Sunday 9 Ashwin, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

एक महिनाभित्रै ग्यास पाइपको परीक्षण

(0 votes)
काठमाडौं-ललितपुर, इमाडोलमा उत्खनन भएको ग्यास महिना दिनभित्र परीक्षण गरी प्रयोग गर्न मिल्ने, नमिल्ने यकिन गरिने भएको छ । ३ सय ४० मिटर गहिराइसम्म उत्खनन गर्दा ग्यासको मात्रा राम्रो देखिएकोले यसको 'फ्लो' कति छ र पाइपबाट वितरण गर्न सकिन्छ, सकिँदैन जाँच्न लागिएको हो।


'इमाडोलको ग्यास प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर एक महिनामा परीक्षण गरिने छ,' उद्योग मन्त्री सोमप्रसाद पाण्डेले भने, 'पाइपबाट घरघरमा पु¥यार प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेर परिक्षण गर्न लागिएको हो ।' गत वर्ष भदौमा ग्यास उत्खनन सकिए पनि सेपेरेटर, पाइप जडान, बुलेट राख्ने काम नसक्दा परीक्षण हुन सकेको थिएन ।

महिना दिनमा पाइप जडान गर्ने लगायत बाँकी काम सकेर घरघरमा पाइपबाट लगेर बाल्न मिल्छ कि मिल्दैन, परीक्षण गर्ने मन्त्री पाण्डेले बताए । परीक्षणबाट प्रयोग गर्न उपयुक्त देखिएमा घरघरमा पाइपबाट पु¥याउइने छ । 'परीक्षणले उपयुक्त नदेखिए यत्तिमै चित्त बुझाउनु पर्छ,' मन्त्री पाण्डेले भने ।

त्यस्तै, टेकु, पचलीमा रहेको ग्यास खानीलाई पनि उत्खनन गरेर परीक्षण गर्ने तयारी छ । धेरै पहिलादेखि स्थगित उक्त उत्खनन र परीक्षण योजना पुनः संचालन गरिने मन्त्री पाण्डेले बताए ।

२५ वर्षअघि जाइकाले गरेको एक अध्ययनले काठमाडौं उपत्यकामा ग्यास जमिनको माथिल्लो सतहबाट दुई सय ५० देखि तीन सय मिटर गहिराइमा भएको र ३१ करोड घनमिटर रहेको देखाएको थियो ।

टेकुदेखि इमाडोल, टीकाथली क्षेत्रसम्म २६ वर्गकिलोमिटरमा ग्यासको सम्भावना भएको र सम्भावना अनुसारको ग्यास निस्कने हो भने २० हजार परिवारलाई घरघरमा पाइपबाट ग्यास पु¥याउन सकिने अध्ययनले देखाएको थियो ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट घरघरमा ग्यास पु¥याउने भाषण गरेपछि धेरै आलोचना भएको थियो । अध्ययनले सम्भावना मात्र देखाएको र यसको परीक्षण गर्न बाँकी भएकाले र कति परिवारलाई पुग्छ भन्ने यकिन भएको छैन ।

इमाडोल लगायत काठमाडौंमा देखिएको प्राकृतिक मिथेन ग्यास भएकाले सिलिन्डरमा हालेर ओसारपसार गर्न मिल्दैन । खानीमै ट्यांकी वा बुलेटमा जम्मा गरेर पाइप जोडेर सिधै घरमा लैजानुपर्ने हुन्छ । पाइपबाट घरघर पु¥याएर बाल्न मिल्छ, मिल्दैन यकिन हुन बाँकी छ ।

खानी तथा भूगर्भ विभागले दुई वर्षदेखि ग्यास उत्खनन गर्ने भन्दै इमाडोलमा काम सुरु गरेको थियो । लामो समय हुँदा पनि ग्यास प्रयोग गर्न मिल्ने कि नमिल्ने भनेर परीक्षण हुन सकेको छैन । बेलाबेलामा फेरिने सरकारका मन्त्रीले ग्यास परीक्षण गर्ने बताउँदै आए पनि व्यवहारमा भएको छैन । इमाडोल, टेकु लगायत ठाउँमा अहिले पनि ग्यासबाट आगो बालेर हेरिएको छ । तर त्यसलाई साँच्चिकै प्रयोग गर्न मिल्ने हो कि होइन, कस्तो अवस्था छ, ग्यासको 'फ्लो' कति छ, पानीको मात्रा कति छ भनेर वैज्ञानिक परीक्षण भएको छैन ।

प्रारम्भिक चरणमा ग्यासको अवस्था राम्रो देखिएको उत्खनन कम्पनीले जानकारी दिएइसकेको छ । प्रारम्भिक चरणमा देखिए अनुसारको ग्यास पछि पनि भयो भने प्रयोग गर्न उपयुक्त हुने कम्पनीको भनाइ छ । निजी क्षेत्रलाई दिने लामो प्रयास सफल हुन नसकेपछि खानी तथा भूगर्भ विभागले आफैं उत्खनन सुरु गरेको थियो ।

इमाडोलमा विभागको आफ्नै जग्गा भएकाले त्यही ठाउँमा उत्खनन गर्न लागिएको हो । यस क्षेत्रमा अन्यत्रभन्दा बढी ग्यास भएको अध्ययनले देखाएको छ । ग्यास परीक्षणको नतिजाका आधारमा काठमाडौं उपत्यकाको गर्भमा रहेको ग्यासको यथार्थ थाहा हुनेछ ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...