Tuesday 29 Shrawn, 2075 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

istl

अमेरिकाको रात्रीक्लबमा गोली चल्दा ५०को मृत्यु

(0 votes)
अमेरिकाको रात्रीक्लबमा गोली चल्दा ५०को मृत्यु
अमेरिका–फ्लोरीडा राज्यको ओल्र्यान्डो शहरस्थित एक रात्रीक्लबमा आईतबार बिहानीपख एक हमलाकारीले गोली चलाउँदा मर्नेको संख्या ५० पुगेको छ । योसँगै राज्यमा 'इमर्जेन्सी' घोषणा गरिएको छ ।
nepali-patro-june
हमलाकारीको नाम ओमार माटिन रहेका अधिकारीहरले बताएका छन् । आक्रमणमा थप ५३ जना घाइते भएको पनि प्रहरीले जनाएको छ । ओल्र्यान्डोको यो घटनालाई अमेरिकामा पछिल्लो समय भएको सबैभन्दा ठूलो घटना मानिएको छ । अधिकारीहरुले बन्दुकधारीले कुनै सिद्धान्त प्रेरित भइ आक्रमण गरेको हुन सक्ने आंशका गरेका छन् । उनीहरुले बन्दुकधारी कुनै समूहसँग आबद्व भएको प्रमाण फेला नपरेको बताएका छन् ।

प्रहरीका अनुसार राइफल र ह्यान्डगन बोकेका बन्दूकधारीले केहीलाई बन्धक बनाएका थिए । करिब तीन घन्टापछि क्लब भित्र छिर्न सफल प्रहरीले बन्धक बनाएकालाई उद्धार गर्नुका साथै बन्दुकधारीलाई मारिदिएका थिए । फ्लोरीडाका अधिकारीहरुले सो घटनालाई आतंकवादी क्रियाकलापको रुपमा अनुसन्धान गरिंदै गरेको बताएका छन् । 'तर यसमा घरेलु आतंकवादी संलग्न छन् वा अन्तर्राष्ट्रिय अनुसन्धानको क्रममा छौं ,' फ्लोरिडा प्रहरीले भनेको छ । सो आक्रमणमा घाईते भएका ५० भन्दा धेरैलाई अस्पताल पुर्याइएको छ ।

एक्लै रहेको बताइएको आरोपित बन्दुकधारी स्थानिय क्षेत्रका नभएको प्रहरीको भनाई छ । 'पल्स' नामक रात्रीक्लब समलिंगीहरुको क्लब भएको बताइन्छ । घटनाका बेला त्यहाँ एक सयभन्दा धेरै जना रहेको बताइएको छ । ओल्र्यान्डो प्रहरी प्रमुख जोन मिनाले बन्दुकधारी रातको करिब दुई बजे क्लब प्रवेश गर्न लागेको जानकारी दिए । बन्दुकधारी क्लब भित्र प्रवेश गर्नु अघि सुरक्षामा तैनाथ प्रहरीसँग गोली हानाहान भएको थियो । तर ड्युटीमा रहेको प्रहरीले बन्दुकधारीलाई रोक्न नसकेपछि बन्दुकधारीले क्लब भित्र प्रवेश गरेर केहीलाई बन्धक बनाएको थियो । बन्धक बनेका केहीले आफ्नो स्थिति अवगत गराउँदै आफन्तलाई सन्देश पठाएपछि बिहानको ५ बजे प्रहरीले आक्रमण विज्ञ प्रहरीहरु पठाएको थियो ।

मास शुटिंग ट्र्याकर नामक एक संस्थाका अनुसार सन् २०१५ मा मात्रै अमेरिका भर मास शुटिंग अर्थात आम गोलीबारीका करीब ३२७ घटना भएका थिए । जसमा परी ४७५ जना मारिएका तथा १८७० जना घाईते भएका बताइएको छ । एकै घटनामा चारजनाभन्दा धेरै मारिएका वा घाईते भएका घटनालाई आम गोलीबारीको घटना मानिने गरिन्छ ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...