×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

9 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

घट्दो जन्मदरले तनाव

  • २८ चैत्र, २०७१
  • न्युयोर्क टाइम्स
  • Be the first to comment!
(0 votes)
घट्दो जन्मदरले तनाव
कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।
एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन् भने एक छात्र मोबाइल फोन चलाइरहेका छन्। जब छलफल हस्तमैथुनमा पुग्छ, एक छात्राले कुनामा बसेको केटालाई देखाउँदै मुख छोपेर हाँस्न थाल्छिन्। उनले देखाएको केटा पनि कुनामा बसेर हाँसिरहेका छन्।
‘हाँसे हुन्छ। केही फरक पर्दैन,' २९ वर्षिया शिक्षक एन्ड्रेयास बेक कोर्नबोर्गले बुझाउने शैलीमा भन्छन्, ‘हामी त्यस्तै विषयमा छलफल गर्दै छौं, जसको बारे कुरा गर्न हामीलाई अफ्ठ्यारो लाग्छ।'
...
nepali-patro-june

केही समयअघि मात्रै ‘सेक्स एन्ड सोसाइटी' (यौन र समाज) नामक डेनमार्कको गैरसरकारी संस्थाले आफ्नो पाठ्यक्रममा परिवर्तन गर्योस। यो संस्थाले डेनमार्कमा बालबालिकालाई यौन शिक्षा पढाउने काम गर्छ। संस्थाले पहिला कसरी गर्भधारण रोक्न सकिन्छ भनेर सिकाउँथ्यो भने हाल गर्भधारणको सकारात्मक पक्षका बारे पनि जानकारी दिन थालेको छ।
यो युरोपमा बच्चा पाउनका लागि गरिएको सानो प्रयासमध्ये एक हो। अन्य युरोपियन राष्ट्रझैं डेनमार्क पनि घट्दो जन्मदरले आजित बनेको छ। त्यसमाथि पनि युरोपमा छाएको आर्थिक मन्दीले झनै तनाव थपिदिएको छ। आर्थिक मन्दीकै कारण नवविवाहितहरू अभिभावक बन्न उति साह्रो लालायित छैनन्।
इटालियन स्वास्थ्य मन्त्रीले गत फेब्रुअरी महिनामा आफ्नो देशलाई ‘डायिङ कन्ट्री' (मर्न लागेको देश) भनेरै घोषणा गरिदिए। यस्तै जर्मनीले पनि बच्चा पाउन अभिप्रेरित गर्नकै लागि ठूलो धनराशी खर्चेको छ। तर, उपलब्धि भने अपेक्षाकृत छैन। ग्रिसको आर्थिक मन्दीले जन्मदरलाई पूर्ण रूपमै रोकिदिएको छ भन्दा पनि हुन्छ। र, डेनमार्कमा मृत्युदरभन्दा पनि न्युन जन्मदर छ यसले त्यहाँको घट्दो जनसंख्यादरलाई रोक्न सकेको छैन।
‘हामीले धेरै वर्ष सुरक्षित यौन सम्बन्धका बारेमात्र चर्चा गर्यौं्। कसरी गर्भधारण रोक्ने भनेर सिकायौं,' सेक्स एन्ड सोसाइटीकी राष्ट्रिय निर्देशक मारियन लोमहोल्टले भनिन्, ‘अब हामीलाई एक्कासि के सोच्यौं भने गर्भधारण कसरी गर्न भनेर पनि सिकाउन जरुरी भएको छ।'
जनसंख्यामा भएको यस्तो फेरबदलले विश्वको अन्य भेगभन्दा युरोपलाई नराम्ररी थिच्न थालेको छ। यो समस्याले जापान पनि ग्रसित छ। युरोपमा एक सय जनामा २८ जना ६५ वर्षमाथिका वृद्धहरू हुन्छन्। संयुक्त राष्ट्र संघका अनुसार यो अनुपात विश्वको औसतभन्दा दुई गुणा धेरै हो। यही अवस्था रहिरहने हो भने शताब्दीको अन्त्यसम्ममा यो अनुपात दोब्बर हुने राष्ट्र संघको आँकलन छ।
यो स्थितिले समाजलाई नराम्रोसँग प्रभावित तुल्याउनेछ। आर्थिक वृद्धि घट्छ भने अर्थतन्त्रमा पेन्सन र वृद्धवृद्धालाई हेर्ने भार बढ्छ। जापानमा यो देखिन थालिसकेको छ। त्यहाँ बच्चाको डाइपरभन्दा धेरै वयस्कको डाइपर बिक्री हुन्छ। यद्यपि यो परिपाटीले पुर्याोउने असरबारे भने एकमत छैन। केहीले यसलाई विकसित मुलुकमा देखिने प्राकृतिक वृद्धि मानेका छन्। कसैले भने यसलाई भविष्यमा हुने प्रकोपको रूपमा व्याख्या गर्छन्, जब काम गर्नेको भन्दा नगरी राज्यको सेवा सुविधा उपभोग गर्नेको संख्या बढ्छ।

sex education1


समयको अन्तरालमा उत्पादनमा वृद्धि भए पनि त्यसले समाजको आर्थिक हैसियतमा भने नकारात्मक प्रभाव पार्ने भय रहन्छ। घट्दो जन्मदरले काम गर्ने कामदार नै नपाउने समस्या देखिन सक्छ। हाल जर्मनमा दक्ष कामदारको अभाव साह्रै खड्किएको छ। तर, पूरा युरोपमा भने यसले खासै प्रभाव पारेको छैन। किनकि हाल युरोप बढ्दो बेरोजगारीले आक्रान्त बनेको छ।
‘नीतिगत एजेन्डा मानिसले सोचेभन्दा निकै पेचिलो छ,' विश्व बैंकका लागि युरोप र मध्य एसिया हेर्ने प्रमुख अर्थशास्त्री हान्स टि्रमर भन्छन्, ‘सम्पूर्ण अर्थतन्त्रमा वृद्धि नदेखिए पनि यसले प्रतिव्यक्ति आय बढाउन अवसर पनि दिन्छ।'
हाल विश्वभर जन्मदर बढाउने उपायहरू अवलम्बन गर्न थालिएको छ। यो त्यति धेरै उपयोगी सिद्ध नभए पनि सृजनशील देखिएको छ। रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००८ लाई ‘परिवार वर्ष' नै घोषणा गरेका थिए। र्या प गीतका माध्यमबाट बच्चा जन्माउन अभिप्रेरित गर्ने काम पनि भएको थियो। केही देशमा भने यो विषयले राष्ट्रिय नीतिमै प्रभाव पारेको पनि देखिएको छ।
डेनिस ट्राभल कम्पनी स्पाइजले ‘डेनमार्कका लागि गरौं' भन्ने प्रचारात्मक प्याकेज ल्याएको थियो। जसमा डेनिस युवा जोडीलाई युरोपका अन्य सहरमा घुम्न जान र देशको जन्मदर बढाउन सहयोग गर्न अपिल नै गरिएको थियो।
‘यसलाई धेरैले सकारात्मक रूपमा लिए,' स्पाइजको माक्रेटिङ विभागकी प्रमुख एभा लन्डग्रेनले भनिन्, ‘केही वर्षयता बढ्दो वृद्धवृद्धाको संख्यालाई लिएर उनीहरूलाई कसरी रेखदेख गर्ने भन्ने विषयले धेरैलाई तनाव दिन थालेको छ।'
यी सबै प्रयासले केही सकारात्मक नतिजा पनि दिन थालेको छ। नयाँ तथ्यांकले अघिल्लो वर्षभन्दा गत वर्ष हजार बच्चा बढी जन्मिएको देखाएको छ। जुन चार वर्षयताकै धेरै हो।

 

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...