम कहाँ गयो, सम्म जानकारी नपाएको बताए । 'कहिले पत्नी त कहिले आमाबुवाको नाममा रकम पठाइदिन्थें,' उनले भने, 'घरमा पठाएको रकमबाट गाउँमै दुई/तीन लाख लगानी गरेर कुखुरापालन सुरु गर्ने योजना थियो ।' घरमा फर्केपछि रकमबारे खोजी गर्दा पत्नीले टिभी, लत्ताकपडा, गहना किनेर सबै सकिएको बताएपछि चुप लाग्नुबाहेक अन्य कुनै उपाय नभएको उनले गुनासो गरे ।

विदेशमा सक्दो कमाइ गरे पनि त्यो रकम कहाँ र कसरी सकियो भन्ने थाहा नपाउने युवायुवतीको संख्या ठूलो छ । स्वदेशमा उपाय नदेखेर विदेश भासिन जान बाध्य युवायुवतीले उता जति हाड, छाला घोटे पनि कमाएको रकमलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न नसक्दा उनीहरुको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सबाट मुलुकले पनि खासै फाइदा लिन पाएको छैन ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार अहिलेसम्म वैदेशिक रोजगारीबाट प्राप्त रेमिटेन्सको करिब ८० प्रतिशत रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । 'विदेशमा कडा मेहनतले कमाउने र त्यो रकमलाई विलासी वस्तुमा खर्च गर्नेको जमात ठूलो छ,' काफ्लेले भने, 'जसले गर्दा वैदेशिक रोजगारीले नेपाललाई दीर्घकालीन रूपमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पार्ने देखिन्छ ।'

वैदेशिक रोजगारीबाट प्राप्त हुने रकममध्ये कम्तीमा आधा जति उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण हुनुपर्ने विज्ञहरूले आवाज उठाइरहे पनि सरकारले त्यसबारे ठोस योजना बनाउन नसक्दा कामदारहरू आफूले कमाएको रकम अनुत्पादक क्षेत्रमा उडाइरहेका छन् । तीन वर्षअघि सरकारले वैदेशिक रोजगारीबाट प्राप्त रकमलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने मनसायले श्रम बैंक स्थापना गर्ने घोषणा गरे पनि अहिलेसम्म स्थापना हुन सकेको छैन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी निर्देशक निर्मला थापा पछिल्लो समयमा त श्रम बैंकबारे चर्चा नै हुन छाडेको बताउँछिन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार देशका ५६ प्रतिशत घरधुरीमा विदेशबाट पैसा आउँछ । 'सर्वसाधारणको हातमा रकम त पुग्यो,' बोर्डका एक अधिकारीले भने, 'तर, अधिकांश परिवारले त्यलाई लत्ता, कपडा र खानेकुरामै सक्छन् ।' विभागका अनुसार रेमिटेन्सको आकार जतिसुकै बढे पनि उत्पादनमूलक क्षेत्रमा भने ३ प्रतिशतसम्म पनि उपयोग हुन सकेको छैन ।

गाउँगाउँमा रेमिटेन्स पुग्न थालेपछि त्यसले कैंयौं सर्वसाधारणलाई अल्छी बनाएको विज्ञ बताउँछन् । वैदेशिक रोजगार विज्ञका अनुसार रेमिटेन्स कसरी सदुपयोग गर्ने भन्नेमा राज्यले सही योजना बनाउन नसक्दा जहाँबाट रकम भित्रिएको हो, उतै फर्कने गरेको छ । विदेशबाट पठाएको रकम कृषि र जलविद्युतको क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउने हो भने त्यसले दीर्घकालीन रूपमा देशलाई सफल बनाउने धेरैको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०६६÷६७ मा दुई खर्ब ३१ अर्ब ७२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएकोमा ०७१÷७२ मा ६ खर्ब १७ अर्ब २८ करोड रुपैयाँ पुग्यो । गएको साउन, भदौ र असोजमा मात्र एक खर्ब ६६ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको छ । पछिल्लो दुई वर्षमा वार्षिक ५ लाखभन्दा बढी युवायुवती श्रम स्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगार विभागमा अनुसार २०६३ सालयता श्रम स्वीकृति लिएर ४१ लाख युवायुवती विदेश गएका छन् । ती गएकामध्ये करिब ९५ प्रतिशत खाडी मुलुक पुगेका छन् ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...