×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

9 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

(0 votes)
अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत
पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम गर्ने नयाँ महत्वपूर्ण घटनाका रूपमा लिइएको छ।
nepali-patro-june
संयुक्त राष्ट्र संघका महासचिव बान कि–मुनको उपस्थितिमा अमेरिकी राष्ट्रपति ओबामा तथा क्युबाली नेता क्यास्ट्रोले एकअर्कालाई शुभकामना व्यक्त गरे। पानामा नगरको सभागृहमा अन्य क्षेत्रीय नेताहरूका साथै उनीहरूले पनि आसन ग्रहण गरे।  
दुई मुलुकबीच कूटनीतिक सम्बन्ध सन् १९६१ मा बिग्रिएको थियो र एकै कोठामा अमेरिकी राष्ट्रपति ओबामा तथा क्युबाली नेता क्यास्ट्रोको उपस्थितिले उनीहरू कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न चाहन्छन् भन्ने संकेत दिएको बताइएको छ। समिट अफ दी अमेरिकाजको २१ वर्षको इतिहासमा क्युबाली नेताले भाग लिएको यो पहिलोपटक हो।
अमेरिकी राष्ट्रपति ओबामा तथा क्युबाली नेता क्यास्ट्रोबीच शुभकामना आदानप्रदानलाई अमेरिकी अधिकारीहरूले अनौपचारिक अन्तरक्रियाको रूपमा लिएका छन्। यी दुई नेताबीच ठोस वार्ता नभएको ती अधिकारीले बताए। अमेरिका तथा क्युबाबीच सन् १९६१ देखि सम्बन्धविच्छेद भएको थियो र दुई नेताबीच प्रतीक्षा गरिएको विस्तृत वार्ता शनिबार हुने अनुमान गरिएको छ। सन् २०१३ मा जोहानेसबर्गमा नेल्सन मन्डेलाको स्मृतिसभामा दुई नेताले अघिल्लो पटक हात मिलाएका थिए।  
अमेरिकी राष्ट्रहरूको संगठनका महासचिव होसे मिगेल इनसल्जाले यस शिखर बैठकमा पहिलो पटक ३५ मुलुक उपस्थित भएको र यसको विशेष आयाम रहेको बताए। संयुक्त राष्ट्र संघका महासचिव बानले क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोको उपस्थितिको सबैले यस क्षेत्रमा लामो समयदेखि चर्चा गरेको बताए।
राष्ट्रपति ओबामाका वरिष्ठ सहयोगी बेन रोड्सले राष्ट्रपति ओबामा तथा क्यास्ट्रोबीच वार्ताको विषय अझै निर्णित नभइसकेको बताए। उनीहरूले दुई मुलुकमा दूतावास स्थापना गर्ने र हालसम्म कायम मतभेदका विषयमा छलफल गर्ने बताइएको छ।
राष्ट्रपति ओबामा तथा क्यास्ट्रोले हाल भइरहेको वार्ता तथा शिखर बैठकका विषयमा बुधबार टेलिफोनमा वार्ता गरेको रोड्सले जानकारी दिए। यो उनीहरूबीच दोस्रो टेलिफोन वार्ता हो। डिसेम्बर महिनामा उनीहरूबीच टेलिफोन वार्ता भएपछि अमेरिका तथा क्युबाबीच सम्बन्ध सामान्य बनाउने घोषणा भएको थियो। यसो भए पनि हवानालाई चिढ्याउने गरी अमेरिकी राष्ट्रपति ओबामाले शिखर बैठक पूर्व विरोधी वकिल लरित्जा डिभरसेन्ट, राजनीतिक कार्यकर्ता म्यानुएल कुएस्ता मुराका साथै अमेरिकी मुलुकका एक दर्जन कार्यकर्तासँग बन्द कोठामा भेट गरेका थिए।
अमेरिकी राष्ट्रपति ओबामाले यस क्षेत्रमा अमेरिकी हस्तक्षेपको दिन अन्त्य भएको बताउँदै नागरिक समाजका प्रतिनिधिलाई अमेरिका उनीहरूको साथमा रहने बताए। उनले क्युवासँग सम्बन्धको नयाँ अध्याय आरम्भ भएको र आफूहरूबीचको भिन्नता सरकारहरूबीच राखिने बताए।  
क्युबाली राष्ट्रपति क्यास्ट्रोले अमेरिकी च्याम्बर अफ कमर्सका अध्यक्ष टम डनह्युसँग क्युबाका पुँजीवादका प्रमुख व्यक्तिका साथमा भेट गरे। क्युबा अमेरिकी क्षेत्रमा एक मात्र कम्युनिस्ट मुलुक हो।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...