×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Thursday 16 Bhadra, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

बायोमेट्रिकबारे श्रम समितिमा छलफल

(0 votes)
काठमाडौं- गत असार अन्तिम सातादेखि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा लागू गरिएको बायोमेटि्रक प्रणालीबारे पुनः संसदमा छलफल सुरु गरिएको छ। श्रम तथा रोजगार मन्त्रालयले नेपालमा बायोमेटि्रक प्रणाली लागू गर्ने अनुमति दिएपछि सुरु गरिएको उक्त प्रणाली कामदारका लागि खर्चिलो भएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा केही सदस्यले गुनासो गरेपछि समितिका सभापति प्रभु साहले १५ दिनभित्र यो प्रणालीमा स्वास्थ्य जाँच गरेकाको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन्।
nepali-patro-june
मलेसिया जाने कामदारका लागि बायोमेटि्रक अनिवार्य गरिएपछि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका व्यवसायीहरू विभाजित छन्। बायोमेटि्रक प्रणालीको पक्षमा रहेकाले यो आधुनिक प्रविधिमा आधारित हुने भएकाले कामदार ठगिने र विदेशको परीक्षणमा अयोग्य हुने सम्भावना निकै कम हुने दाबी गर्दै आएका छन् भने विपक्षीले महँगो र निश्चित मेडिकलले मात्र लागू गर्दा अन्यको काम खोसिएको गुनासो गर्दै आएका छन्। समितिको बैठकमा केही सभासदले बायोमेटि्रक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर मलेसिया गएकाहरू त्यहाँको परीक्षणमा अयोग्य भएकाले बायोमेटि्रक खारेज हुनुपर्ने माग गरे।

बैठकमा सहभागी श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले भने बायोमेटि्रक लागू भएपछि मलेसियाको स्वास्थ्य परीक्षणमा अयोग्य हुने संख्या निकै कम रहेको जानकारी दिए। सोही बैठकमा बोहोराले गएको असार अन्तिम सातादेखि हालसम्म बायोमेटि्रक प्रणालीबाट स्वास्थ्य परीक्षण गरी मलेसिया गएका २५ हजारमध्ये १० जनामात्र अयोग्य भएर फर्केको जानकारी दिए। विगतमा एक हजार कामदार मलेसिया जाँदा १० जना त्यहाँको स्वास्थ्य जाँचमा असफल भएर फर्कंदा समस्या निकै चर्केको स्वास्थ्य व्यवसायीले बताउँदै आएका छन्। हाल ३८ वटा मेडिकल सेन्टरलाई बायोमेटि्रक प्रणालीबाट स्वास्थ्य परीक्षण गर्ने अनुमति दिइएको छ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...