Monday 10 Shrawn, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

औषधि भ्रष्टाचारमा १० लाई सफाइ

(0 votes)
काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेका स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकसहित १० कर्मचारीलाई सफाइ दिएको छ। उनीहरूको संलग्नतामा कुनै भ्रष्टाचारजन्य कार्य भएको पुष्टि हुन नसकेको भन्दै विशेषले बिहीबार यस्तो निर्णय सुनाएको हो। सुत्केरी गराउँदा पाठेघरको मुख खुलाउन र रक्तश्राव रोक्न प्रयोग गरिने मेजोप्रोटोल खरिद प्रक्रियामा अनियमितता आरोप लागेका तत्कालीन महानिर्देशक डा.मिङमार ग्याल्जेन शेर्पालगायतले अदालतबाट राहत पाएका हुन्।


nepali-patro-june
सरकारद्वारा निःशुल्क वितरित औषधि मेजोप्रोटोल खरिद र आपूर्ति प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ जेठ ११ गते विभागका १२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अदालतको आदेशले सफाइ पाउनेमा आपूर्ति व्यवस्था महाशाखाका तत्कालीन प्रमुख डा. नरेशप्रताप केसी, आपूर्ति व्यवस्था महाशाखाका तत्कालीन वरिष्ठ निर्देशक कृष्णबहादुर चन्द, आपूर्ति व्यवस्था महाशाखा खरिद इकाइमा कार्यरत पवन कोइराला छन्।

तत्कालीन आपूर्ति व्यवस्था महाशाखाका जनस्वास्थ्य अधिकृत रामसुन्दर यादव, जनस्वास्थ्य निरीक्षक हेमलाल ज्ञवाली, एटलस मेडिसन कन्सर्नका आपूर्तिकर्ता सञ्जय गुप्ता तथा फर्म धनी विद्या सुवेदी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. लखनलाल साह र आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. तारानाथ पोखरेललाई समेत सफाइ दिएको छ। अख्तियारले उनीहरुसँग भ्रष्टाचार निवारण ऐन बमोजिम कसुर गरेको भन्दै उनीहरूसँग ६ करोड ३४ लाख ६६ हजार विगो असुल हुनुपर्ने माग गरेको थियो।

'गलत अभियोजनमा क्षतिपूर्ति देऊ'

सर्वोच्च अदालतले गलत अभियोजनमा मुद्दा खेप्न बाध्य व्यक्तिलाई क्षतिपूर्ति दिन सरकारको नाममा आदेश दिएको छ।

सरकारवादी मुद्दामा प्रहरी वा अनुसन्धान गर्ने निकायको गलत अभियोजनले थुनामा बस्नुपर्दा क्षति हुने भएकाले त्यसको भरणपोषण हुनुपर्ने ठहर गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। सरकारी मुद्दा ऐनअनुसार मुद्दा खेपेको निर्दोष व्यक्तिलाई उसले भोगेको क्षति बराबर हुनेगरी रकमको व्यवस्था गर्न अलग्गै कानुन बनाउनसमेत भनेको छ।

अधिवक्ता अमृतप्रसाद श्रेष्ठले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो। प्रहरीले गलत अभियोग लगाई फसाएको भनी अदालतबाट सफाइ पाएको अवस्थामा उसले व्यहोरेको क्षतिको जिम्मेवार सरकार नै हुने भनी अदालतले यस्तो आदेश गरेको हो।

फौजदारी मुद्दामा प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरी मुद्दा लगाउने गरेकाले क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गर्दै अधिवक्ता श्रेष्ठले २०७० जेठ ६ गते रिट दर्ता गरेका थिए।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, न्यायाधीशहरू सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले बिहीबार यस्तो आदेश दिएको हो।

सर्वोच्चको आदेशपछि प्रहरीका कारण अनाहकमा फसेका निर्दोष व्यक्तिले व्योहोरेको नोक्सान बराबरको भरणपोषण पाउने बाटो खुलेको छ।

मुद्दा खारेज

सर्वोच्च अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिएको जिकिर गर्दै दायर मुद्दा खारेज गरिदिएको छ।

निवेदनले दाबी गरेझैँ सरकारले कुनै सम्झौता गरेको नदेखिएको भन्दै बिहीबार संवैधानिक इजलासले मुद्दा खारेज हुने फैसला सुनाएको हो। अधिवक्ता श्रीप्रसाद पण्डितले दायर गरेको रिटमा अन्तिम फैसला गर्दै सर्वोच्चले खारेज हुने फैसला सुनाएको हो। २०६९ असार २० गते सरकारले विमानस्थल जस्तो संवेदनशील क्षेत्र विदेशी कम्पनीलाई दिन नमिल्ने जिकिर गर्दै रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारको तयारी रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको विशेष अदालतमा भएको सुनुर्वामा न्यायाधीशहरूबीच मत बाझिएको थियो। तीन सदस्यीय इजलासमा न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए भने अर्का न्यायाधीश रामकुमारप्रसाद साहले अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्दै राय बझाएका थिए। मत बाझिएको खण्डमा बहुमतलाई आधार मान्ने नियमबमोजिम उक्त आदेश दिइएको हो।

सरकारले भारतीय कम्पनी आइएल एन्ड एफएसलाई त्रिभुवन विमानस्थलको व्यवस्थापन जिम्मा दिने तयारी गरेको दाबी गर्दै रिट दायर भएको थियो।

सरकारले 'चुस्त व्यवस्थापन' का नाममा अध्यागमन जिम्मा भारतीय निजी कम्पनीलाई दिने तयारी अघि बढाएको दाबी रिटमा गरिएको थियो।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...