×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Wednesday 6 Ashad, 2075 |
Menu

विश्व

istl

प्रेमीले चुमेपछि मृत्यु

(0 votes)
प्रेमीले चुमेपछि मृत्यु
क्यानडा-चुम्बन पनि कसैको मृत्युको कारण बन्न सक्छ ? यस्तो हुँदैन । तर, क्यानडाको मन्ट्रियल एउटा यस्तो घटना भएको छ । त्यहाँकी एक महिला प्रेमीले चुम्बन गर्नासाथ मरिन् । उनको नाम मिरियम थियो । र, यो घटना सन् २०१२ को थियो।
nepali-patro-june
२० वर्षीया मिरियम डुक्रेलाई बदामसँग एलर्जी थियो । चुम्बन गर्नुअघि प्रेमीले बदामको नौनी भएको स्यान्डविच खाएका थिए । जसका कारण मिरिमयको मृत्यु भयो । उनीहरू एक पार्टीमा गएका थिए । त्यहीँ प्रेमीले मिरियमलाई चुम्बन गरेका थिए । उनकी आमा मिसेलिनका अनुसार उनीहरूको प्रेम नयाँ थियो । प्रेमीलाई मिरियमले आफूलाई बदामसँग एलर्जी भएको बताउन पनि भ्याएकी थिइनन् ।

पार्टीमा मिरियमका ब्वाइफ्रेन्डले बदामको बटरयुक्त स्यान्डविच खाएका थिए । उनले चुम्बन गरेपछि मिरियमको अवस्था खराब भयो । उनलाई सास लिन गाह्रो भयो । त्यसबेला उनीसँग आपत्कालीन अवस्थामा चाहिने औषधि पनि थिएन । मिरियमले ब्वाइफ्रेन्डसँग सोधिन्, 'तिमीले बदाम खाएको हो ?' उनले 'हो' भने ।

मिरियमलाई तत्काल अस्पताल पु¥याइएको थियो । डाक्टरहरूले उनलाई बचाउन पर्याप्त कोसिस गरे तर सेरेब्रल एनोक्सियाका कारण उनको मृत्यु भयो । उनको मस्तिष्कमा अक्सिजनको पूर्ति बन्द भएको थियो । ब्वाइफ्रेन्डलाई एक चुम्बनका कारण आफ्नी प्रेमिकाको ज्यान गएकोमा ठूलो पछुतो र दुःख भएको थियो ।

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...