Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

महिला अगाडि नबढेसम्म राष्ट्रको विकास हुँदैन : राष्ट्रपति

(0 votes)
ललितपुर- राष्ट्रपति रामवरण यादवले समाजमा महिला अगाडि नआएसम्म राष्ट्रको समग्र विकास हुन नसक्ने बताएका छन्। बेइजिङ-२० राष्ट्रिय महिला सम्मेलनको उदघाटन गर्दै उनले समाज र राष्ट्र विकासमा महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका रहने बताए।

nepali-patro-may
राष्ट्रपति यादवले भने, 'महिला अधिकार र सशक्तीकरणका लागि विश्व महिला सम्मेलनदेखि लिएर धेरै छलफल भएका छन् तर महिला अधिकारको विषयमा अझै धरै काम गर्न बाँकी छ।' चीनको राजधानी बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनपछि महिला जागरण र उनीहरुको हकअधिकारका लागि गाउँगाउँसम्म पनि आवाज उठाउन थालिएको बताउँदै उहाँले बेइजिङ सम्मेलनले तय गरेका सवालहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए। 
महिलालाई अगाडि बढाउन राजनीतिमा उनीहरुको अर्थपूर्ण सहभागिता जरुरी रहेको बताउँदै राष्ट्रपति यादवले भने, 'महिला हिंसा न्यूनीकरणका लागि 'द्रूत कानुनी सेवा' र पीडितको संरक्षण, पुनःस्थापना, आश्रय स्थलको स्थापना गर्न सरकार र सरोकारवाला निकाय जिम्मेवार भएर लाग्न जरुरी छ।' 
महिलामैत्री कानुन निर्माणका लागि नेपालमा घरेलु हिंसा, मानव बेचविखनलगायतका अपराध नियन्त्रणका लागि ऐन बने पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा महिलाले आफ्नो हकअधिकार उपयोग गर्न नपाएको उल्लेख गर्दै उनले महिला सम्मेलनले महिला र लैङि्गक समानताका लागि मागदर्शन र ठोस परिणाम ल्याउने विश्वाससमेत व्यक्त गरे। 
महिला , बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी (खड्का) ले महिला हिंसा अन्त्यका लागि विभिन्न कदम चालिए पनि पुरातनवादी सोचका कारण महिला आज पनि उत्तिकै पीडित अवस्थामा रहेको बताए। 
हिंसामा परेका महिलालाई उद्धार गरी राज्यको मूल प्रवाहमा ल्याउन मन्त्रालय लागि परेको बताउँदै उहाँले सदनमा बोक्सी र यौनजन्य हिंसासम्बन्धी विधयेक प्रस्तुत गरिएको जानकारी दिए। युएन वुमनका राष्ट्रिय प्रतिनिधि जियाद शेखले महिला असमानता र हिंसा नेपालमा मात्र नभएर विश्वमै व्याप्त रहेका भन्दै महिलाको समानताका लागि सहभागिता र सशक्तीकरणको जरुरी भएको बताए। 
बियोन्ड बेइजिङ कमिटीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले महिला सम्मेलनले नेपालको महिला आन्दोलनमा अहिलेसम्म भएका उपलब्धिमा खुसी मनाउँदै आगामी पाँच वर्षका लागि भावी दिशा तय गर्ने बताए। बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालका संयोजक बन्दना राणाले सम्मेलनले विगत पाँच वर्षमा भएको प्रगतिको समीक्षा र विद्यमान चुनौतीको सामनाबारे व्यापक छलफल गर्ने बताए। 
सो अवसरमा महिला अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यासउनुभएका तीन अग्रणी महिला अधिकारवादी अङ्गुरबाबा जोशी, तुला राणा र डा. मीना आचार्यलाई राष्ट्रपति यादवले सम्मान गरेका थिए। रासस

प्रतिक्रिया

कानुनमन्त्री दिल्ली प्रस्थान

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेल भारतको नयाँदिल्लीमा जेठ ३ गतेदेखि ७ गतेसम्म हुने एसियाली–अफ्रिकी कानुन परामर्शदातृ सङ्गठनको ५५ औँ वार्षिक अधिवेशनमा सहभागी हुन एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति...

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

चुस्त सुरक्षाले घेराउ शान्तिपूर्ण

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले आइतबार गरेको सिंहदबार घेराउ कार्यक्रम सुरक्षा निकाय र प्रदर्शनकारीले अपेक्षा गरेभन्दा संयमित र शान्त भएको छ।

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

आन्दोलनले राष्ट्रिय स्वरूप पायो : यादव

काठमाडौं- संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। 'तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले...

विस्तारै भ्रम चिरिन्छ : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले केही समयपछि एमालेको विरुद्धमा लेख्ने विषय नै नहुने बताएका छन्। नेकपा एमालेको प्रचार विभागले स्थापना गरेको मदन भण्डारी राष्ट्रिय पत्रकारिकता पुरस्कार नागरिकका पूर्व फोटो...

सजाय व्यापक कटौती

काठमाडौं- महँगी र कृत्रिम अभावले थलिएका उपभोक्तालाई बेवास्ता गर्दै सरकार कालोबजारीकै पक्षपोषणमा अघि सरेको छ। कालोबजारीमा संलग्नलाई कारबाही कसिलो पार्नुसाटो सरकारले उनीहरूलाई तोकिएको सजाय व्यापक कटौती गरेको छ।

मधेससँग मिलेर भारतको हस्तक्षेपः पूर्वराजदूत बराल

काठमाडौं—भारतका लागि नेपाली पूर्वराजदूत प्रा.डा. लोकराज बरालले नेपाल–भारतबीचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप हुने गरेको बताएका छन्।

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन

काठमाडौं—संविधानसभाबाट जारी भएको संविधानका केही धारा प्रति असन्तुिष्ट जनाउँदै आएको सङ्घीय गठबन्धनले अाइतबार सिंहदरबार घेराउ गरेको छ। घेराउ कार्यक्रमले राजधानीको यातायात दिनभर अस्तव्यस्त बन्यो।