9 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

ओबामाले ट्रम्प विरुद्ध मुख खोले

(0 votes)
ओबामाले ट्रम्प विरुद्ध मुख खोले
अमेरिका-अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओल्यान्डो गोलीकाण्डलाई लिएर रिपब्लिकन पार्टीका तर्फबाट भावी राष्ट्रपति पदका आकांक्षी डोनाल्ड ट्रम्पले दिएको प्रतिक्रियाको आलोचना गरेका छन्।
nepali-patro-june

उनले मुसलमानहरुलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने ट्रम्पको प्रस्तावले अतिवादीहरुको प्रोपोगान्डालाई बढावा दिने बताए । ओबामाले अमेरिकीहरुले डोनल्ड ट्रम्पले 'भनेजस्तो अमेरिका' नचाहेको बताए ।

उनले अमेरिकी मुसलमानहरुलाई फरक व्यवहार गरिए त्यसले मुलुकलाई थप असुरक्षित तुल्याउनुका साथै पश्चिमा र मुसलमान विश्वबीच दूरी बढाउने उल्लेख गरे । 'यदि हामीले सबै मुसलमानहरुलाई एउटै भाँडोमा राख्ने गल्ती गर्यौँ भने हामी एउटा समग्र धर्म विरुद्ध युद्धमा हुनेछौँ र हामीले आतंकवादीले गर्ने जस्तै काम उनीहरुका लागि गरिरहेका हुन्छौँ,' ओबामाले भने । सोमबार ट्रम्पले अमेरिकाविरुद्ध आतंकवादी पृष्ठभूमि भएका मानिसहरुलाई सबै मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए ।

ओर्लाण्डोमा गराइएको विध्वंसात्मक गोलीकाण्डले त्यसलाई पुष्टि गरेको ट्रम्पले को दाबी थियो । ओल्यान्डोस्थित एउटा समलिङ्गी रात्रिक्लबमा अफगान मूलका अमेरिकी नागरिक ओमार मातिनले आइतबार गराएको गोलीकाण्डमा ४९ जनाको ज्यान गएको थियो । ट्रम्पले राष्ट्रपतिलाई अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउन सक्ने लागेको खण्डमा कार्यकारी अधिकारको प्रयोग गरी जुनसुकै व्यक्तिको प्रवेशमा एकलौटी ढंगले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सक्ने बताए ।

तर मंगलबार आक्रोशित देखिएका राष्ट्रपति ओबामा ट्रम्पविरुद्ध पहिलोपटक निकै आलोचनात्मक रुपमा प्रस्तुत भए । उनले धार्मिक स्वतन्त्रताको जगमा अमेरिकाको निर्माण भएको बताए । ओबामाले अमेरिकामै जन्मिएका मुसलमानबाट त्यस्ता आक्रमणहरु हुने गरेको स्मरण समेत गराए ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...