×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Wednesday 6 Ashad, 2075 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

(0 votes)
भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको हस्ताक्षर हुनुअघि नै भारतीय संसदले स्वीकृति दिइसकेको छ।

nepali-patro-june

Modi1

मोदी र बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदको उपस्थितिमा भारतीय विदेश सचिव सुब्रमन्यम जयसंकर र बंगलादेशका विदेश सचिव मोहम्मद साहिदुल हकले सम्झौतामा हस्ताक्षर गरेका थिए। 
मोदीको भ्रमण क्रममा दुवै राष्ट्रबीच सडक सम्पर्क बढाउने करिब २० सम्झौतामा हस्ताक्षर हुने छ भने कैयौं सम्झौता हस्ताक्षर हुनासाथै तत्काल लागू हुनेछन्। दुवै देशबीच द्विपक्षीय व्यापारसम्बन्धी पनि सम्झौता हुनेछन्।

भारत–बंगलादेशबीच ४१ वर्षदेखि सीमा विवाद कायम छ। शनिबार भएको सम्झौतामार्फत् अब दुवै देशले सन् १९७४ मा भएको सम्झौता अनुसार आपसमा सीमामा विवादित भूभाग साटासाट गर्नेछन्। अर्काको सीमाभित्रका कतिपय भूभागमा दुवै देशले आफ्नो दाबी गर्दै आएका छन्। नयाँ सम्झौताले अब दुवै देशबीच सीमा विवाद सुल्भि्कने छ। 

नयाँ सीमा सम्झौताले सीमा समस्या मात्र समाधान गर्ने नभएर दुवै देशको सीमामा हुने अवैध घुसपैठ र तस्करी रोक्नलगायत दुवै राष्ट्रबीच उचित समन्वयका लागि महत्वपूर्ण मानिएको छ। बंगलादेशसँग सीमा जोडिएका पूर्वी राज्य आसाम, पश्चिम बंगाल, त्रिपुरा र मेघालयलाई नयाँ सम्झौताले प्रभाव पार्ने छ। 

सीमा सम्झौतासँगै शनिबार दुवै देशबीच दुई वटा बस सेवा पनि उद्घाटन भएको छ। कोलकाता–ढाका–अगरतलासँगै ढाका–सिलाङ–गुवाहाटीबीच बस सेवा शनिबार सुरु भएको छ। मोदी, हसिना र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले हरियो झण्डा देखाएर बस सेवा उद्घाटन गरेका थिए। 

भारतीय प्रधानमन्त्री मोदी शनिबार बंगलादेश पुग्दा राजधानी ढाकास्थित हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशकी प्रधानमन्त्री हसिनाले भव्य स्वागत गरेकी थिइन्। मोदीलाई १९ तोपको सलामी दिइएको थियो। 

ढाकामा अवतरण गर्नासाथै मोदी सबैभन्दा पहिले सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संग्राममा सहिद भएका सैनिकको सम्झनामा निर्मित ‘वार मेमोरियल' अवलोकन गर्न गएका थिए। उनले त्यहाँ सहिद सैनिकप्रति श्रद्धान्जलि अर्पण गरेपछि सेख मुजिबुर रहमान संग्रहालय अवलोकन गरेका थिए।

दुवै देशबीच बस सेवा सुरु हुनुका साथै रेल र जल मार्गबाट पनि सम्पर्क बढाउने थुप्रै प्रस्तावबारे मोदी–हसिना छलफल हुनेछ। अखुरा–अगरतला रेल सेवाबारे पनि दुवै प्रधानमन्त्रीबीच छलफल हुनेछ। यो रेलमार्गले बंगलादेश हुँदै कोलकातालाई पूर्वोत्तर राज्यसँग जोड्नेछ। सामुद्रिक मार्गका लागि पनि दुवै देशबीच तयार सम्झौतामा हस्ताक्षरमात्र हुन बाँकी छ। सामुद्रिक मार्गसम्बन्धी सम्झौताले द्विपक्षीय व्यापारको लागत खर्च निकै घट्ने छ।

‘सबैभन्दा महत्वपूर्ण छिमेकी'

Modi2
प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमण सुरु हुनुअघि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बंगलादेश भारतको सबैभन्दा महत्वपूर्ण छिमेकी भएको टिप्पणी गरेका छन्।
पाँच वर्षअघि भारतका वरिष्ठ राजनीतिक दम्पति राजिव र बिना सिकरीले बंगलादेश भारतको सबैभन्दा महत्वपूर्ण छिमेकी हो भनेका थिए। सल्लाहकार डोभालले पनि सिकरी दम्पतिकै भनाइ अनुसरण गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 
डोभालको भनाइ सायद मोदीको विदेश नीतिको महत्वपूर्ण एजेन्डा ‘पूर्वतिर ध्यान देऊ'सँग सम्बन्धित छ। मोदीको उक्त नीति बंगलादेशका लागि अत्यन्त महत्वपूर्ण छ। तर बंगलादेश आफ्नो निकट हुनुअघि भारतले आफ्ना दुर्गम पूर्वोत्तर राज्यहरूलाई देशका अन्य भूभागसँग जोड्नु आवश्यक छ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...