Sunday 9 Ashwin, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

एक दिवसीयमा भारतको सान्त्वना जित

(0 votes)
सिड्नी- मनिष पाण्डेले अविजित १ सय ४ रनको उत्कृष्ट इनिङ खेलेपछि भारतले सिड्नी क्रिकेट मैदानमा शनिबार अस्ट्रेलियालाई ६ विकेटले हराएको छ। पाँच एकदिवसीय शृंखलाको अन्तिम खेलमा टस जितेर भारतीय कप्तान महेन्द्रसिंह धोनीले अस्ट्रेलियालाई ब्याटिङ गर्ननिम्तो दिएका थिए। डेविड वार्नर (१ सय २२) र मिचेल मार्स (अविजित १०२) को शतक मद्धतमा घरेलु टोलीले ७ विकेट गुमाई ३ सय ३० रनको बनाएको थियो।


nepali-patro-june
म्याथ्यु वेडले ३६ र स्टेभन स्मिथले २८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका इशान्त शर्मा र जसप्रित बुमराहले समान २ विकेट लिए भने उमेशकुमार यादव र ऋषि धवनले १–१ विकेट लिए।

यसअघिका सबै चार खेल हारेको भारतले २ बल बाँकीमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। भारतले तीन खेलमा ३ सय माथि र एकमा २ सय ९५ को स्कोर बनाएर पनि लक्ष्य जोगाउन सकेको थिएन।

अजिन्क्या रहाने घाइते भएकाले टोलीमा परेका पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ८१ बलमा पहिलो एकदिवसीय शतक पूरा गरेका थिए। १ सय ४ रन बनाएका २६ वर्षे पाण्डेले ८ चौका र १ छक्का प्रहार गरे। उनलाई कप्तान धोनीले ३४ रन बनाएर साथ दिए। ओपनरद्वय रोहित शर्माले ९९ र शिखर धवनले ७८ रनको योगदान गरे। विराट कोहली ८ रनमा आउट भए। धवन र शर्माले पहिलो विकेटमा १ सय २३ रनको साझेदारी गरेका थिए।

अस्टे्रलियाका जोन ह्यास्टिङले ३ विकेट लिँदा मिचेल मार्सको नाममा एक विकेट रह्यो। जितका लागि संघर्ष गरिरहेको भारतमिचेल मार्सको अन्तिम ओभरमा धोनीले छक्का प्रहार गरेपछि जितनजिक पुगेको थियो।

'यस शृंखलामा हामीले प्रतिस्पर्धात्मक खेल खेल्यौं,' धोनीले भने, 'जित हाम्रो लक्ष्य थियो। अघिल्लो चार खेलमा पनि हामी जित नजिक थियौं तर हामीले सुखद अन्त्य गर्न सकेनौं। एकदिवसीयको विशेषता नै यही हो। उच्च स्कोर भएको खेलमा प्रत्येक ओभरले महत्व राख्छ।'

त्यसअघि सुरुमा संघर्ष गरिरहेको अस्ट्रेलियाले अन्त्यमा उच्च स्कोर खडा गरेको थियो। मेलबर्नमा भारतले बनाएको २ सय ९५ रन शृखंलाको सबैभन्दा कम स्कोर हो।

'यो ठूलै स्कोर थियो,' अस्टे्रलियाका कप्तान स्टेभन स्मिथले भने, 'उनीहरूले उत्कृष्ट ढंगले लक्ष्य पूरा गरे। हामीले क्याच गर्ने केही राम्रा अवसर खेर फाल्यौं। क्रिकेटमा यस्तो हुन्छ तर यसबाट अघि बढेर सुधार गर्नु आवश्यक छ।'

दुई देशबीचको तीन खेलको ट्वान्टी–२० शृंखला एडिलेडमा मंगलबार सुरु हुनेछ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...