Friday 24 Mangshir, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

रंगेली घटना पछि मधेस अशान्त

(0 votes)
रौतहट- रंगेली घटना पछि मधेसी फेरी अशान्त बनेको छ। घटनाको विरोधमा विगत १५ दिन देखि खुलेका मधेसका बजार शुक्रवार पुनः बन्द भए। विराटनगरको रंगेलीमा बिहिबार प्रहरीको गोली लागेर तीन जनाको ज्यान गएको थियो।
11111111.jpg

nepali-patro-june
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच पछिल्लो पटक सकारात्मक संवाद चलेपछि दुई साता देखी मोर्चाले मधेसका जिल्लाहरुमा नाका बन्दी बाहेक अन्य सवै आन्दोलनका कार्यक्रमहरु खुकुलो बनाएको थियो। मोर्चाले आन्दोलन खुकुलो बनाएपछि यहाँका बजार व्यवसाय, शैक्षिक संस्था, यातायात लगायतका सवारी साधनहरु समेत सुचारु भएका थिए। बिहिबार दिउँसो एकाएक मोरंगको रंगेलीमा भएको घटना मधेस शुक्रबार बिहानै देखी पुन असान्त बनेको हो। विहानै देखि मोर्चाका कार्यकर्ता सदरमुकाम लगायतका बजारहरुमा टायर बालेर प्रर्दशन गरिरहेका छन।

बिगत १५ दिन देखि मध्य तराइका बीरगंज, बारा र रौतहट जिल्लाका बजार, पसल तथा व्यापारिक प्रतिष्ठानहरु पूर्ण रुपमा सञ्चालनमा आएका थिए।

रौतहटको सदरमुकाम गौरमा मोर्चाका कार्यकर्ताहरु बन्द गराउने क्रममा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालको घर अगाडी प्रर्दशन गरेका छन।

नेपालको घरको सुरक्षार्थ खटिएका प्रहरीलाई देख्नासाथ प्रदर्शनकारीहरु आक्रोशित हुदै नारा बाजीगर्न थालेपछि मोर्चाका केही स्थानीय नेताहरु साम्य पारेका थिए। मोर्चाका कार्यकर्ताहरुले गौर, गरुडा, शिवनगर, शुकदेव चौक, सपगढा, सरुअठा गंगापिपरा, बंकुल लगायतका वजारमा प्रर्दशन गरेका छन।

यसैगरी रंगेली घटनाको विरोधमा विभिन्न मधेसी दलले बीरगन्जमा पनि बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धन, संघीय मधेसी मोर्चा र संघीय समावेशी मधेसी युवा गठबन्धनका नेता कार्यकर्ताहरुले दुई सातादेखी शान्त बनेको वीरगन्ज शहरको विभिन्न चोकहरुमा टायर बालेर मुख्य ठूला तीन दल र सरकार विरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका छन। वीरगन्जको घण्टाघर, माइस्थान, मुर्ली, पावरहाउस, लक्ष्मणवा लगायतका चोकहरुमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण बीरगन्ज बजार बिहानै देखि बन्द भएको छ। यस्तै प्रदर्शनकारीहरुले वीरगन्जमा आज सार्वजनिक यातायातका सवारी साधनहरु र स्कुल बस समेत चल्न दिएका छैनन् ।

दुरसञ्चारको क्याबिनेट र सवारी साधन तोडफोड

मधेसी मोर्चाको बन्दको अवज्ञा गरेको भन्दै बीरगन्ज घण्टार चोकमा आन्दोलनकारीले बा १० च २३८४ नम्बरको गाडी तोडफोड गर्दै घण्टाघर चोकमा रहेको नेपाल दूर सञ्चार कार्यालयको दुई वटा क्याबिनेटमा तोडफोड तथा आगजनी गरेका छन्।

शुक्रबार दिउसो १२ बजेको समयमा आन्दोलनकारीले गरेको तोडफोड र आगजनीको कारण दुरसञ्चारको करिब ४८ लाख भन्दाबढीको क्षति भएको दुरसञ्चार कार्यालय बीरगन्जका लेखा प्रमुख गिरिराज सुवेदीले बताए। क्याबीनेटमा आगजनी गरिएका कारण घण्टाघर वरिपरिका झण्डै आठ सय बढी टेलिफोन सेवा र इन्टरनेट सेवा समेत अवरुद्ध भएको लेखा प्रमुख सुवेदीले जानकारी दिपए।

वीरगञ्जमा तोडफोड र आगजनी गर्ने पाँच पक्राउ


गाडी र दुरसञ्चार कार्यालय तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले पाँच जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज–१० गहवाका २८ वर्षीय विजय साह कानु, बीरगंज १७ का अभिषेख झा, बीरगंज २१ का फमेन्द्र कुमार साह, १९ का आकाश गुप्ता र १३ नम्बर वडाका चन्दन कुमार गुप्तालाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एसपि राजुवावु श्रेष्ठले बताएर

यस्तै बाराको कलैयामा पनि मधेसी दलका कार्यकर्ताहरुले आज बिहानै देखि प्रदर्शन गरेका छन्। उनिहरुले कलैयामा बजार बन्द गराउनुका साथै सार्वजनिक यातायातका सवारी सधान पनि चल्न दिएका छैनन्। आन्दोलनकारीहरुले कलैयामा आज बिहान दुइ वटा मोटरसाइकलमा आगजनी गरेका छन्। तेल ओसारेको भन्दै मधेसी दलका कार्यकर्ताहरुले कलैयाको बालमन्दिर नजिकबाट लु १ प ९५७० र ना १० प २८२५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर भरत चोकमा लगी आगजनी गरेका हुन्।

मोटरसाइकलमा आगजनी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा आन्दोलनकारी र प्रहरीबीच भरत चोकमा झडप पनि भएको थियो। मधेसी दलका कार्यकर्ताहरुले बाराको मटिअर्वा, बबुआइन, बरियापरपुर, पिपराडी, जितपुर, परवानीपुर लगायतका स्थनामा पनि बिहानै देखि टायर बालेर प्रदर्शन गरेका छन्। यस्तै बसतपुरमा पनि मोर्चाका कार्यकर्ताले जुलुश प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन्। मोर्चाका विनोद साहको नेतृत्वमा नाराबाजी गर्दै जुलुश प्रदर्शन गरेर प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...