Tuesday 9 Ashwin, 2075 |
Menu

विश्व

istl

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

(1 Vote)
‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'
सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका रुपमा पनि व्याख्या गरेको उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले जनाएको छ। नेता उनले मिसाइल परीक्षणमा संलग्न वैज्ञानिकहरूलाई डाकेर मंगलबार सफल परीक्षणका लागि धन्यवाद पनि दिएको सञ्चारमाध्यमले जनाएका छन्।
nepali-patro-june
नेता उनले सफलतापूर्वक भएको मिसाइल परीक्षणमा संलग्न वैज्ञानिक र प्राविधिकहरूलाई भेलामा डाकेका थिए। उत्तर कोरियाली नेता उनले भेलामा उपस्थित वैज्ञानिक र प्राविधिकलाई ऐतिहासिक र विश्वमा चिनाउने काम गरेको भन्दै सबैलाई धन्यवाद दिएका थिए।
केसिएनएका अनुसार चामत्कारिक परीक्षणले उत्तर कोरियालाई विश्वमा नै चिनाउनुका साथै उत्तर कोरिया पनि विश्वको एउटा शक्ति राष्ट्र भएको बलियो प्रमाण पेस गरेको नेता उनको भनाइ थियो। 
तर रक्षा विशेषज्ञले भने उत्तर कोरियाली ब्यालेस्टिक मिसाइल परीक्षण झूठो ठहर्याथएका छन्। उनीहरूले पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइल परीक्षणका तस्बिरहरू पानीबाट पानीमै प्रहार गरेको नभएर अरु नै तस्बिर जोडिएको दाबी गरेका छन्। मिसाइल परीक्षणका तस्बिरहरू बढाइचढाइ गरेर राखिएका र वास्तविक तस्बिर नराखिएको आरोप पनि उनीहरूले लगाएका छन्। 
मे ९ मा उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको थियो। यसैबीच दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरिया–जापान–अमेरिका त्रिपक्षीय बैठक बसेको छ। 
संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि कुनै पनि मिसाइल परीक्षण गर्न रोक लगाएको भए पनि उसले बारम्बार यस्ता परीक्षण जारी राखेपछि विश्वभर उत्तर कोरियाको आलोचना हुने गरेको छ।
अमेरिका–जापान–दक्षिण कोरिया बैठक
सोल– दक्षिण कोरियाको राजधानी सोलमा मंगलबार अमेरिका–जापान–दक्षिण कोरिया त्रिपक्षीय बैठक बसेको छ।
बैठकको तयारी पूरा भएको दक्षिण कोरियाले जनाएको हो। यसअघि पनि त्यहाँ अमेरिका–जापान–अमेरिका त्रिपक्षीय बैठक हुने गरेको थियो। विगत बैठकका निरन्तरतास्वरुप नै मंगलबारको बैठक बसेको अधिकारीहरूले जनाएका छन्।
बैठकमा विशेषगरी विश्वमा उत्तर कोरियाको पछिल्लो ब्यालेस्टिक मिसाइल परीक्षण तथा निरन्तर जारी आणविक क्रियाकलापबारे पनि तीन देशबीच छलफल हुने अनुमान छ। कोेरियाली प्रायःद्विपमा उत्तर कोरियाले जारी राखेको आणविक र मिसाइल परीक्षणका कारण बढ्दो तनाव र राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल भएको छ। 
विश्वका ६ प्रमुख शक्ति राष्ट्र–इरानबीच हुँदै आएको आणविक वार्ता पनि पछिल्लो समय आएर रोकिएकाले त्यस बारे पनि बैठकमा भएको अधिकारीले जानकारी दिएका छन्।
यही मे ९ मा उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गर्नसक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका–जापान–दक्षिण कोरियाबीच त्रिपक्षीय वार्ता सुरु भएको हो। 
संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई मिसाइल र आणविक परीक्षणमा रोक लगाएको भए पनि उसले निरन्तर यस्ता क्रियाकलाप जारी राखेपछि विश्व समुदायमा व्यापक विरोध र आलोचना हुने गरेको छ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...