Wednesday 1 Ashwin, 2076 | September 18, 2019
Menu

समाज

निजी क्षेत्रलाई दिँदा तालको बेहाल

  • बिहीबार १५ फागुन, २०७०
  • केशव लामिछाने
  • DISQUS_COMMENTS
(0 votes)
लेखनाथ नगरपालिकामा पर्ने खास्टेताल र स्थानीयले हालै मर्मत गरेको तालबाराही मन्दिर। लेखनाथ नगरपालिकामा पर्ने खास्टेताल र स्थानीयले हालै मर्मत गरेको तालबाराही मन्दिर। तस्बिर : नागरिक
पोखरा– लेखनाथ नगरपालिका–४ का बासिन्दा गाउँको खास्टे ताल विकासको आयोजना आए जग्गा सित्तैमा दिन तयार छन्। नगरपालिकासँग २० वर्षे सम्झौता गरेर भाडामा लिएको निजी कम्पनीले ताललाई झनै बिगारेपछि स्थानीय बासिन्दा यसको संरक्षणका लागि चिन्तित बनेका हुन्।
'एक रोपनीभन्दा कम भएका सबै जना जग्गा छोड्न तयार छौं,' स्थानीय खेमराज बराल भन्छन्, 'तर, ताल संरक्षणमा कसैको वास्ता छैन, जसलाई जिम्मा दिइयो उसले झन् लथालिंग पारेको छ।' लेखनाथ नगरपालिकाले खास्टे र योसँगै जोडिएको निउरेनी ताल खास्टे कृषि उद्यम प्रालि र काठमाडौंको स्वातिसदन उमाविलाई भाडामा दिएको थियो। १५ वर्षअघि उनीहरूले माछापालनलगायत व्यावसायिक प्रयोजनका लागि नगरपालिकासँग सम्झौता गरेका थिए। खास्टे कृषि उद्यमले माछापालन गर्न ताललाई खण्डखण्ड पोखरी बनाएको थियो। ४ वर्षजति माछा पालपछि उसले लथालिंग छाडेको छ।अर्काे ताल दीपाङको हालत पनि उस्तै छ। दीपाङ एग्रो टुरिजमले हनिमुन लेक बनाउने सपना बुनेको उक्त कम्पनीका सञ्चालक कहाँ के गर्दैछन्, नगरपालिकालाई थाहा छैन। गँुदेताल २०५६ सालमा गुँदे फिसरिज एन्ड टुरिजम प्रालिले भाडामा लिएको थियो। ती ताल भाडामा लिएकाहरुसँग नगरपालिकाले लिनुपर्ने रकम ४० लाखभन्दा बढी छ। तर, बक्यौता उठाउन पत्राचारसमेत हुन छाडिसकेको छ।
तालहरू निजी क्षेत्रलाई दिएपछि नगरपालिका हाइसन्चै बसेको र निजी कम्पनीले पनि झन् अलपत्र छाडेको स्थानीय बासिन्दा बताउँछन्। 'भाडामा दिएको छ भनेर नगरपालिका ढुक्क बस्यो,' उनीहरू भन्छन्, 'कम्पनीले पनि काम गरेनन्, हामीले पनि केही गर्न पाएनौं।'
नगरपालिकाभित्रका प्राकृतिक स्रोतलाई व्यवस्थापन गर्ने इच्छाशक्ति बोकेको जनप्रतिनिधि नहुँदा यहाँका ताल बेहाल बनेका हुन्। कर्मचारीतन्त्रमा चलेको नगरपालिका आफूले सुधार गर्न नसक्ने र जिम्मा दिएकालाई घचघच्याउन पनि नसक्ने गरी अकर्मण्य बनेको छ। त्यसैको परिणाम हो, ताल भाडामा लिनेबाट भाडा रकम उठाउन नसक्नु।
'त्यसरी ताल दीर्घकालीन हिसाबले निजी क्षेत्रलाई दिनु नै हुँदैनथ्यो,' कार्यकारी अधिकृत रामचन्द्र पौडेल भन्छन्। उनी त्यसरी भाडा नतिर्नेहरुसँग ताकेता गरेर राजस्व उठाउनै पर्ने पक्षमा छन्। तर, उनीजस्ता कार्यकारी गएको दुई वर्षमा ५ जना फेरिइसकेका छन्।
नगरपालिकाको बेवास्ताकै कारण तालको बेहाल भएको बताउँछन् खास्टेताल छेउका ७४ वर्षीय तुलसीराम लामिछाने। उनका अनुभवमा खास्टे ५ भागको २ भाग साँघुरिइसकेको छ। संरक्षणको पहल कतैबाट नहुने बरु मानवीय अतिक्रमण बढ्ने गर्दा तालको अस्तित्व संकटमा पर्न थालेको उनी बताउँछन्।
भाडामा लिनेहरुले रकम नतिरेका कारण नगरपालिकाले एकतर्फी रुपमा २०६९ वैशाख ४ गतेदेखि सम्झौता खारेज गरेको नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारीले बताए।
नगरपालिकाले आउँदो आर्थिक वर्ष ताल संरक्षणका लागि १४ लाख रुपैयाँ खर्च गर्ने योजना पारित गरेको कार्यकारी अधिकृत पौडेलले जानकारी दिए। हालै मात्रै खास्टेतालबीचको तालबाराही मन्दिरको भने स्थानीयको पहलमा मर्मतसम्भार गरिएको छ। पोखरा रामबजारनिवासी राजेश गुरुङको पहलमा १० लाख रुपैयाँभन्दा बढी खर्च गरी मन्दिर जीर्णाेद्धार गरिएको हो।

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना दिएका छन्।

आयुर्वेद शिक्षण अस्पताल दश दिनदेखि बन्द

 काठमाडौँ -कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पताल त्रिविका कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि बन्द रहेको छ।

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।

स्कूलको सेफ्टीट्याङ्कमा ठूलो परिमाणमा हतियार र विष्पोटक पदार्थ

विराटनगर— मोरङको मधुमल्ला —५ स्थित नमुना प्रविको निर्माणधिन सेफ्टी ट्याङ्कीबाट ठूलो परिणममा विस्पोटक पदार्थ र आधुनिक हतियार बरामद भएको छ। सुराकीको आधारमा  छापा मार्दा विष्पोटक पदार्थ र हतियार बरामद भएको...

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

जुजुभाइले छैटौं पटक जिब्रो छेडे (फोटो फिचर)

भक्तपुर—बोडेका जुजुभाई श्रेष्ठले लगातार छैटौं पटक जिब्रो छेडेका छन्। एक महिनादेखि तेलमा डुबाएर राखेको सुइरोले मंगलबार दिउँसो उनले जिब्रो छेडेका हुन्।

बाइसधारामा नुहाउनेको भिड

 काठमाडौँ - चैत शुक्ल पूर्णिमाका दिन आज बालाजुको बाइसधारामा 'बाइसधारा मेला' लागेको छ।  सो मेला भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजनहरु त्यहाँ सहभागी भएका छन्।

विश्वविद्यालयको पाँच करोड उठ्न बाँकी

विराटनगर- पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएबापत देशभरका कलेजबाट झन्डै साढे पाँच करोड रूपैयाँ असुल्न बाँकी छ। सम्बन्धन लिएबापत कलेजले प्रतिविद्यार्थी एकमुष्ट शुल्क बुझाउनुपर्छ। तर, दुई दर्जन बढी कलेजले लामो समयदेखि रकम...