9 Mangshir, 2074 |
Menu
istl

इजिप्टमा भएको कारबाहीमा १३ मारिए

(0 votes)
कायरो– इजिप्टको सशस्त्रबलले यहाँका आतङ्ककारीविरुद्ध भन्दै जारी राखेको कारबाहीमा परी १३ जनाको ज्यान गएको छ।


nepali-patro-june
यहाँको सेनाले दुई दिनसम्म गरेको कारबाहीको क्रममा ती आतङ्ककारी मारिएको समाचारमा जनाइएको छ। इजिप्टमा पछिल्लो समयमा राजधानी कायरो र सिनाई प्रान्तमा हिंसात्मक आक्रमणहरु हुँदै आएका छन्।

इजिप्टेली सेना र प्रहरीको सहयोगमा उत्तरी सिनाईको एरिस, रफाह र शेख जुवेद सहरमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीको क्रममा ती आतङ्ककारी मारिएको सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ। सिनाईको रफाह र शेख जुवेदमा आतङ्ककारीले प्रभाव फैलाइरहेको इजिप्ट सरकारले जनाएको छ। सो क्षेत्रमा केही दिनमात्र अघि सेनाले गरेको सुरक्षा कारबाहीमा दर्जनौँ जना आतङ्ककारी मारिएका थिए।

इजिप्टमा इस्लामिक राष्ट्रपति मोहमद मोर्सीलाई सन् २०१३ को जुलाईमा सैनिक 'कू' गरी हटाइएपछि सरकारविरुद्ध आतङ्ककारी आक्रमण बढेको बताइन्छ। इस्लामिक स्टेट (आईएस) आतङ्ककारी समूहसँग आवद्ध समूहले पनि इजिप्टमा आक्रमण गर्न थालेको बताइन्छ। उसले पनि विगतका सयौँ प्रहरी र सैनिकको हत्याको जिम्मा लिँदै आएको छ।

शान्तिपूर्ण प्रदर्शन गर्नेलाई जेल सजायको विरोध

उता इजिप्टबाटै प्राप्त अर्काे एक समाचारमा इजिप्ट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकलाई पनि जेल सजाय दिने गरिएको समाचारको विरोध गरिएको छ।
इजिप्टको राजधानी कायरोस्थित एक अदालतले हालैमात्र सयौँ जनालाई कम्तीमा पनि चार वर्षको जेल सजाय सुनाएको थियो।

ती सर्वसाधारण नागरिक गएको महिना सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका थिए । सोही आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो। यसरी पक्राउ गरिएका सयभन्दा बढी प्रदर्शनकारीलाई काराबास सजाय तोकिएको थियो । यहाँका अधिकारीले बिहीबार बताएअनुसार सरकारको विरोध गरेको आरोपमा नै उनीहरुलाई जेल पठाइएको छ ।

हाल इजिप्टमा सैनिक शासन रहेको छैन । तर पनि सैनिक प्रमुखले नै यसअघिको निर्वाचित राष्ट्रपतिलाई कू गरी सन् २०१३ देखि नै आफ्नो हातमा सत्ता लिएका थिए। इजिप्टको सैनिक सरकारले सन् २०१३ मा सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाउने गरी कडा काुनन बनाएको हो। यस कानुनबमोजिम सरकारको विरोधमा कुनै पनि खालको प्रदर्शन गर्न पाइँदैन।

यस कानुनको आडमा उनीहरुलाई काराबासको सजाय तोकिएकोप्रति अधिकारवादीहरुले विरोध गरेका हुन्। उक्त कानुनले सडक प्रदर्शनमाथि पनि रोक लगाएको छ। इजिप्टको अदालतद्वारा सडकमा शान्तिपूर्ण प्रदर्शन गर्न उपस्थित भएका नागरिकमाथि जेल सजाय तोक्नुलाई कानुन र प्रजातन्त्र विपरीत भनिएको छ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले सरकारविरुद्धको आन्दोलनका नाममा इस्लामिक स्टेट (आईएस) लडाकूद्वारा सिनाईलगायतका स्थानमा आक्रमण गर्ने गरेको बताउनुभएको छ। राष्ट्रपति फताहले आईएसलाई नियन्त्रण गर्ने तथा राष्ट्रको अर्थतन्त्रलाई बिग्रन नदिन सरकारले आन्दोलन पक्षधर समूहमाथि कडा नीति लिनु परेको बाध्यकारी अवस्था भएको बताउनुभएको छ।

विश्वका मानवअधिकारवादीहरुले यसरी शान्तिपूर्ण रुपमा आफ्नो विचार राख्ने नागरिकको अधिकार हनन् गर्न नपाइने बताएका छन्। अधिकारवादीहरुले यस्तो कानुनको खारेजीको पनि माग गर्दै आएका छन्। रासस

प्रतिक्रिया

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

‘मिसाइल परीक्षण ऐतिहासिक उपलब्धि'

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले केही दिनअघि आफ्नो देशले गरेको पनडुब्बीबाट प्रहार गर्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण ऐतिहासिक भएको बताएका छन्। नेता उनले परीक्षण उत्तर कोरियाको साहसिक कामका...

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

अवैध प्रवेश रोक्न युरोपेली संघको नयाँ कदम

लक्जमबर्ग–युरोपेली संघले भूमध्यसागरमा अफ्रिकी आप्रवासी अवैध तरिकाबाट युरोप पस्न डुंगा चढेर आउँदा बढीरहेका पछिल्ला दुर्घटनासम्बन्धी समस्या समाधान गर्न प्याकेज घोषणा गरेको छ।

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

अमेरिकी कालोसूचीबाट क्युबा हटाइने

वासिङटन– अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युबालाई आतंक प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चालेको पाइलालाई हवानाले प्रशंसा गरेको छ। यसले दुई मुलुकबीच पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनःस्थापन गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा...

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

अमेरिका–क्युबा सम्बन्ध सुध्रने सं‌केत

पानामा नगर– अमेरिकी राष्ट्रपति बराक ओबामा तथा क्युबाली नेता राउल क्यास्ट्रो शुक्रबार अमेरिकी शिखर बैठक ‘समिट अफ दी अमेरिकाज'मा हात मिलाउँदै सँगै बसेका छन्। यसलाई दुई मुलुकबीच दशकौंसम्मको शत्रुता कम...

घट्दो जन्मदरले तनाव

घट्दो जन्मदरले तनाव

कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्।एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन्...