Monday 13 Bhadra, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

अनिल अम्बानीलाई सिबीआइले अदालत पेश गर्‍यो

(0 votes)
अनिल अम्बानीलाई सिबीआइले अदालत पेश गर्‍यो

नयाँ दिल्ली– विश्वका सर्वाधिक धनीको सूचिमा रहेका भारतीय उद्योगपति अनिल अम्बानीलाई केन्द्रीय अनुसन्धान जाँच ब्युरो (सिबीआइ) ले बिहीबार अदालतमा पेश गरेको छ।  टुजी स्पेक्ट्रम भ्रस्टाचारको विषयमा उनलाई दिल्ली हाइकोर्टमा पेश गरिएको हो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार अम्बानी कार्यालय खुल्ना साथ अदालत पुगेका थिए। उनले त्यहाँ सीबीआई न्यायाधीश ओपी सेनलाई बयान दिए।

nepali-patro-june

रिलायन्स टेलीकम लिमिटेड र उसका ३ कर्मचारी प्रयोग गरी स्वान टेलिकमले कोटा भन्दा बढी स‌ञ्चालन अनुमति लिएको र फ्रिक्वेन्सी पाउन अम्बानीको कम्पनीलाई प्रयोग गरेको आरोप छ। स्वान टेलीकमका प्रमोटर शहिद उस्मान बलवा र विनोद गोएन्का २०११ मा पक्राउ परेका थिए। पछि उनीहरुलाई जमानतमा छोडिएको थियो।

रिलायन्सका वकिलले अनील र उनकी पत्नी टीनालाई ब्यक्तिगत पेशी छुट दिन आग्रह गरेका थिए तर अदालतले उनीहरुको आग्रहलाई इनकार गरेको थियो। कम्पनीले सर्वोच्च अदालतमा पनि यस्तै अनुरोध गरेको थियो तर उसले पनि तल्लो अदालतको फैसलालाई रोक लगाउन नमिल्ने जवाफ दिएको थियो।

अनिलकी श्रीमती टीनालाई शुक्रबार बयानको लागि अदालतमा पेश गरिँदैछ। महालेखा परीक्षकका अनुसार यो प्रकरणमा सरकारले १.७६ करोड भारतीय रुपैंया गुमाएको छ। फेवरवरी २०११ मा पूर्व दुरसंञ्चार मन्त्री ए राजा र उनका सहयोग आरके चदोलिया र पूर्व टेलीकम सचिव सिद्धार्थ बेहुरालाई टूजी घोटलाको विषयलाई लिएर गिरफ्तार गरिएको थियो। राजालाई १५ महिना पछि मई २०१२ मा जमानतमा छोडिसकिएको छ।

फोर्ब्स म्यागेजनिका अनुसार अनिल अम्बानी अहिले विश्वका २ सय ३३ औं धनी व्यक्ति हुन्। ५.२ बलियन अमेरिकी डलरका मालिक अनिल भारतका ११ औं धनी उद्योगी हुन्।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...