Tuesday 25 Mangshir, 2075 |
Menu

विश्व

सुक्ष्मकण हेर्नसक्ने ‘नानोस्कोप' का लागि नोबेल पुरस्कार

  • बिहीबार २३ असोज, २०७१
  • रोयटर्स/एजेन्सी
  • Be the first to comment!
(0 votes)
सुक्ष्मकण हेर्नसक्ने ‘नानोस्कोप' का लागि नोबेल पुरस्कार
स्टकहोम– क्षमता बढाएर जीवित कोषभित्रका अत्यन्त सुक्ष्म कण (मोलेक्युल) सजिलै अध्ययन गर्न सक्ने नानोस्केल सुक्ष्मदर्शक यन्त्र अर्थात् ‘नानोस्कोप' विकास गरेका दुई अमेरिकी र एक जर्मनले यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार पाउने भएका छन्।
nepali-patro-june
‘नानोस्कोप' विकास गरी सुक्ष्मदर्शक यन्त्रको क्षमता बढाएका अमेरिकाका एरिक बेजिग र विलियम मर्नर तथा जर्मनीका स्टिफन हेललाई रसायनतर्फको पुरस्कार दिने घोषणा बुधबार स्टकहोममा गरिएको हो। नोबेल पुरस्कार समितिले बेजिग, मर्नर र हेलद्वारा विकसित नानोस्कोपबाट जीवित कोषभित्रका अत्यन्त सुक्ष्मकणको अध्ययन सरल भएको जनाएको छ। 
समितिका अनुसार उनीहरूले प्रकाश उपयोग गरी सुक्ष्मदर्शक यन्त्रको क्षमता विस्तारले अब सुक्ष्मातिसुक्ष्म कोषको अध्ययन अवलोकन गर्न सकिने छ। यसबाट अब अल्जाइमर्स र पार्किन्सन्स जस्ता रोगका साथै भ्रुणको विकास क्रम र मस्तिष्कमा हुने रासायनिक क्रिया प्रतिक्रियाको अध्ययन सरल हुनेछ। 
एन्टोनी भ्यान लिबेनहकको आविष्कार सुक्ष्मदर्शक यन्त्रले ०.२ माइक्रोमिटरभन्दा सानो वा मान्छेको केशको चौडाईभन्दा ५ सय गुना सानो एकाइलाई मात्र ठूलो आकारमा देखाउन सक्ने मान्यता थियो। माइक्रोस्कोपले त्यसभन्दा सुक्ष्म एकाइलाई ठूलो आकारमा देखाउन नसक्ने मान्यता सन् १८७३ मा स्थापित भएको थियो। त्यस वर्ष वैज्ञानिक अर्नस्ट एबेको अध्ययनले सुक्ष्मदर्शक यन्त्रको क्षमता सीमित रहेको निष्कर्ष निकालेको थियो।
एबेले कुनै पनि तस्बिरलाई एक मिटरको २ सय अर्बौं भाग अर्थात् २ सय न्यानोमिटर भन्दा सुक्ष्मकण, तस्बिर वा एकाइ सुक्ष्मदर्शक यन्त्रबाट हेर्न नसकिने निष्कर्ष निकालेका थिए। २ सय न्यानोमिटर प्रकाशको तरंगको आधा हो। हेल, बेजिग र मर्नरले यस क्षेत्रमा छुट्टाछुट्टै काम गरेर एबेले दाबी गरेको सुक्ष्मदर्शक यन्त्रको सीमाबारेको मान्यता भंग गरेका थिए। 
समितिले उनीहरूको अभूतपूर्व खोज न्यानोस्कोपबाट सुक्ष्मकणलाई अर्बौं भाग (नानो डाइमेन्सन)मा विभाजित गरी अध्ययन गर्न सम्भव पारेको उल्लेख गरेको छ। समितिले हाल ‘न्यानोस्कोपी' विश्वभर प्रयोग भइरहेको र मानवीय फाइदाका लागि नयाँ ज्ञान सिर्जना भएको उल्लेख गरेको छ। 
यसअघि कुनै पनि सुक्ष्मकण वा एकाइ हेर्न नसकिने सीमाका कारण कुनै पनि कोषभित्र हुने रासायनिक क्रिया वा कसरी काम गर्छ हेर्न नसकिने मान्यता थियो। सुक्ष्मदर्शक यन्त्रको सीमाका कारण कोषले कसरी काम गर्छ, कसरी पुनरुत्पादन गर्छ र कसरी संक्रमित हुन्छ बुझ्न अवरोध थियो। 
सन् १९९० मा हेलले गरेको अनुसन्धानले प्रकाशप्रदायक परमकोष (फ्लोरोसेन्ट मोलेक्युल्स) अध्ययन गर्न सकिने देखाएको थियो। हेलले सन् २००९ मा बेलायती विज्ञान पत्रिका नेचरलाई आफूले गरेको काम केटाकेटी खेलेजस्तै भए पनि असम्भव ठानिएको सुक्ष्मकण वा एकाइको हाइ रेजोलुसन तस्बिर हेर्दा आफूलाई आनन्द लागेको बताएका थिए। 
‘न्यानोस्कोपी' को सर्वाधिक फाइदा चिकित्साशास्त्र र जीवविज्ञानलाई भएको छ। हाल वैज्ञानिकहरू कुनै जीवित कोषमा रहेका परमकोष र मस्तिष्कमा स्नायुकोषबीच कसरी चेतनमार्ग (सिनाप्सिस) सिर्जना हुन्छ हेर्नसक्ने भएका छन्। 
समितिले यी तीन वैज्ञानिकको अनुसन्धानले अथाह सम्भावना खोलेको र सैद्धान्तिक रूपमा कुनै पनि संरचना अध्ययन गर्न नसकिने गरी सानो नहुने उल्लेख गरेको छ। 
सन् १९६० मा जन्मेका बेजिग भर्जिनियाको होवार्ड ह्युज मेडिकल इस्टिच्युटमा काम गर्छन्।सन् १९५३ मा जन्मेका मर्नर स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत छन्। सन् १९६२ मा जन्मेका हेल जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर बायोफिजिकल केमिस्ट्रीमा निर्देशक छन्। 
हेलले न्यानोस्कोपीको उपयोग मस्तिष्कको चेतनमार्ग र जीवित स्नायुकोषभित्र हुने प्रतिक्रिया अध्ययनमा गरेका छन्। मर्नरले ‘हन्टिङटन्स डिजिज'को प्रोटिनसँग हुने सम्बन्ध अध्ययन गर्न प्रयोग गरेका छन्। यसै गरी बेजिगले भ्रुणको अध्ययन गर्न न्यानोस्कोपीको उपयोग गरेका छन्। 
परम्परा अनुसार तीनै जनालाई आगामी डिसेम्बर १० मा स्टकहोममा एक औपचारिक समारोहबीच पुरस्कार प्रदान गरिनेछ। सन् १८९६ मा पुरस्कार संस्थापक अल्फ्रेड नोबेलको देहावसान भएको दिन डिसेम्बर १० मा पुरस्कार दिने प्रचलन छ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...